जनजागृति माविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान

विकल्प न्यूज/बेनी
फागुन ६ गते ।


म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदकबिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीहरुलाई प्रवासमा रहेका मल्कबाङबासीको सहयोगमा नगद सहित सम्मान र पुरस्कृत गरिएको हो ।

मल्कबाङ समाज युकेले प्रतियोगितामा छात्रा भलिबलतर्फ स्वर्ण पदक बिजेता खेलाडीहरुलाई जनहीनगद रु ५ हजारको साथमा सम्मानपत्रद्धारा पुरस्कृत गरेको हो । छात्रा भलिबलतर्फ सहभागी भएका अञ्जना छन्त्याल, देनिशा छन्त्याल, रेजिना छन्त्याल, लालमाया सिर्पाली, यामुना छन्त्याल, कृति छन्त्याल र पृती छन्त्याललाई जनहीनगद रु ५ हजार सहित पुरस्कृत गरिएको थियो । त्यसैगरि उत्कृष्ट खेलाडी बन्न सफलअञ्जना छन्त्याललाई थप रु ५ हजार १सय नगद सहित भलिबल र नेट पुरस्कार प्रदान गरिएको छ ।

उत्कृष्ट खेलाडी अञ्जनाले आफुले पुरस्कारको रुपमा पाएको नेट र बल विद्यालयलाई नै प्रदान गर्नुभएको छ । प्रतियोगितामा ३ हजार मिटर दौडमा रजत पदक बिजेता दिनेश सिर्पाली र ८ सय मिटर दौडमा रजत पदक बिजेता आस्थापुर्जालाई जनहीनगद रु ४ हजार ५ सय तथाचार सय मिटर दौडमा कास्य पदक बिजेता रोजीगर्बुजा र सटपुटमा कास्य पदकबिजेता देनिशा छन्त्याललाई जनहीनगद रु ४ हजार १ सयको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । त्यसैगरि प्रतियोगितामा सहभागी भएका सिल्पालाम्गरे, बिमला सिर्पाली, निकिता छन्त्याल, सुदिप छन्त्याल, बिमल रसैली र देउ बहादुर सिर्पालीलाई जनहीनगद रु दुई हजारको दरले सान्त्वना पुरस्कार प्रदानगरिएको छ ।

मल्कबाङ समाज युकेले विद्यालयलाई नगद रु ३६ हजार बराबरको रंगीन प्रिन्टर समेत उपलब्ध गराएको छ । सोहीअवसरमा हाल कतारमा रहनु भएका युवा रबिन्स छन्त्यालको पहलमा विद्यालय सहयोग अभियान अन्तरगत सहयोग संकलन गरेर विद्यार्थी खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । उक्त अभियानबाट स्वर्ण पदकबिजेता सातजना खेलाडीलाई जनहीनगद रु २ हजार ५ सय, रजत पदक बिजेतादुई जनालाई जनहीनगद रु २ हजार र कास्य पदक बिजेतादुई जना र छात्रा भलिबलका उत्कृष्ट खेलाडी एक जनालाई जनहीनगद रु १ हजार पाँच सय नगद पुरस्कार प्रदान गरिएको छ । उक्त अभियानबाट विद्यालयलाई रु १५ हजार बराबरको शैक्षिक सामाग्री, ३ हजार ३५९ बराबरको सरसफाई डस्बीन, रु ६ हजार ६ सय बराबरको घडी समेत उपलब्ध गराईएको छ । उक्त अभियानबाट अर्धबार्षिक परिक्षाको पुरस्कार रु ६ हजार र ढुवानी रु १ हजार समेत उपलब्ध भएको विद्यालयले जनाएको छ ।

सोही कार्यक्रममा हाल अष्ट्रेलियामा रहनु भएका यनदेवी छन्त्याल, भिमकुमारी छन्त्याल र कृष्ण बहादुर छन्त्यालबाट विद्यालयलाई रु ३० हजार बराबरको केलकुदका सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष अमर छन्त्याल, गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख ख्यामराज सुवेदी लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्याल र प्रअ सतेन्द्रकुमार यादबलाई उक्त सामाग्री हस्तान्रतण गर्नुभएको थियो ।

उक्त अवसरमा धवलागिरि गाउँपालिका–५ को वडा कार्यालयले विद्यालयको अतिरिक्तक्रियाकलापमा सहयोग पु¥याउन पोडिएम सहयोग गरेको छ । मल्कबाङ समाज युकेका अध्यक्ष शेरबहादुर छन्त्यालले उक्त कार्यक्रममा एक लिखित सन्देश पठाएर विद्यार्थीहरुको खेलप्रतिभाको सम्मान र थ पहौँसला प्रदानगर्नको लागि समाजले उक्तनगद सहित सम्मान गरेको बताउनुभएको थियो । ‘‘विद्यालय सबैको साझा र अत्यावश्यक ठाउँ हो, आज विश्वका जुनसुकै ठाउँमा पुगे पनि हामीले विद्यालय र गाउँको मायालाई संधै शिरमा राखेर हिडेँका छाँै, विद्यालयको गुणस्तर र पुर्वाधार विकासमा सबैको साझा सहकार्य निरन्तर आबश्यक छ,’’– मल्कबाङ समाज युकेका अध्यक्ष छन्त्यालको सन्देशमा भनिएको छ ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष छन्त्यालले जनजागृति माविले खेलकुद क्षेत्रमाविस्तारै प्रगतिगर्दै गएको बताउँदै प्रवासीहरुले विद्यार्थी खेलाडीहरुको हौँसला बढाउन गरेको योगदान प्रसंसनीय रहेको बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार पहिलो प्राथमिकतामा रहेको बताउँदै यसको लागि समेत सबै क्षेत्रबाट रचनात्मक साथ, सहयोग र सहकार्य हुने विश्वास व्यक्तगर्नुभयो । गाउँपालिकाका शिक्षा, युवातथा खेलकुद शाखाका प्रमुख सुवेदीले दुर्गम गाउँमा रहेको यस विद्यालयले शैक्षिक गुणस्तर सुधार, विद्यार्थीहरुको खेलकुद क्षमताको विकास र विद्यालयको भौतिक पूर्वाधार निर्माणमा प्राप्त गरेको उपलब्धीले शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदानदिनेमा जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्यालले विद्यालयको शैक्षिक, भौतिक र खेलकुद क्षेत्रको विकास पहिलो प्राथमिकतमा रहेको बताउँदै सबै सरोकारवालाको साथ, सहयोग र सहकार्यले विद्यालयका लक्ष्यहरु पुरा हुने विश्वास व्यक्तगर्नुभयो । विद्यालयकाप्रअ सतेन्द्रकुमार यादबले राष्ट्रपति रनिङ शिल्डमा पदक िबजेता खेलाडीहरुलाई मल्कबाङ समाजका अध्यक्ष शेर छन्त्याल र कतारमा रहनुभएका रबिन्स छन्त्यालको नेतृत्वमा विद्यालय सहयोग अभियानबाट नगद सहित पुरस्कृत गर्ने वातावरण तयार गरेकोमा सबै सहयोगदाताहरुलाई धन्यबाद दिनुभयो । उहाँले विद्यालयले जति नै मेडल जिते पनि दुबैजना अभियन्ता र सबै सहयोगदाताको सहयोग विना विद्यालयले विद्यार्थी खेलाडीहरुलाई यसरी हौँसला बढाउन सक्ने क्षमता नहुने बताउँदै विद्यालयको शैक्षिक सुधारको अभियानमा समेत सबैको रचनात्मक साथ र सहयोगको अपेक्षा राख्नुभयो ।

कार्यक्रममा मल्कबाङ समाज युकेले विद्यालयको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान दिएकोमा विद्यालयका प्रअ यादबलाई कदर पत्रद्धारा सम्मान गरेको थियो भने विद्यालयले उत्कृष्ट शिक्षकको रुपमा मनसाकाफ्लेलाई कदरपत्रद्धारा सम्मान गरिएको छ । त्यसैगरि विद्यालयका पहिलो आजिवन सदस्य नन्दकुमारी छन्त्याल सहित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विद्यालयको तर्फबाट व्यवस्थापकिय जिम्मेवारीमा खटिएका तेजप्रसाद शर्मा, कृष्णकुमार आदब र कल्पना सुवेदीलाई विद्यार्थीहरुलाई उच्चमनोबलका साथ प्रतियोगितामा सहभागी गराउन रचनात्मक भूमिका खेलकोमा सम्मान गरिएको थियो ।

कार्यक्रममा लेखापाल तिर्थकुमारी छन्त्यालले आम्दानीखर्च विवरण सार्वजनिक गर्नुभएको थियो भने शिक्षक अभिभावक संघका अध्यक्ष जगमानविक, सहायकप्रअ तेजप्रसाद शर्मा, शिक्षककल्पना सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो भने शिक्षक शान्ति पुनले स्वागत र मनसाकाफ्लेले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।
मल्कबाङ समाज युकेद्धारा जनजागृति माविबाट एसइईमा उत्कृष्ट अंकल्याउने विद्यार्थीलाई प्रदानगरिने मोतिलाल पुरस्कारको लागि मोतिलाल कोष खडा गरिएको जनाइएको छ ।

उक्त कोषमाहाललाई ४ लाखको कोष जम्माभएको र कोषको रकमबाट हरेक बर्ष एसइईमाउत्कृष्ट अंकल्याउने विद्यार्थीलाई पुरस्कृत गरिने कोषका संरक्षक शेर छन्त्यालले जानकारी दिनुभयो । उक्त कोषमा शेर छन्त्याल, बिर छन्त्याल र पुर्ण छन्त्याल संरक्षक रहनुभएको छ जगेन छन्त्याल, यामप्रसाद छन्त्याल, उत्तम छन्त्याल सदस्य रहनुभएको छ ।