ताजा समाचार:
Search

हात्तिपाइले रोग न्यूनिकरणमा जलजलाको प्रयास उत्कृष्ट

विकल्प न्यूज\जलजला
चैत १९ गते ।

पर्वतको जलजला गाउँपालिका हात्तिपाइले रोग नियन्त्रणको लागि उत्कृष्ट घोषित हुँदै पुरष्कृत भएको छ । हात्तिपाइले रोग नियन्त्रणको लागि गाउँपालिकाले निर्वाह गरेको भूमिका उत्कृष्ट रहेको भन्दै पर्वतको जलजला गाउँपालिकाले सम्मान पाएको हो ।

आर्थिक वर्ष २०७९र०८० अन्तरगत नेपाल सरकारले संचालन गरेको राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियान लाई सफल पार्नको लागि गाउँपालिकाले खेलेको भूमिका महत्वपूण रहेको भन्दै नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादबले गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यलाई सम्मान गर्नुभएको हो ।

“राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियानू को मूल्याङ्कन विश्व स्वास्थ्य सङ्गठनले गरेको थियो। सोही मूल्याङ्कन अनुसार जलजलाले उत्कृष्ट भूमिका निर्वाह गरेपछि आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आचार्यलाई सम्मान गरिएको हो। मन्त्रालयबाट सम्मान पाएपछि खुसी व्यक्त गर्दै अध्यक्ष आचार्यले अभियानलाई उत्कृष्टताका साथ सफल बनाउन अहोरात्र खटेका जनप्रतिनिधि, स्वास्थ्य कार्यालय पर्वत र गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारीहरु, कर्मचारी, शिक्षक, महिला स्वास्थ्य स्वयं सेवीका लगायतप्रति आभार प्रकट गर्नुभएको छ ।

राष्ट्रिय रुपमा भएको मूल्याङ्‌नले आगामी दिनमा पनि यस्ता अभियानमा थप उत्साहका साथ लाग्न र नेपाल सरकारले लिएका लक्ष्य पूरा गर्न थप जिम्मेवारीको बोध भएको उउहाँले बताउनुभयो ।