ताजा समाचार:
Search

समाचार

बेनपामा बेथिति मौलाउँदो ः जनप्रतिनिधि नै ठेकेदार

उपभोक्ता समिति कागजमै सिमित सन्तोष गौतम/विकल्प न्यूज असार ६ गते । बेनी नगरपालिकाले दश लाख रुपैयाँ बजेट बिनियोजन गरेको कालीपुल स्थित कवर्डहल मर्मत योजनाको उपभोक्ता समितिका अध्यक्ष जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिनेश केसी र सचिव सदस्य लेखनाथ शर्मा हुनुहुन्छ । “डमी” उपभोक्ता समिति बनाएर चलखेल – बजेट दुरुपयोगको जोखिम उपभोक्ता समितिमा ठेकेदारीप्रथा मौलाउँदो  – […]

‘चुनाव त जिताए तर छुवाछूत कायमै’

विकल्प न्यूज/बेनी असार ६ गते । स्थानीय तहको हरेक वडामा अनिवार्य रुपमा दलित महिला सदस्य राख्नुपर्ने प्रावधानले सयौँ दलित महिला निर्वाचित भए। जनप्रतिनिधि बनेर स्थानीयवासीलाई सेवा दिने निकायमा पुग्दा पनि उनीहरूले छुवाछूत भोग्न परिरहेको बताएका छन्। म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका सदस्य विष्णु परियार गाउँ वा शहर जहाँ पनि स्थानीय सरकारका प्रतिनिधिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा […]

दोवामा रहेको तातोपानीलाई पर्यटकीय स्थल बनाउन पहल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी असार ६ गते । प्रशस्त पर्यटकीय सम्भावना भएर पनी संरक्षण, व्यवस्थापन, पूर्वाधार, प्रचारप्रसारको अभावमा ओझेलमा परेको अन्नपूर्ण गाउँपालीका १ दोवाको सेकारकुमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पहल थालीएको छ । दोवाका जनप्रतिनिधि र बासिन्दाले कालीगण्डकी नदीको दायाँ किनार, पहाडको फेदीमा बेवारीसे अवस्थामा रहेको प्राकृतिक तातोपानीको मुहानलाई संरक्षण […]

किसानलाई औजार हस्तान्तरण

विकल्प न्यूज/बेनी असार ६ गते । अन्नपूर्ण गाउँपालिका पशु सेवा शाखाले कालीगण्डकी भेडापालन स्रोत विकास केन्द्रमा आबद्ध किसानहरुलाई अतिआवश्कीय सामागी वितरण गरेको छ । मंगलबार गाउँपालिका केन्द्र पोखरेबगरमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुन र प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले किसानहरुलाई त्रिपाल, जुकाको औषधी र विभिन्न किसिमका मेसिनहरु उपलब्ध गराएका हुन् । […]

जलजलामा एकिकृत सम्पत्ति कर लागू गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ असार । जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ देखि एकिकृत सम्पत्ति कर लागू गर्ने तयारी गरेको छ । गाउँपालिका घर र भौतिक संरचनाहरुलाई करको दायरामा ल्याउन लागीएको छ । सम्पत्तिको आधारमा तिरीने, जग्गा र संरचनाको पटक पटक कर तिर्न नपर्ने हुँदा दोहोरो नपर्ने, आफूले तिर्नुपर्ने रकमको बारेमा पहिलेनै जानकारी हुने […]

वस्तीस्तरबाट योजना छनोट गर्दै वडा कार्यालय

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, असार ५ । एक नगरपालिका र पाँचओटा गाउँपालिका रहेको म्याग्दी जिल्लामा आगामी आर्थिक वर्षका लागि वस्तीस्तरबाट योजना छनौटको क्रम सुरु भएको छ । आउँदो आर्थिक वर्ष २०७५/७६ मा स्थानीय तहको विभिन्न वडामा सञ्चालन गर्ने कार्यक्रमका लागि टोल र वस्तीस्तरबाटै योजना छनोट गर्न लागिएको हो । यसैक्रममा मङ्गलबार म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा […]

रघुगंगाका कृषकसंग अन्तरक्रिया

पदम विश्वकर्मा /विकल्प न्यूज मौवाफाट ५ असार । रघुगंगा गाउँपालिकाको मौवाफाँटमा व्यवसायिक बाख्रा तथा कुखुरापालक कृषकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको पशु सेवा शाखाले आयोजना गरेको कार्यक्रममा आठ वटै वडाका कृषक, जनप्रतिनिधि र पशु सेवा प्राबिधिकहरुबीच पशुपालनको अवस्था, सम्भावना, समस्या र योजनाको विषयमा छलफल भएको थियो । गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको प्रमुख आतिथ्यता, […]

११ महिना चुपचाप वसेका कर्मचारी असार लागेपछि सक्रिय

सन्तोष गौतम/विकल्प न्यूज मौवाफाँट ५ असार । चालु आर्थिक वर्ष २०७४/७५ को अन्तिम महिना असार सुरु भएसंगै म्याग्दीका सरकारी निकायलाई बजेट सक्ने चटारो परेको छ । विभिन्न सरकारी कार्यालय, स्थानीय तह र गैरसरकारी संघ संस्थाहरुले आर्थिक बर्षको अन्तीम महिना सुरु भएसंगै तालीम, गोष्ठि, अन्तरक्रिया लगायत औपचारिक कार्यक्रम आयोजना गर्ने क्रम बढेको छ । आर्थिक वर्षको […]

२७ कराेडकाे बजेट ल्याउँदै अन्नपूर्ण

गोपाल छन्त्याल/बेनी असार ४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले २७ करोड रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । असार १० गते स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउने संवैधानिक प्रावधान अनुसार अन्नपूर्णले २७ करोडको हाराहारीमा बजेटको तयारी गरेको हो । वडास्तरबाट योजना र कार्यक्रम प्राप्त भइसकेकोले विभिन्न समितिमा त्यसको छलफल, आन्तरिक आयको अनुमान लगायतका कार्य […]

खाडीबाट फर्कीएका युवा दोवाको जंगलमा बाख्रा चराउँदै

सन्तोष गौतम/विकल्प न्यूज दोवा,असार ४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवामा विदेशबाट फर्कीएका युवाहरुले व्यवसायिक बाख्रापालन सुरु गरेका छन् । विदेशमा कडा परिश्रम गर्दा समेत अपेक्षाकृत आम्दानी हुन नसकेपछि फर्कीएका युवाहरुले जिविकोपार्जनका लागि बाख्रा पाल्न थालेका हुन् । दश वर्ष साउदीमा काम गरेर घर फर्कीएर गत वर्षदेखि बाख्रापालन सुरु गरेका दोवाका बिरेन्द्र गर्बुजा विदेशमा […]

कहाँ जान्छ अस्पतालमा प्रशिक्षार्थीले बुझाउने शूल्क ?

विकल्प न्यूज/बेनी असार ४ गते । बेनी अस्पतालमा प्रयोगात्मक अभ्यासको लागि आउने प्रशिक्षार्थी स्वास्थ्यकर्मीहरुले बुझाउने शूल्कमा अपारदर्शीता भेटिएको छ । अस्पतालमा अभ्यासका लागि आएका हेल्ट एसिस्टेन्ट, अनमी, स्टाफ नर्स, ल्याब टेक्नीसियन अध्ययन गरिरहेका प्रशिक्षार्थी स्वास्थ्यकर्मीको बिवरणको अभिलेख नराख्ने र उनिहरुले तिरेको शूल्कको रसिद नदिँदा आर्थिक चलखेल भएको हो । तर कति प्रशिक्षार्थी आए र उनिहरुले […]

ताकममा आमा समूहद्धारा मन्दिर निर्माण

गोपाल आचार्य/विकल्प ताकम १ असार । धौलागिरी गाउँपालीका ७ ताकममा आमा समूहले मन्दिर निर्माण गरेका छन् । भगवती आमा समूहले निर्माण गरेको सुर्यनारायण मन्दिरको शुक्रबार गाउँपालीकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष पुनले कला, संस्कृती, ऐतिहाँसीक र धार्मीक सम्पदाको संरक्षणमा जोड दिदै महिलाहरु विकास निर्माण र सामाजिक रुपान्तरणमा अग्रसर बन्नुपर्ने बताउनुभयो । वडा अध्यक्ष […]

नेकपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया

विकल्प न्यूज/बेनी असार १ गते ।    पार्टी एकताको घोषणा गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको आयोजनामा अगुवा कार्यकर्ता भेला एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘माक्र्सवाद लेनिनवादको प्रकाशमा पार्टी एकतालाई सुदृढ गरौं, लोककल्याणकारी स्थायी सरकारमार्फत समाजवादको यात्रामा अघि बढौं’ भन्ने मूल नारासहित सदरमुकाम बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता […]

रघुगंगाका महिलाहरु नेतृत्व र क्षमता विकासमा अग्रसर

सन्तोष गौतम/विकल्प न्यूज मौवाफाँट १ असार ।  आफ्नो भावना र बिचार व्यक्त गर्ने सीपको अभावमा पछि परेका रघुगंगा गाउँपालिकाका महिलाहरु नेतृत्व तथा क्षमता विकासमा अग्रसर भएका छन् । गाउँपालिकाका महिला जनप्रतिनिधि, आमा समूह, युवा क्लब र सामाजिक संघ संस्थाको अगुवाई गरिरहेका महिलाहरु आफ्नो बिचार र भावनालाई प्रभावकारी ढङगले व्यक्त गर्ने भनेर तालीम लिएका छन् । […]

म्याग्दीमा टोल टोलमा प्रहरी कार्यक्रम सञ्चालन गरिने

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ असार ।जिल्ला प्रहरी कार्यालयले अपराध, बिकृती, दुब्र्यसनी, दुर्घटना न्युनीकरणका लागि समुदायसंग सहकार्य गर्ने उद्देश्यले टोल टोलमा प्रहरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । केन्द्रिय कार्यक्रम अन्तरगत प्रहरीको बस्ती स्तरमा पहुँच र उपस्थिती बढाएर विश्वास बढाई बिचौलीया निरुत्साहीत गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले टोल टोलमा पुग्न लागिएको प्रनाउ बिरबहादुर बुढाले […]