मंगलाको १७ औं गाउँसभाबाट दुई करोड बजेट रकमान्तर

विकल्प न्यूज/बेनी
फागुन ४ गते ।

म्याग्दीको मंगला गाउँपालिकाको शुक्रबार बाबियाचौरमा सम्पन्न १७ औ गाउँसभाले दुई करोड भन्दा बढी बजेट रकमान्तर गरेको छ ।

गत असारको गाउँसभाले छनौट गरेका पालिका स्तरीय ३५ र वडा स्तरका १३ वटा योजनारुका लागि बिनियोजन भएको रु। दुई करोड १० लाख ९२ हजार बजेट रकमान्तर र शिर्षकान्तर गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गर्नुभएको ११ वटा प्रस्तावहरु पारित भएको छ । लेखा समितिको प्रतिवेदन, बेरुजु फस्यौट र आर्थिक वर्ष २०८०/०८१ को हालसम्मको आय व्यय अनुमोदन भएको छ ।

#ADV

सभाले कुहुँ गाउँभित्रको मुख्य सडक स्तरोन्नतिका लागि रु। पचास लाख बिनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि बिनियोजन भएको कुल रु। ४७ करोड ६३ लाख ६९ हजार ४३१ बजेट मध्य हालसम्म रु। २३ करोड पाँच लाख ८८ हजार ३४९को अख्तियारी प्राप्त भएको छ ।
कुल बजेटको २७।३१ प्रतिशत अथवा रु। १३ करोड एक लाख ३० हजार ८६६ खर्च भएको सभामा जानकारी गराइएको थियो । विभिन्न शिर्षकमा रु। ४१ लाख ७८ हजार ४१० राजस्व संकलन भएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष रोका र उपाध्यक्ष पेमा अधिकारीले चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका योजनाको तिब्रताका साथ कार्यान्वयनमा जुट्न जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।