ताजा समाचार:
Search

ट्रान्स हिमालय एड्भेन्चर राइडरहरुको टोलीलाई म्याग्दीमा स्वागत

विकल्प न्यूज/बेनी
चैत २१ गते ।

ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरुको टोलीलाई म्याग्दीको सदरमुकाम बेनीमा स्वागत गरिएको छ ।

काठमाडौंबाट हिमाली जिल्ला मुस्ताङ प्रस्थान गरेको टोलीलाई म्याग्दी उद्योग वाणिज्य संघको तर्फबाट कालिपुलमा महासचिव नारायण जिसी र कार्यालय प्रमुख दिलिप पुनले राइडरहरुलाई स्वागत गर्नुभएको छ ।

म्याग्दीको पर्यटनमा समेत सघाउने गरी यात्रामा निस्किएको टोलीलाई स्वागत सहित म्याग्दी खण्डमा कुनैपनि समस्या परेमा सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाइएको थियो ।साहसिक तथा पर्यटकीय खेल गतिविधिमार्फत म्याग्दी जिल्लालाई समेत नेपाली र भारतीय राइडरहरुको टोलीले सघाउने अपेक्षा गरिएको संघमा महासचिव जिसीको भनाई छ ।

राष्ट्रिय खेलकुद परिषदले साहसिक खेलकुदमार्फत दिगो पर्यटन प्रवद्र्धनको हेतुले विगत लामो समय देखि साहसिक खेलहरुलाई प्रवद्र्धन गर्दै आइरहेको अवस्थामा टोलीले म्याग्दी र मुस्ताङको सडक तथा सहासिक यात्रका सन्देश समेत प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ । राइडरहरु एड्भेन्चर स्पोर्टस, टु ह्विल टुरिङ र सेफटी राइडिङ सम्बन्धी लाइभ स्ट्रिम, फोटोकथा, सेल्फी तथा भिडियो कन्टेस्ट, आर्टिकलसिप आदिमा सहभागी हुने र विजेताहरुलाई पुरस्कृत गरिने बताइएको छ ।

जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ ।सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने गरी सो राइड अन्तर्गत अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिएको टोलीका प्रतिनिधि गोविन्द भट्टराईले बताउनुभयो ।

राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसनको सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना भएको हो । मुस्ताङबाट म्याग्दीको सदरमुकाम बेनी हुदै फर्किने टोलीले भविस्यमा पनि म्याग्दीलाई छुटै प्याकेज बनाएर सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएको छ ।