विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम

विकल्प न्यूज/बेनी
फागुन ७ गते ।


बेनीको प्रकाश माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान हाजिरी जवाफ प्रतियोगितामा आयोजक विद्यालय प्रकाश माध्यमिक विद्यालय प्रथम भएको छ । म्याग्दी र पर्वत जिल्लाका १४ वटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा लिटिल गार्डेन बेनी र रघुगंगा माध्यमिक विद्यालय पिप्ले क्रमश द्वितीय र तृतीय हुन सफल भएका छन् । प्रथम हुने विद्यालयले ट्रफि र नगद दशहजार , द्वितीय हुने विद्यालयले नगद छ हजार र तृतीय हुने विद्यालयले नगद चार हजार रुपियाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको उद्घाटन नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति अमर बानियाँले गर्नु भएको थियोे । विजेता विद्यालयहरुलाई शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा,प्रकाश माविका प्रधानाध्यापक लेखबहादुर हमाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

युरेस अध्यक्ष लक्ष्मी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहाय प्रधानाध्यापक टेकप्रसाद सुवेदीको स्वागत र सप्रअ विनय श्रेष्ठको संचालनमा उदघाटन सत्र सम्पन्न भएको थियो । २०६४ मा श्रीमद्भागवत सञ्चालन गरि विज्ञान सहितको कक्षा ११÷१२ अध्यापन शुरु गरेको प्रकाश माविले विज्ञान विषय प्रचारप्रसारका लागि आयोजना गरेको प्रतियोगिताको एघारौं संस्करण हो ।

युरेस व्यवस्थापन र प्रकाश बालक्लव सहयोगी रहेको प्रतियोगितामा विज्ञान, गणित, लगायत ८ वटा राउन्ड सञ्चालन गरिएको तथा पहिलोपटक आइसिटी प्रविधि प्रयोग गरि नयाँ प्रयोग गरिएको मुल संयोजक एवम् ११÷१२ तह संयोजक कविराम थापाले बताउनुभयो ।