ताजा समाचार:
Search

राष्ट्रिय समाचार

नेपाल जेसीजको उत्कृष्ट यूवा पुरस्कारबाट गायक प्रकाश दुतराज सम्मानित

विकल्प न्यूज/बेनी मंसिर ३० गते । चर्चित म्याग्देली गायक प्रकाश दुतराज नेपाल जेसीजको उत्कृष्ट यूवा पुरस्कारबाट सम्मानित भएका छन् । बुटवल जेसीजको आतिथ्यतामा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको ५० औँ राष्ट्रिय महाधिवेशनको अवसरमा साहित्य , संगीत तथा संस्कृति क्षेत्रतर्फ उत्कृष्ट युवा पुरस्कार २०२३ बाट सम्मान गरिएको हो । गीतसंगीतको माध्यमबाट पहिचान बनाउन सफल म्याग्दीको […]

अमित र विकासको ‘मनकी रानी’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्युज / बेनी मंसिर २८ गते । म्याग्दीका लोक गायक अमित विश्वकर्मा र विकास अनुरागीको पन्चेबाजाको गीत ‘मनकी रानी’ बेनी बजारमा÷गुल्मी बजारमा सार्वजनिक भएको छ । अमित विश्वकर्मा र लोकप्रीय गायीका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा विकास अनुरागी विश्वकर्माको लय र गायक विश्वकर्माको शव्द सृजना रहेको छ । गीतको म्युजिक भिडियो अमित विश्वकर्मा […]

गण्डकीको दोस्रो पञ्चवर्षीय योजनाको म्याग्दीमा सुझाब संकलन

विकल्प न्यूज/बेनी म्याग्दी,मङ्सिर २८ गते । गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनाको लागि म्याग्दीमा सुझाब संकलन गरिएको छ । विहिवार प्रदेश नीति तथा योजना आयोगले सदरमुकाम बेनीमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्वन्धमा सरोकारवालासंग अन्तरक्रिया एवम् छलफल कार्यक्रम मार्फत जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि लगायत सरोकारवालाहरुबाट सुझाब संकलन गरिएको हो । आयोगले […]

बेनी नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटोसहित)

ठाकुरप्रसाद आचार्य म्याग्दी,मङ्सिर २८ गते । म्याग्दीको बेनी नगरपालिमा विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहिवार देखि सुरु भएको छ । विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवर्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले सहभागिता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न […]

पदमार्ग बनाउन गाउँलेले थालेको श्रमदान अभियानमा मन्त्रीको साथ (फोटोसहित)

ठाकुरप्रसाद आचार्य म्याग्दी,मङ्सिर २८ गते । जिल्लाको एक गाउँमा पदमार्ग बनाउन गाउँलेहरुले थालेको अभियानमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले पनि एकदिन श्रमदान गर्नुभएको छ । जिल्लाको रघुगंगा गाउँपालिका २ राखु भगवतिका स्थानीयहरुले गाउँमा पदमार्ग निर्माणका लागि तीन महिना देखि श्रमदान अभियान थालेका छन् । श्रमदान अभियानमा संलग्न भएका गाउँलेहरुलाई […]

अदिभारामा निर्माण हुन लागेको सडक पुल प्रदेश प्रमुख शेरचनद्धारा शिलान्यास

बेनी २७ मङसिर ः म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर–३ र ४ को सिमाना भएर बग्ने रितुङ खोलामा पुुल निर्माण थालिएको छ । गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास कार्यालयले २५ मिटर लामो सडक पुल बनाउन लागेको हो । सवारी साधनसमेत सञ्चालन गर्न सकिने पुलको आज लुुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले […]

सहरमा माग बढेपछि गाउँमा फस्टाउँदै कोदो खेती

विकल्प न्यूज/बेनी मंसिर २७ गते । बेनी नगरपालिका ३ भकिम्लीमा  बारीमा लगाएको कोदो काटदै कृषक । तस्विर ठाकुरप्रसाद आचार्य   म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी तिला बिकले यस वर्ष सात मुरी कोदो घरमा भित्र्याइन् । विगतका वर्षहरुमा खेती गर्ने जाँगर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गरेकी बिकले यस वर्ष भने आफ्ने करिब पाँच रोपनी बारीमा कोदो […]

बालमन्दिर माविमा ३ लाखको अक्षय कोष स्थापना

 विकल्प न्यूज/बेनी मंसिर २७ गते ।  म्याग्दीको बेनी नगरपालिका-८स्थित बालमन्दिर माविमा ३ लाखभन्दा बढीको अक्षय कोष स्थापना गरिएको छ । आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ विद्यालयकी पूर्व प्रधानध्यापक साधना तुलाचनले १ लाख १ हजार, समाजसेवी पूर्णिमा गौचन १ लाख १ हजार र जर्मनी बस्ने पोखराकी सुमित्रा शेरचनले […]

अन्तरमावि हाजिरी जवाफ प्रतियोगितामा वेष्ट प्वाइन्ट प्रथम

विकल्प न्यूज/बेनी मंसिर २७ गते । बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले आफ्नो २० औँ बार्षिक उत्सवका अवसरमा आयोजना गरेको तेस्रो जिल्ला स्तरीय अन्तर मावि रनिङ हाजिरीजवाफ प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवासीय मावि प्रथम भएको छ । त्यस्तै प्रगियोगितामा लिटल गार्डेन एकेडेमी द्धितीय र पोलत्स्य मावि तृतीय भएको लिटल गार्डेनका प्रिन्सिपल दिपक सुवेदीले जानकारी दिनुभयो । […]

भूमि आयोग म्याग्दीः तलब भत्तामा ३८ लाख खर्च उपलब्धी शून्य

नवविकल्प/बेनी मंसिर २७ गते । राष्ट्रिय भूमि आयोग जिल्ला समिति म्याग्दीका पदाधिकारीहरुले सरकारी तलब भत्ता बुझ्ने तर काम भने नगर्ने पाइएको छ । भूमि आयोगमा नियुक्त भएदेखि उनीहरुले मासिक रुपमा ठूलो रकम बुझ्दै आएका छन् । समितिमा अध्यक्ष लगायत तिनजना सदस्यहरु नियुक्त भएको करिब दुईवर्ष हुनलागेको छ । यो अवधिमा समितिको उपलब्धी शून्य जस्तै छ […]

सातौं बागलुङ महोत्सवको तयारी

ठाकुरप्रसाद आचार्य म्याग्दी,मङ्सिर २६ गते । बागलुङमा पुसको दोस्रो साता देखि सुरु हुने सातौं बागलुङ महोत्सवको तयारी थालिएको छ । निजी क्षेत्रको छाता संगठन बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ गते सम्म संचालन हुने महोत्सवले जिल्लाको पर्यटन प्रवर्धन हुने आशा गरिएको छ । महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिने आयोजकले जनाएका […]

बालाचतुर्दशीमा गलेश्वरमा करिब चालिसहजार भक्तजन

ठाकुरप्रसाद आचार्य/बेनी मङ्सिर २६ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वरधाममा बालचतुर्दशी पर्वका अवसरमा करिब चालिस हजार भक्तजनले पूजा आजा र दर्शन गरेका छन् । गलेश्वर शिवालय क्षेत्रविकास कोषले हिजो सोमबार बालाचतुर्दशी पर्वका अवसरमा सवै भन्दा धेरै भक्तजनहरु आएको जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भन्नुभयो, ‘‘बालाचतुर्दशी पर्वका अवसरमा देशभरबाट शिवालय मन्दिरको पूजा […]

बेनीमा पत्रकार महासंघको कार्यालय शुभारम्भ

बेनी, २५ मंसिर ः  बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र त्यहाँ रहेको पुरानो भवन मर्मत गरेर पत्रकार महासंघको कार्यालय स्थापना गरिएको हो । नगरपालिकाले वि.स. […]

बालाचतुर्दशीमा गलेश्वर शिवालयमा शतबीज छर्न भक्तजनको भीड

विकल्प न्यूज/बेनी मंसिर २५ गते । म्याग्दीको गलेश्वर शिवालय मन्दिरमा सोमबार विहानै देखि शसबीज छर्न भक्तजनहरुको भीड लागेकोछ । त्रयोदशीको दिन आइतबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले सोमबार पितृको सद्गतिको कामना गर्दै शतबीज छरे । रातभर जाग्राम बसी भजन, नाचगान गरी बालचतुर्दशीका दिन शतबीज छर्ने गरिन्छ । फाइल तस्विर  

करेन्ट लाग्ने डरले सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी

विकल्प न्यूज/बेनी मंसिर २५ गते ।    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती गरेका छन् । नौ हजार सुन्तलाको बोट […]