समाचार

सरस्वती विद्यालयलाई मोना बेल्जियमको सहयोग

विकल्प न्यूज/बेनी चैत ४ गते ।  बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा बेल्जियममा रहेका म्याग्देलीले डेढ लाखको अक्षय कोष स्थापना गरेका छन् । मोना बेल्जियमले शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानामार्फत विद्यालयमा सहयोग हस्तान्तरण गरिएको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संयोजनमा आयोजित कार्यक्रममा बोल्दै प्रजिअ रानाले समुदायको सक्रियताले नै विद्यालयको शैक्षिक […]

वनजंगलमा डढेलोको जोखिम बढ्यो

विकल्प न्यूज\बेनी चैत ३ गते ।  म्याग्दीमा मानवीय लापरवाहीका कारण डढेलोको जोखिम बढ्दै गएको छ । हिउँदका सुख्खायाममा पालुवा पलाउने बाहना र आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ । डढेलोको क्षति यतिमा मात्रै सीमित छैन, जनधनकोसमेत क्षति हुने जोखिम बढ्दै गएको […]

म्याग्दीमा स्थानीय निर्वाचन ः तालमेल कि एक्ला एक्लै ?

विकल्प न्यूज\बेनी फागुन २ गते । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको माहोल विस्तारै तात्न थालेको छ । जिल्लाका मुख्य दलहरु निर्वाचनको तयारीमा जुट्न थालेका छन् । पाँचवटा गाउँपालिका र एक नगरपालिका सहित जिल्लामा ६ वटा स्थानीय तह छन् । सत्ता गठबन्धनमा सहभागि दुई ठूला दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले जिल्लमा […]

मराङको दुर्गम गाउँ बुलमा सडक पुग्यो

विकल्प न्यूज\बेनी चैत १ गते । जिल्लाको दुर्गम धौलागिरी गाउँपालिका–६,मराङको बुल गाउँमा पहिलोपटक सडक पुगेको छ । भौगोलिक रुपमा विकट रहेको बुल गाउँमा मोटर पुगेपछि स्थानीयवासीहरु खुसि भएका छन् । यो सँगै मराङका सवै वस्तीहरु सडक सञ्जालसँग जोडिएका छन् । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट १२ लाख, पचास हजार सांसद भुपेन्द्रबहादुर थापाले स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट […]

रत्नेचौर धार्मिक महोत्सवमा ३१ लाख संकलन

विकल्प न्यूज\बेनी फागुन ३० गते । बेनी नगरपालिका १ रत्नेचौरमा आयोजना गरिएको रत्नेचौर धार्मिक महोत्सवमा ३१ लाख रुपैया भन्दा वढी संकलन भएको छ । ८ दिन सम्म सञ्चालन भएको धार्मिक महोत्सवमा भक्तजनहरुबाट ३१ लख ७० हजार एकसय तीन रुपैयाँ नगद संकलन भएको महोत्सव मुल आयोजक समितिका उपाध्यक्ष चिरञ्जीवी बोगटीले जानकारी दिनुभयो । संकलन भएको रकमबाट […]

बेनी नगर कार्यपालिकाको ७९ औं वैठकका निर्णय सार्वजनिक

विकल्प न्यूज\बेनी फागुन ३० गते ।  कार्यपालिकाका निर्णय सार्वजनिक गर्दै प्रवक्ता रामकृष्ण बराइली ।  बेनी नगरपालिकाले दुई ग्रामिण सडक स्तरोन्नती गर्ने भएको छ । नगरको सोमबार वसेको ७९ औं कार्यपालिकाको वैठकले सडक बोर्डबाट प्राप्त भएको ५५ लाख र नगरको समपुरक कोषको २७ लाख गरी ८१ लाख रुपैयाँ सडक स्तरोन्नतीका लागि रकम विनियोजन गर्ने निर्णय गरेको […]

ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम

विकल्प न्यूज\बेनी फागुन २९ गते । म्याग्दी सदरमुकाम बेनीमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण बिषयक अन्र्तक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ । सामाजिक विकास कार्यालयको सहयोग र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव समेटिएको बृत्तचित्र प्रदर्शन समेत गरिएको थियो । कार्यक्रममा […]

लोक दोहोरी दिवसमा बाद्यवादन सामग्री हस्तान्तरण

विकल्प न्यूज\बेनी फागुन २९ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१ औँ स्थापना दिवस तथा लोक दोहोरी दिवस २०७८ को अवसरमा लोक दोहोरी प्रतिष्ठान म्याग्दीले बाद्यवादनका सामग्री सहयोग गरेको छ । दिवसको अवसरमा आइतवार एक कार्यक्रमको आयोजना गरि बेनी नगरपालिका ८ स्थित श्री कृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रलाई मादल र खैजडी […]

म्याग्दीमा काँग्रेसको चुनावी अभियान सुरु

धनिलाल गर्बुजा \विकल्प न्यूज फागुन २९ गते । नेपाली काँग्रेस म्याग्दीले आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित कार्यक्र सुरु गरेको छ । आइतबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर काँग्रेस जिल्लाभर एकसाथ अभियान थालेको हो । ‘‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’’ भन्ने नारा सहित एकमहिने अभियानको पुर्व राज्यमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले […]

काँग्रेसको चुनावी अभियान आजदेखि

फागुन २९ गते ।  नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान प्रारम्भ गर्दैछ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चैत २९ गतेसम्म एक महिना सञ्चालन हुने उक्त अभियानको आइतबार उद्घाटन गर्नुहुनेछ । ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ नारासहित प्रारम्भ हुने अभियान ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरी एकैसाथ थालनी गर्ने काँग्रेसको […]

म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौं साधारणसभा

विकल्प न्यूज\बेनी फागुन २९ गते । म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौैं साधारणसभा सम्पन्न भएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा एक कार्यक्रमका विच इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले गर्नुभएको हो । उहाँले उद्योगी व्यवसायीलाई गाउँपालिकाले संरक्षण र सहयोग गर्ने […]

शिक्षक संघ बेनी नगरको सभापतिमा एकेन्द्र महत निर्वाचित

विकल्प न्यूज/बेनी फागुन २८ गते । नेपाल शिक्षक संघ बेनी नगरकार्यसमितिको अध्यक्षमा एकेन्द्र महत निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार नेपाली कांग्रेस म्याग्दीको कार्यालयमा सम्पन्न भएको शनिबार दोस्रो अधिवेशनबाट भानु माविका सहायक प्रअ महत सर्वसम्मतले अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्ष दिलबहादुर महत, महिला उपाध्यक्ष रजनी शाही, सचिव सुरेन्द्रबहादुर केसी,अर्थ सचिव हरिप्रसाद ढुंगाना,सहःसचिव गोविन्द प्रसाद […]

म्याग्दी यातायाता कम्पनी प्रा.लीको नयाँ नेतृत्व चयन

विकल्प न्यूज/बेनी फागुन २८ गते । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.ली को अध्यक्षमा लालबहादुर थापा (माइकल) चयन हुनुभएको छ । कम्पनीको शुक्रबार बेनीमा भएको प्रथम अधिवेशनले तदर्थ समितिका अध्यक्ष थापालाई नै अध्यक्षमा सर्वसम्मत नेतृत्व दिएको हो । समितिको सञ्चालकहरुमा सुमन श्रेष्ठ, जानबहादुर के.सी, कृष्णबहादुर घर्ति, चन्द्रबहादुर क्षेत्री, नायायण थापा र छत्रराज थापा चयन हुनुभएको हो […]

परिश्रमी रविना र सुष्मा होटलमा काम गर्दै पढ्दै

विकल्प न्यूज/बेनी फागुन २७ गते । म्याग्दीको मालिका गाउँपालिका ७ विम निबासी रबिना दर्जी अहिले म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्ययनरत हुनुहुन्छ । त्यस्तै अन्नपूर्ण गाउँपालिका ५ शिखकी सुष्मा छिनालले पनि सोही क्याम्पसमा शिक्षा शास्त्र शंकायमा स्नातकतह प्रथम बर्षमा अध्ययन गर्दै हुनुहुन्छ । यी दुवै जना बिद्यार्थीको जिवन कथा भने फरक छ । […]

मावि बनाउन बगरफाँटबासी साढे १३ लाख जुटाए

विकल्प न्यूज/बेनी फागुन २७ गते । बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा मावि तहको कक्षा सञ्चालन गर्न समुदाय एकजुट भएका छन् । सदरमुकाम बेनीबजार नजिक रहेको विद्यालयलाई प्रविधिमैत्री बनाइ सिकाइलाई प्रभावकारी बनाउँदै निकट भविस्यमा मावि तहसम्मको कक्षा सञ्चालन गर्न सुरू गरिएको आर्थिक संकलन अभियानले तिब्रता पाएको छ । अधिकांस गरीब तथा विपन्न समुदायका बालबालिका […]