समाचार
जलजलामा नेकपा एमालेले ग¥यो उम्मेदवारी दर्ता (फोटोफिचर)
विकल्प न्यूज\जलजला बैशाख १२ गते । नेकपा एमालेले आगमी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयनको दोस्रो दिन पर्वतको जलजला गाउँपालिकाको अध्यक्ष,उपाध्यक्ष,र वडा अध्यक्ष लगायत सदस्यहरुको उम्मेदवारी दर्ता गरेको छ । अध्यक्षमा लालबहादुर अधिकारी र उपाध्यक्षमा सुनिता जिसीले मनोनयन दर्ता गर्नुभएको छ । जलजला ४ स्थित महोनचोकमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा […]
बेनीको मेयरमा एमालेबाट सुरत केसी उम्मेदवार
विकल्प न्यूज\बेनी बैशाख १२ गते । बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट सुरत केसी उम्मेदवार चयन हुनुभएको छ । गण्डकी प्रदेश कमिटीको बैठकले केसीलाई बेनीको मेयरको उम्मेदवार चयन गरेको हो । केसी नेकपा एमाले म्याग्दीका सचिव हुनुहुन्छ । मेयरका लागि एमाले नगर कमिटीले ४ जनाको नाम जिल्ला कमिटीमा पठाएको थियो । जिल्ला कमिटीमा पनि टुङ्गो नलागेपछि […]
नेकपा एमालेबाट जलजलाको अध्यक्षमा लालबहादुर र उपाध्यक्षमा जिसी उम्मेदवार
विकल्प न्यूज\बेनी वैशाख १२ गते । नेकपा एमालेले पर्वतको जलजला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । गण्डकी प्रदेश कमिटीले सोमबार विहान अध्यक्ष पदमा लालबहादुर अधिकारी र उपाध्यक्षमा सुनिता जिसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जलजला २ मल्लाज निवासी अध्यक्षको उम्मेदवार अधिकारी पालिका कमिटीका अध्यक्ष समेत हुनुहुन्छ । भने उपाध्यक्षको उम्मेदवार जिसी […]
एमालेबाट पेमा अधिकारी मंगलामा उपाध्यक्षको उम्मेदवार
विकल्प न्यूज\बेनी वैशाख १२ गते । आसन्न स्थानीयतहको निर्वाचनमा नेकपा एमालेबाट मंगलाको उपाध्यक्षको उम्मेदवारमा पेमा अधिकारीले टिकट पाउनुभएको छ । प्रदेश कमिटीको वैठकले अधिकारीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । अधिकारी नेकपाएमाले मंगला गाउँपालिका कमिटीका उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी जिल्ला कमिटी सदस्यहुनुहुन्छ । उपाध्यक्षका लागि मंगला –२ बाबियाचौर निवासी अधिकारी र हालका […]
एमालेबाट धवलागिरीको अध्यक्षमा पुन र उपाध्यक्षमा कार्कीले पाए उम्मेदवारको टिकट
विकल्प न्यूज\बेनी वैशाख १२ गते । नेकपा एमालेबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुन र उपाध्यक्षमा प्रगति कार्कीले उम्मेदवारको टिकट पाउनुभएको छ । गण्डकी प्रदेश कमिटीले सोमवार बिहान धवलागिरीको उम्मेदवारको टुङ्गो लगाएको हो । अध्यक्षको उम्मेदवार पुन धौलागिरी गाउँपालिकाका बहालवाला अध्यक्ष हुनुहुन्छ । नेकपा एमाले जिल्ला कमिटी उपसचिव समेत रहनुभएका पुन अखिल नेपाल महिला संघ म्याग्दीका […]
पहिलो दिन १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता
११ वैशाख, काठमाडौं । ३० वैशाखको चुनावका लागि मनोनयनको पहिलो दिन देशका बिभिन्न पालिकाका बिभिन्न पदका लागि १० हजार ५३३ उम्मेदवारी जनाको उम्मेदवारी दर्ता भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारी दर्ताको यो प्रारम्भिक तथ्याङ्क हो । आज पहिलो दिन भएकाले धेरैजसो स्थानीय तहमा स्वतन्त्र र साना दलले मात्र उम्मेदवारी दर्ता गरेका […]
मंगलामा माओवादीका तर्फबाट टेकबहादुर विक अध्यक्षको उम्मेदवार
विकल्प न्यूज/बेनी बैशाख ११ गते । बेनी, १० वैशाख । नेकपा (माओवादी केन्द्र)ले यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विकलाई उमेद्वार बनाउने भएको छ । अध्यक्षको उमेद्वारमा छनौट हुनुभएका मंगला गाउँपालिका–४ बुकेनी निवासी विश्वकर्मा नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटिको सहसचिव हुनुहुन्छ । जनयुद्धमा भूमिगत हुनुभएका विश्वकर्मा […]
भुरुङमा मओवादीका वडाअध्यक्षका उम्मेदवारसहित पुरै कमिटी एमालेमा प्रवेश
विकल्प न्यूज\बेनी वैशाख ११ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अन्नपूर्ण गाउँपालिका –२ भुरुङमा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार चयन हुनुभएका ओमप्रसाद फगामी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले अन्नपुर्ण पालिका कमिटीद्वारा पोखरेवगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादीका जिल्ला कमिटी सदस्य एवम् पालिका कमिटी अध्यक्ष समेत रहनुभएका फगामी एमालेमा […]
एमाले जलजलाले ग¥यो प्रतिवद्धता सार्वजनिक
विकल्प न्यूज/जलजला बैशाख ९ गते । नेकपा एमाले जलजला गाउँपालिका पर्वतले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चुनावी प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७४ औं दिवसको अवसर पारेर शुक्रबार नेकपा एमाले जलजला पालिका कमिटीले तयार पारेको प्रतिवद्धता–पत्र सार्वजनिक गरेको हो । जलजलाको विकास र समृद्धिको योजना समेटीएको प्रतिवद्धता –पत्र पार्टीका […]
मालिकामा माओवादीका युवा नेता रेशम जुग्जाली उत्रिए चुनावी मैदानमा
विकल्प न्यूज\बेनी वैशाख ८ गते । नेकपा माओवादी केन्द्र म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उमेद्वार सार्वजनिक गरेको छ । गाउँपालिका, अध्यक्ष, उपाध्यक्ष र सात वटै वडाका अध्यक्षमा सर्वसम्मत उमेद्वार चयन गरेको हो । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक रेशम जुग्जाली (सुविन) र उपाध्यक्षमा गौरी सेञ्चुरीलाई उमेद्वार बनाउने निर्णय […]
काँग्रेस म्याग्दीले ६ वटै स्थानीय तहमा अध्यक्षको उम्मेदवार टुङ्गायो
विकल्प न्यूज\बेनी वैशाख ८ गते । नेपाली काँग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका छ वटै स्थानीय तहको प्रमुख पदका उमेद्वार सर्वसम्मत चयन गरेको छ । बेनी स्थित काँग्रेसको पार्टी कार्यालयमा वसेको जिल्ला कार्यसमितिको बैठकले अन्नपूर्ण, धवलागिरी र रघुगंगा गाउँपालिकाको अध्यक्ष तथा अन्नपूर्णको उपाध्यक्षको उमेद्वार छनौट गरेको हो । चारै जनाको […]
म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
विकल्प न्यूज/बेनी वैशाख ८ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न म्याग्दीको सदरमुकाम बेनीमा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विहिवर जिल्ला अदालतका न्यायाधिश तथा मूख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जिल्ला समन्वय समितिको सभाहलमा राखिएको कार्यालय उद्घाटन गर्नुभएको हो । कार्यालय स्थापना गर्दै मूख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचन […]
म्याग्दीमा काँग्रेसले २८ वडामा अध्यक्षका उम्मेदवार टुंगो लगायो
विकल्प न्यूज/बेनी वैशाख ७ गते । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले २८ वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरु सर्वसम्मत रुपमा चयन गरेको छ । मनोनयन दर्ताको मिति नजिकदैं जाँदा कांग्रेसले जिल्लाभरबाट सर्वसम्मत उम्मेदवार चयन सहित प्रचारप्रसारलाई तिब्रता दिएको जनाएको छ । जिल्लाको कुल ४५ वटा वडाहरुमध्ये बेनी नगरपालिका वडा नं १, ५, ७, मंगला […]
रघुगंगामा उम्मेदवार चयन गर्न काँग्रेसलाई सकस्
विकल्प न्यूज/बेनी वैशाख ७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार छनौंट गर्न काँग्रेसलाई सकस परेको छ । अध्यक्ष र उपाध्यक्षमा धेरै नेताहरुले आकांक्षा देखाएपछि काँग्रेसलाई उम्मेदवार छनौंट गर्न कठिन भएको हो । अध्यक्ष पदका लागि पाँचजना र उपाध्यक्षमा ७ जना आकांक्षी भएपछि गाउँपालिका कार्यसमितिले जिल्लामा आकांक्षीहरुको नाम सिफारिस गरिएको सभापति मनकुमार शेरपुञ्जाले […]
बेनीमा एमालेलाई उम्मेदवार टुंगाउन सकस् काँग्रेस प्रचारमा जुट्यो
विकल्प न्यूज/बेनी वैशाख ६ गते । अघिल्लो स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका हरिकुमार श्रेष्ठले नगरलाई एकफन्को मारेर बेनी झर्दा पनि एमालेले उम्मेदवार टुंगो लगाउन सकेको थिएन । उम्मेदवार दर्ताको दिन विहान मात्रै एमालेले प्रमोद श्रेष्ठलाई उम्मेदवार बनाउने टुंगो लगाएको थियो । यसपाली पनि एमालेले उही नियती दोहोराउने देखिएको छ । […]