समाचार
अन्नपूर्णमा पुख्र्यौली नाचको उत्सव (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य म्याग्दी,बैशाख १५ गते । मगर समुदायको मौलिक कला संस्कृतिका रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण,पुस्तान्तरण र प्रचारप्रसार गर्न अन्नपूर्णमा पुख्र्यौली नाचको प्रतियोगिता गरिएको छ । प्रतियोगिता तिनदिन सम्म संचालन हुनेछ । गाउँपालिकाको वडा नम्बर २ भुरुङ तातोपानीमा आयोजना गरिएको प्रतियोगितामा मगर समुदायका अगुवा देखि बालबालिकाहरुको उत्साहजनक सहभागिता रहेको छ । मगर समुदायको मौलिक कला […]
पत्रकार महासंघ म्याग्दीको आठौं साधारण सभा सम्पन्न
विकल्प न्यूज/बेनी बैशाख १४ गते । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आठौं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बेनी नगरपालिका–७,बिरेन्द्रचोक स्थित आफ्नै भवनमा आयोजित साधारणसभाको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले उद्घाटन गर्नुभयो । गण्डकी प्रदेशमा साधारणसभा गर्ने म्याग्दी पहिलो भएको छ । साधारणसभामा महासंघको केन्द्रिय प्रतिनिधि पूर्व केन्द्रिय सदस्य हरिनारायण गौतम,महासंघ […]
मराङमा वडा कार्यालय भवन उद्घाटन्
मराङ, १४ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार भवनको एक समारोहका बिच उद्घाटन गर्नुभएको हो । ४ कोठे १ तले भवनमा शुक्रबारदेखिनै सेवा प्रवाह शुरु गरेको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । भवनमा वडा अध्यक्ष, सचिव, सभाहल र भण्डारण कक्ष रहेको […]
स्थानीय तहसँग वन कार्यालयको समन्वय
बेनी, १४ वैशाख । डिभिजन वन कार्यालय म्याग्दीले विकास आयोजनालाई वातावरणमैत्री बनाउन स्थानीय तहहरुसँग समन्वय थालेको छ । स्थानीय तहले सञ्चालन गर्ने विकास आयोजनालाई दिगो र वातावरणमैत्री बनाएर विपद्को जोखिम न्युनीकरणका लागि स्थानीय तहका जनप्रतिनिधिहरुसँग अन्र्तक्रिया र समन्वय गरेको हो । बेनी नगरपालिकाको कार्यालयमा बिहिबार आयोजित आयोजित समन्वय गोष्ठिमा डिभिजन वन अधिकृत बिष्णुप्रसाद अधिकारीले […]
बेनी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
विकल्प न्यूज/बेनी बैशाख १४ गते । म्याग्दीको बेनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । शुक्रबार नगरपालिकामा आयोजित कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । बेनी नगरपालिका घोषणा भएसँगै जिल्लाका चार वटा स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता घोषणा भएका छन् । छ वटा स्थानीयतह रहेको म्याग्दीका धवलागिरी […]
जन्मदिनको अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठको सामाजिक संघ संस्थालाई सहयोग
बेनी, १३ वैशाख । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गरेर जन्मदिन मनाउनु भएको छ । बेनी नगरपालिका–७ संगमचोक निवासी श्रेष्ठले जन्मदिनको अवसरमा बिहिबार मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि रु. २५ हजार र चितवनको भरतपुर महानगरपालिका–१२ नौरङगेमा अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (साहाराको घर)लाई रु. ५ […]
जलजलामा दुईदिने क्षमता अभिवृद्धी तालिम सुरु
विकल्प न्यूज/बेनी पर्वत,बैशाख १२ गते । म्याग्दीको बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी र टोल विकास संस्थाका प्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि तालिम दिन थालिएको छ । तालिममा गाउ“पालिका अध्यक्ष राजु आचार्य, उपाध्यक्ष, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुखप्रशासकीय अधिकृत, सामाजिकविकास शाखाका कर्मचारी, वडा सचिवहरु त्था पालिकाभित्रका ९ वटाटोल विकास संस्थाका संयोजक र सह संयोजक तथा […]
त्रिपालको ओतमुनि दर्मिजा तातोपानी कुण्ड ः बिरामीलाई सास्ती
वैशाख १२ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका-४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौँदेखि त्रिपालको ओतमुनि रहेको छ । तातोपानी कुण्डमा डुबेर उपचार गराउने बिरामीमा त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि कुण्डमा जस्तापाताको छाना नहाल्दा त्रिपालको ओतमुनि बसेर बिरामीहरू तातोपानी कुण्डमा डुब्न वा स्नान गर्न बाध्य छन् । अघिपछि कुनै समस्या नहुने […]
ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार
म्याग्दी, वैशाख १२ गते । तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका-९ स्थित ऐतिहासिक महत्वको ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार भएको छ । ऐतिहासिकस्थलको संरक्षण गरी पर्यटक भित्र्याउनका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको हो । पछिल्लो छ वर्षको अवधिमा ढोलठानामा ५० लाख बढीको पूर्वाधार निर्माण भएको बेनी नगरपालिका-९ घतानका वडाध्यक्ष चक्र केसीले बताउनुभयो । “बेनी […]
म्याग्दीमा डढेलोले सात सय हेक्टर वन सखाप
म्याग्दी, वैशाख १२ गते । डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । पैतालिस दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ । फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लागेको छ । डढेलोले […]
नारच्याङमा शसस्त्रको विपद् उद्दारको नमुना अभ्यास
विकल्प न्यूज/बेनी बैशाख १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आइतबार शसस्त्र प्रहरी बल नेपालले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेको छ । शसस्त्र प्रहरीको नारच्याङ स्थित विपद् व्यवस्थापन वेश क्याम्पको आयोजनामा उद्दारको नमुना प्रर्दशन गरिएको हो । विपद्मा खटिने जनशक्तिको क्षमता अभिवृद्धी र समुदाय स्तरमा विपद् पूर्वतयारीका विषयमा सचेतना फैलाउने उद्देश्यले नमुना अभ्यास प्रर्दशन […]
मल्लाज दह जिसी दम्पती हत्या ः ४० प्रहरी निरन्तर अनुसन्धानमा
विकल्प न्यूज/बेनी बैशाख १० गते । म्याग्दीको बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा २२ दिन अघि भएको एक दम्पतीको हत्यामा प्रहरीले अहिले सम्म शंकास्पद व्यक्ति पहिचान गर्न सकेको छैन । अनुसन्धानको विशिष्टीकृत इकाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसमेत खटिँदा पनि अहिलेसम्म प्रहरीले संदिग्धलाई पहिचान र पक्राउ गर्न सकेको छैन । […]
पोखरामा ‘ट्याक्सीले मिटर चलाएन, १०३ मा फोन गर्नुस्’
वैशाख १० गते । गण्डकी प्रदेशको राजधानी पोखरामा मिटरमा नचल्ने ट्याक्सीमाथि निगरानी बढाइएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीले पोखरा महानगरभित्र मिटरमा नचल्ने ट्याक्सीलाई कारबाही गरिरहेको छ । यो आर्थिक वर्ष सुरु भएपछि पाँच सय चार ट्याक्सीलाई कारवाही गर्दा १४ लाख २८ हजार दुई सय राजस्व सङ्कलन भएको छ । आइतबारमात्र मिटरमा नचल्ने १३ ट्याक्सीलाई […]
‘अब माउण्टेन बाइक चढौं, पर्यटन प्रवद्र्धन गरौं’
विकल्प न्यूज/बेनी बैशाख ९ गते । म्याग्दीको सदरमुकाम बेनीमा आइतबार धौलागिरि माउण्टेन बाइक एड्भेन्चर प्रालिको कार्यालय उद्घाटन भएको छ । बेनीबजारमा सिप विकास, स्वरोजगार तथा माउण्टेन बाइक टे«निङ मर्मत एवं बिक्री कक्षको एक समारोहबीच उद्घाटन गरिएको हो । कार्यालयको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले म्याग्दीको बेनीमा माउण्टेन बाइकको एड्भेन्चर प्रालि स्थापना हुनु […]
बाबियाचौरमा धार्मिक महोत्सव सुरु
विकल्प न्यूज/बेनी बैशाख ९ गते । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण तथा एम्वुलेन्स खरिद गर्ने मुख्य उदेश्य लिएर आयोजना गरिएको महायज्ञको शनिवार मंगला गाउँपालिकाका अध्यक्ष सत प्रसाद […]