एमालेबाट पेमा अधिकारी मंगलामा उपाध्यक्षको उम्मेदवार

विकल्प न्यूज\बेनी
वैशाख १२ गते ।

आसन्न स्थानीयतहको निर्वाचनमा नेकपा एमालेबाट मंगलाको उपाध्यक्षको उम्मेदवारमा पेमा अधिकारीले टिकट पाउनुभएको छ ।
प्रदेश कमिटीको वैठकले अधिकारीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । अधिकारी नेकपाएमाले मंगला गाउँपालिका कमिटीका उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी जिल्ला कमिटी सदस्यहुनुहुन्छ ।

उपाध्यक्षका लागि मंगला –२ बाबियाचौर निवासी अधिकारी र हालका उपाध्यक्ष सृजना केसीको नामपालिका कमिटीले जिल्ला कमिटीमा सिफारिस गरेको थियो । जिल्ला कमिटीमा पनि टुङ्गो नलागेपछि प्रदेश कमिटीमा पठाईएको थियो ।

प्रदेश कमिटीबाट अधिकारीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमाले म्याग्दीका उपसचिवएवम् प्रचार विभागप्रमुख राजकुमार थापाले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्षमा भने बहालवाला अध्यक्ष समेत रहनुभएका सतप्रसाद रोका यस अघिनै सर्वसम्मत रुपमा उम्मेदवार चयन हुनुभएको छ ।