समाचार

म्याग्दीका छन्त्याल समुदायमा ‘पुर्पुरो’ संस्कृति अझै कायम

बेनी, माघ १२ गते ।  उमेरले चार वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बसोबास गर्नुहुन्छ । लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अष्ट्रेलियामा हुनुहुन्छ । पोखरामा घरसमेत बनाएर बसोबास गर्दै आउनुभएका छन्त्याल परिवारले खिमबहादुरका जेठा छोरा लिएनको ‘पुर्पुरो’ भने गृहगाउँ मलम्पारमै गर्नुभयो । लामो समयदेखि पोखरामा […]

बेनीबजारको न्युरोडमा समसाँझैमा खुकुरी प्रहार हुँदा एक युवाको मृत्य

विकल्प न्यूज\बेनी माघ ११ गते । म्याग्दीको बेनी बजारको न्यूरोड स्थित भित्री गल्ललीमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक यूवाको मृत्यु भएको छ । बिहिबार साँँझ करिब साढे ५ बजेयुवाहरुको दुई समुह विच हानाहान हुँदा रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २२ बर्षिय सुशिल गर्वुजाको मृत्यु भएको हो । घटनामा मृतकका साथी बेनी नपा–६ अथुङ्गेका […]

शुक्रबार देखि एमाले म्याग्दीको दशौं अधिबेशन ः महासचिव पोखरेलद्धारा उद्घाटन हुने

विकल्प न्यूज/बेनी माघ ११ गते । अधिवेशनले जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले अधिवेशनमा सम्पूर्ण तयारी सकिएको जानकारी दिनुभएको छ । जिल्ला समन्वयको सभाहलमा अधिवेशनको उद्घाटन र बन्द सत्र हुने नेकपा एमालेले जनाएको छ । अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधिले भाग […]

मनरुपा शर्मा पाँचौं प्रयासमा सांसद बन्न सफल

विकल्प न्युज/ पाेखरा माघ ११ गते । पर्वतको कुश्मा नगरपालिका वडा नं. १० की मनरुपा शर्मा (बिमला) राष्ट्रियसभा सदस्य बन्नुभएको छ।तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र विद्रोहमा आफैं सहभागी शर्माका श्रीमान् द्वन्द्वकै क्रममा सरकारी पक्षबाट मारिनुभएको थियो । माओवादी शान्ति प्रक्रियामा आएको करिब दुई दशकपछि शर्मा सांसद बन्नुभएको हो।शर्माले तीन हजार छ सय ६० मत […]

राष्ट्रियसभामा पर्वतकी मनरुपा विजयी

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनले ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएकी हुन् । शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मत दिएका थिए । विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ […]

जलजलाको बासखर्कबाट ११ करोडका सुन्तला बिक्री

पर्वत, माघ ११ गते ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले रैथाने जातको मान्यता प्रदान गरेको पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्कमा उत्पादित सुन्तला मुग्लिन र काठमाडौँको कालीमाटी बजारमा पठाइएको छ । अन्यत्र सुन्तलाको सिजन सकिने बेला भइसक्दा यहाँका सुन्तला भने बल्ल बजार पठाउन थालिएको हो । यस वर्ष सुन्तला खरिद गर्न काठमाडौँको कालीमाटी, मुग्लिन, धादिङ तथा नारायणगढका […]

हिमपातपछि खोप्रालेकको सुन्दर दृश्य

ठाकुरप्रसाद आचार्य म्याग्दी,माघ ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा हिमपात भएको छ । बुधबार साँझ परेको हिमपातले तीन हजार ६ सय साठी मिटरको उचाईमा रहेको खोप्रा डाँडा सेताम्मे भएको छ । हिमपातका कारण यहाँबाट देखिने धौलागिरी,निलगिरी,अन्नपूर्ण,गुर्जा लगायतका हिमालहरु सुन्दर देखिएका छन् । बुधबार यो वर्षको पहिलोपटक हिमपात भएको खोप्रा सामुदायिक लजका […]

दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना अलपत्र,लगानीकर्ता चिन्तित

बेनी, माघ ११ गते ।    म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ ।  धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो । विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिटको […]

गोठमै मितेरी साइनो लगाउँदा…

म्याग्दी (बेनी),  माघ १० गते । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न आउनुभएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आउनुभएका तुलाचनसँग मीत लगाउनुभएको हो । कास्कीको भुजुङखोलामा अरुको घरमा काम गरेर जीविका चलाउँदै आउनुभएका घले […]

म्याग्दीबाट ६ महिनाको अवधिमा अख्तियारमा ३९ उजुरी

विकल्प न्यूज/बेनी माघ ९ गते । म्याग्दीबाट अख्तियार दुरूपयोग अनुसन्धान पोखरामा ६ महिनाको अवधिमा ३९ उजुरी परेका छन् । चालु आर्थिक बर्ष २०८०\८१ मा म्याग्दीका ६ वटा स्थानीय तहमा खानेपानी, सडक, शिक्षा लगायत विभिन्न विषयमा सो उजरी परेको हो । अख्तियार दुरपयोग अनुसन्धान केन्द्र पोखराले मंगलबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरेको एक कार्यक्रममा अल्या […]

बेनी नगरका ग्रामिण क्षेत्रमा किन धमाधम खाली हुँदैछन् सामुदायिक विद्यालय ?

ठाकुरप्रसाद आचार्य/बेनी माघ ९ गते । बेनी नगरका ग्रामिण क्षेत्रमा सामुदायिक विद्यालयहरु धमाधम खाली हुँदैछन् । स्थानीय राजनीतिक दलहरुको शिक्षा सम्बन्धि नीति प्रष्ट नहुनु, राजनीतिक दलका नेता,जनप्रतिनिधि र शिक्षकको निजी विद्यालयमा लगानी बढ्दै जानु सामुदायिक विद्यालय खाली हुँदै जाने प्रमुख कारण बनेको हो । समाजमा रहेका प्रतिष्ठित व्यक्तिहरु नै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा क्रियाशिल […]

बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरु

ठाकुरप्रसाद आचार्य माघ ९ गते ।  बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनी स्थित खुल्ला मञ्चको खेलमैदानमा मंगलबार देखि अन्तर मावि छात्रछात्रा तथा शिक्षक शिक्षिका बीच भलिबल प्रतियोगिता सुरु भएको हो । भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालयको सहभागिता जानकारी […]

एकीकृत समाजवादी जलजलाका नेता एमालेमा फर्किए

विकल्प न्यूज/बेनी माघ ९ गते । एकिकृत समाजवादी जलजला कमिटीका अध्यक्ष लालवीर पुन एमालेमा फर्किनुभएको छ । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा एक कार्यक्रमका बीच एकिकृत समाजवादी जलजलाका नेता समेत रहनुभएका पुन  एमालेमा फर्किएको पालिका कमिटीका सचिव महेन्द्र रेग्मीले जानकारी दिनुभयो । नेता पुनलाई  नेकपा एमालेका गण्डकी प्रदेश सदस्य लालबहादुर अधिकारीले पार्टीमा स्वागत गर्नुभयो । […]

सुन्दर छ चिमखोलाको सोवाङ धुरी

विकल्प न्यूज/बेनी माघ ९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क– नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् । क्लबका उपाध्यक्ष टीका पुनका अनुसार चिमखोलाबाट समुद्री सतहबाट तीन हजार आठ सय ४० मिटर उचाइको सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान […]

इन्डियन आइडलको टप १० मा नेपालकी मेनुका

विकल्प न्यूज\बेनी माघ ८ गते । भारतको चर्चित रियालिटी शो इन्डियन आइडलबाट लोकप्रिय बन्दै गएकी गायिका मेनुका पौडेलले उत्कृष्ठ १० मा स्थान सुरक्षित गरेकी छन् । नेपाल आइडल र सारेगामापामा उत्कृष्ठ ११ बाट बाहिरिएकी मेनुकाले ११ नम्बरको ‘च्यानल गेट’ पार गरिन् । मेनुकाका शिक्षक खिलप्रसाद शिवाकोटीले भने,‘११ नम्वरको खड्को पार गरेपछि मेनुकाको सम्भावना थप बलियो […]