ताजा समाचार:
Search

मल्लाजको दह हत्या घटना ः पोखराबाट तालिम प्राप्त कुकुर सहितको टोली आउँदै

ठाकुरप्रसाद आचार्य
म्याग्दी,चैत २० गते ।

म्याग्दीको सदरमुकाम बेनी सँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दह हत्या घटनाको अनुशन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखरबाट तालिम प्राप्त कुकुर सहितको विशेष टोली हिडेको प्रहरीले जनाएको छ ।

सोमबार राती अपरिचित व्यक्तीले एक दम्पतीको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुशन्धानले जनाएको छ । घर भित्रै ६८ वर्षीय सूर्यबहादुर जिसी र अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या भएको अवस्थामा मंगलबार विहान ८ बजेको समयमा भेटिएका थिए ।

बेनी पसल गरेर बस्ने जोठो छोरा रबिन जिसीले घरमा बुबा आमालाई फोन गर्दा नउठेपछि छिमेकीलाई घरमा बुझ्न लगाउनुभएको थियो । छिमेकीले घरको ढोकामा बाहिरबाट चापी लगाएको बताएपछि छोरा रबिन बेनीबाट गाउँ पुगेर घरको ढोका फुकालेर हेर्दा बुबा आमा मृत अवस्थामा देखेको जलजला गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रकाश जिसीले बताउनुभयो ।

लगत्तै स्थानीय जनप्रतिनिधि र प्रहरी सहितको टोली घटनास्थल पुगेको थियो । अहिले घटनाको अनुशन्धान र छानविन गर्न पर्वतका प्रमुख डिएसपी खुमलाल भुसालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ । अहिले घटना स्थलमा प्रहरी परिचालन गरिएको छ ।

घरमा सूर्यबहादुर र उहाँको श्रीमती गमला जिसी मात्र बस्ने गरेको वडाध्यक्ष जिसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सोमबार बेलुका साढे आठ बजेको समयमा सूर्यबहादुरले फोन गर्नुभएको थियो । घर नजिकको पाखोमा डढेको लागेको बताउनुभयो । उहाँले पाखोमा लागेको डढेलो निभाउदै हुनुहुँदो रहेछ । मैले डढेलो निभाउन अरु मानिसहरु ल्याएर आउ भन्दा उहाँले पर्दैन निभ्न लागिसकेको छ भन्नुभयो ।’’ अहिले विहान दुःखद घटना सुन्नु प¥यो वडा अध्यक्ष जिसीले बताउनुभयो । शव हेर्दा विभत्स तवरले हत्या गरेको हुनसक्ने उहाँले बताउनुभयो ।
मृतक जिसीका २ छोरा वैदेशिक रोजगारीको क्रममा कोरिया र एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आउनुभएको छ ।

‘हरेक दिन बिहान आमाले बेनीमा रहेका छोराबुहारीसँग फोनमा कुराकानी गर्नुहुँदोरहेछ । आज बिहान आमाको फोन आएनछ । छोराबुहारीले फोन गर्दा पनि उठेनछ,’ वडाध्यक्ष जिसीले भन्नुभयो ‘‘फोन नउठेपछि म्याग्दीमा रहेका जेठो छोरा र माइली बुहारी घर पुग्दा दुवै जना मृत अवस्थामा देखेका रहेछन् ।’’

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुुकुरसहितको विज्ञ टोली घटनास्थल तर्फ आउँदै गरेको छ प्रहरी नायव उपरीक्षक भुसालले भन्नुभयो, ‘‘घटनास्थलमा प्रहरीको नियन्त्रणमा छ । हत्याको घटना हेर्दा रहस्मय देखिन्छ । घटनालाई गम्भिर रुपमा लिँदै प्रहरीले आवश्यक अनुशन्धानलाई अगाडी बढाउन विशेज्ञ सहितको टोली बोलाएका छौं ।’’ अहिले नै किन कसले हत्या ग¥यो भन्ने कारण नखुलेको उहाँको भनाई छ । अहिले घटनाको प्रारम्भिक अनुशन्धान थालेको उहाँले बताउनुभयो । घटनास्थल गलेश्वर पारी राममन्दिर देखि माथि पर्दछ ।

दम्पतीको हत्या भएको घर । तस्विर ठाकुरप्रसाद आचार्य