समाचार
काँग्रेसबाट रघुगंगा–८ मा छन्त्याल र १ मा फगामी वडा अध्यक्षको उम्मेदवार
विकल्प न्यूज\बेनी चैत २३ गते । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले रघुगंगामा उम्मेदवार चयन गर्न थालेको छ । वडा नम्बर ८ र वडा १ मा अहिलेका वडा अध्यक्ष नै दोहोरीने भएका छन् । वडा ८ कुइनेमंगलेमा नेपाली काँग्रेसबाट वर्तमान वडा अध्यक्ष गमान छन्त्याललाई नै वडा अध्यक्ष पदको उम्मेदवार चयन गरिएको छ । वडा […]
रघुगंगा–३ पिप्लेमा माओवादीबाट वडा अध्यक्षको उम्मेदवारमा चार जना आकांक्षी
म्याग्दी २२चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा वडा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)बाट चार जनाले दावेदार प्रस्तुत गरेका छन् । उम्मेदवार छनौटको लागि मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित पार्टी कार्यालयमा बसेको वडा कमिटीको बैठकमा अध्यक्ष पदमा चार जनाले आफ्नो दावेदारी प्रस्तुत गरेका हुन् । माओवादीबाट पार्टीको वडा […]
रघुगंगाको बिशेष गाउँसभाबाट ऐन,कार्यविधि र नियमावली पारित
विकल्प न्यूज\बेनी चैत २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको १२ औँ (बिशेष) गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न बिशेष गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र नियमावलीहरु परित गरेको हो । विधायन समितिका संयोजक मनकुमार शेरपुञ्जाले प्रस्तुत गर्नुभएको ऐन, […]
जलजला ७ धाइरिङमा एमालेको चुनावी अभियान सुरु
विकल्प न्यूज\बेनी चैत २२ गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा नेकपा एमालेले चुनावी अभियान थालेको छ । आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमाले वडा कमिटीले मंगलबार निर्वाचन लक्षित कार्यक्रम सञ्चालनका लागि मिलनचोकमा वडा पार्टी कार्यालय सञ्चालनमा ल्याइएको अध्यक्ष बेदनाथ आचार्यले बताउनुभयो । निर्वाचनलाई लक्षित गरेर एमालेले मंगलबार पार्टी कार्यालय स्थापना गरी चुनावी अभियान […]
बेनपा–८ मा काँग्रेसबाट हिमबहादुर भण्डारी वडाध्यक्षको उम्मेदवार
विकल्प न्यूज\बेनी चैत २१ गते । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका ८,ले हिमबहादुर भण्डारीलाई सर्वसम्मत रूपमा वडाध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ । सोमबार वडामा आयोजित भेलाबाट हालका वडा सदस्य समेत रहनुभएका भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस वडा समितिले जनाएको छ […]
जलजलाको सालिजा र लेकफाँटमा एमालेको वडा पार्टी कार्यालय स्थापना
विकल्प न्यूज\पर्वत चैत २१ गते । नेपाल कम्युनिष्ट पार्टी एमाले जलजला गाउँपालिका कमिटीले आगमी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ । वडा कमिटीको वैठक,कार्यालय स्थापना र टोलभेला तथा मतदाता भेटघाट लगायतका चुनावी कार्यक्रम लिएर एमाले गाउँगाउँ पुगेको छ । यसैक्रममा सोमबार जलजला गाउँपालिकाको वडा नम्बर ५ लेकफाँट र ६ […]
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ म्याग्दीको अध्यक्षमा शर्मा
विकल्प न्यूज\बेनी चैत २० गते । नेकपा एमाले निकट व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ म्याग्दीको अध्यक्षमा नारायण शर्मा निर्वाचित हुनुभएको छ । आइतवार बेनीमा सम्पन्न महासंघको प्रथम जिल्ला अधिवेशनबाट शर्माको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा सुरेन्द्रराज शर्मा, कोषानन्द आचार्य, सचिवमा राजु बानियाँ, कोषाध्यक्षमा मञ्जु बानियाँ चयन […]
बेनी नगरपालिका ६ का वडाध्यक्ष सँग किन अत्तालियो माओवादी ?
विकल्प न्यूज/बेनी चैत २० गते । बेनी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णशिंह बानियाँलाई आगमी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले दोहोराउने निर्णय ग¥यो । शनिबार दिउसो वेनपा ६ मा भएको वडा कमिटीको भेलाले बानियाँलाई सर्वसम्मत रुपमा फेरी वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय सार्वजनिक ग¥यो । निर्णय सार्वजनिक भएको केही समय […]
दुर्गम भेगको एक गरिब परिवारको पीडा
अमित विश्वकर्मा /भेडिखाल्टा चैत २० गते । ढुंगा र काठले बनेको एउटा निकै पुरानो घर, झयालहरु बिहिन उडाङगो बस्नै नमिल्ने तला, नपोतिएका भित्ता संगै ढुङगाको गारो, सानो पिढीँ, अनि घरभित्र पस्ने मुल ढोका नजिकै झुन्डाईका फाटेका अनि मैलिएका कपडाहरु । म्याग्दीको धवलागिरी गाउँपालिका ५ भेडिखाल्टाकी लालमाया बिश्वकर्मा ५ जनाको परिवार सहित बस्ने घर हो यो […]
म्याग्दीमा गठबन्धनको वैठक ः माओवादीले ५० प्रतिशत भाग मागेपछि काँग्रेस आक्रोसित
विकल्प न्यूज/बेनी चैत २० गते । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने विषयमा सत्ता गठबन्धनमा आवद्ध दलहरु छलफलमा जुटेका छन् । जिल्लामा रहेका सत्ता गठबन्धन दलहरु नेपाली काँग्रेस,माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका जिल्ला स्तरका नेताहरु शुक्रबार पहिलो चरणको छलफल गरेको स्रोतले बताएको छ । केन्द्रय तहमा सत्तारुढ गठबन्धनको कुराकानी भइरहँदा जिल्लामा पनि […]
लुम्लेमा नारी जागृती सहकारीको तालिम सम्पन्न
विकल्प न्यूज/बेनी चैत २० गते । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर म्याग्दीको बेनी बजारस्थित नारी जागृती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कास्कीको लुम्लेमा २ दिने सहकारी शिक्षा तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु, उपसमितिका सदस्यहरु र कर्मचारीहरुलाई सहकारी ऐन नियम र व्यवसायका […]
सहकारी दिवसमा मुक्तिनाथको सहकारी शिक्षा तालिम
विकल्प न्यूज/बेनी चैत २० गते । मुक्तिनाथ बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिबार बेनीमा सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सहकारीका शेयर सदस्यहरुलाई सहकारी सम्बन्धी शिक्षा दिन तालिमको आयोजना गरिएको सहकारीका अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो । ६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको तालिममासहकारी सम्बन्धी नीति नियम, सेवा सुविधा र […]
एमालेबाट रत्नेचौरको वडा अध्यक्षको उम्मेदवारमा टेकबहादुर थापा
विकल्प न्यूज/बेनी चैत १९ गते । नेकपा एमालेले बेनी नगरपालिका १ रत्नेचौरमा टेक बहादुर थापा मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । शनिबार आयोजित वडा कमिटीको बैठकबाट वडा कमिटिका अध्यक्ष समेत रहुनुभएको थापा मगरलाई सर्बसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरिएको हो । थापा बेनपा १ रत्नेचौर उपल्लाचौर निबासी हुनुहुन्छ । वडा सचिवको रुपमा कार्यरत थापा […]
शान्ति समाजको हिमालय बचाउ, नदी जोगाउँ अभियान
विकल्प न्यूज/बेनी चैत १९ गते । मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउँ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । गोरखाबाट बिहिबार शुरु भएको अभियान अन्तरगत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमुलक ¥याली र कोणसभा भएएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार’ भन्ने मुल नाराका साथ २१ जिल्लामा ‘युद्ध […]
बेनी–जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो
मुस्ताङ । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका टाइमकार्ड हटाइएको छ । बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत रोकेर सडक स्तरोन्नतिको काम गरिँदै आएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले चैते दसैँसम्मका लागि सडकमा […]