सहकारी दिवसका अवसरमा बेनी बचतद्धारा शेयर सदस्यलाई सहकारी शिक्षा

विकल्प न्यूज\बेनी
चैत २० गते ।


बेनी बचत तथा ऋण सहकारी सस्थाले शेयर सदस्यहरुका लागि आधारभुत सहकारी शिक्षा तालिम प्रदान गरेको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीमा आवद्ध रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले सहकारी शिक्षा प्रदान वार्षिक कार्ययोजना अनुसार नै सेयर सदस्यलाई वित्तिय शिक्षा तथा तालिम प्रदान गरेको थियो ।

तालिममा सञ्चालक समिति तथा शिक्षा उपसमितिका सदस्य सतिश श्रेष्ठले सहकारीको अर्थ, शेयर सदस्यका काम, कर्तब्य र अधिकार, सहकारीको इतिहास तथा सेवा सुबिधा र प्रबन्धक सज्जन चौधरीलेसंस्थाको वित्तिय अवस्थाको बारेमा प्रशिक्षण दिनुभएको थियो । तालिमको उद्घाटन गदैं सहकारीका अध्यक्ष सञ्जयकुमार श्रेष्ठले सहकारीका सदस्यहरुलाई तालिमले शेयर सदस्य अझै जिम्मेबार हुनको लागि प्रेरणा पुग्ने विश्वास ब्यक्त गर्नुभएको थियो ।

अध्यक्ष श्रेष्ठले सहकारीमार्फत वित्तिय कारोबार बाहेक सामाजिक एवम् मानवीय सेवामा समेत थुप्रै काम गरिएको बताउनुभयो । सहकारीको विकासका लागि सेयर सदस्यको साथ र सहयोग आवश्यकता रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

सहकारीका अध्यक्ष सञ्जयकुमार श्रेष्ठको अध्यक्षता तथा सहकारीको सञ्चालक समिति सदस्य एवम् शिक्षा उपसमिति सदस्य तुलसीलता श्रेष्ठको स्वागत र प्रबन्धक सञ्जन शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो । ०५८ सालमा स्थापना भएको सहकारीका ५० सेयर सदस्य, कर्मचारीको सहभागितामा तालिम प्रदान गरिएको थियो । सहकारीमा २ हजार ४ शेयर सदस्यहरु रहेका छन् ।