ताजा समाचार:
Search

पर्वतको जलजलामा  एक दम्पतीकाे हत्या 

ठाकुर प्रसाद आचार्य
म्याग्दी,चैत २० गते ।

पर्वतको जलजला गाउँपालिका २ मल्लाजकाे दह मा गयराती एक दम्पतीकाे हत्या भएको छ ।

वर्ष ६८ का सूर्यबहादुर जिसी र उहाँको श्रीमती वर्ष अन्दाजी  ६५ कि गमला जिसीकाे घर भित्रै हत्या भएको अवस्थामा मंगलबार विहान भेटिएको वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिनुभएको ।
उहाँका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आउनुभएको थियाे । घटनाको वारेमा जानकारी पाए लगत्तै  स्थानीय जनप्रतिनिधि र प्रहरीकाे टाेली अहिले  घटनास्थल पुगेकाे छन । घटना स्थल गलेश्वर पारिपट्टी रहेकाे राममन्दिर माथि पर्छ ।

घटनाको थप  विस्तृत विवरणा आउन बाँकी छ ।