अदिभारामा निर्माण हुन लागेको सडक पुल प्रदेश प्रमुख शेरचनद्धारा शिलान्यास

बेनी २७ मङसिर ः

म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर–३ र ४ को सिमाना भएर बग्ने रितुङ खोलामा पुुल निर्माण थालिएको छ ।

गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास कार्यालयले २५ मिटर लामो सडक पुल बनाउन लागेको हो ।
सवारी साधनसमेत सञ्चालन गर्न सकिने पुलको आज लुुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिलन्यास गर्नुभयो । हाल चितवन बसोबास गर्दै आउनुभएका प्रदेश प्रमुख शेरचनको जन्मथलो मालिका गाउँपालिकाको वडा नम्बर–४ ओखरवोट हो ।

शिलन्यासपछि प्रदेश प्रमुख शेरचनले गुणस्तरमा कुनै सम्झौता नगरी निर्धारित समयमै काम पूूरा गर्न निर्माण व्यवसायी र सम्बद्ध कार्यालयका प्राविधिकहरुलाई निर्देशन दिनुभयो । स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुलाई आफ्नो गाउँठाउँमा भित्रिएका योजनाको नियमित अनुगमन, निरीक्षण, सहजीकरण र समन्वय गर्न अनुरोध गर्नुभयो ।

प्रदेश प्रमुख शेरचनले म्याग्दीको बेनी–दरवाङ–सोलेडाँडा–तमानखोला–बुर्तिवाङ सडक स्तरोन्नति गरेर मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बनाउने प्रयास गरेको बताउनुभयो । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा म्याग्दीबाट बुर्तिवाङ जान कम समय लाग्छ ।

अदिभारा दरवाङ–डाडागाउँ–सोलेडाँडा–तमानखोला सडक अन्तरर्गत पर्छ । यो पुलबाट मालिका गाउँपालिकाको –२, ३, ४ नम्बर वडाका साथै बागलुुङको ताराखोला, तमानखोला गाउँपालिका र आसपासका क्षेत्रका वासिन्दा लाभान्वित हुनेछन् ।

पुल निर्माणका लागि बिमए कोण्डा जेभी (जोइन्ट भेञ्चर)सँग गत असोज अन्तिम साता रु. चार करोड दश लाख ८३ हजारमा ठेक्का सम्झौता भएको पूूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुु पौडेलले बताउनुभयो ।

पुुल निर्माणका लागि रु. पाँच करोड चार लाख ३७ हजार लागत अनुुमान गरिएको थियो । सम्झौता भएको १८ महिनाभित्र पुुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण व्यवसायीले पहिलो चरणमा पुलको पिल्लर रहने ठाउँको जग खन्न थालेका छन् ।

यसअघिका दुई आर्थिक वर्षमा वार्षिक योजनामा समावेश भएपनि अदिभाराको पुलका लागि कुल लागत अनुमानको २० प्रतिशत भन्दा बढी बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन भएको थिएन् ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले गत जेठमा बजेटको स्रोत सुनिश्चिता, क्रमागत र बहुबर्षे योजनामा समावेश गरेपछि योजनामा परेको तीन वर्षपछि ठेक्का प्रक्रीया अघि बढेको बताउनुभयो ।

मन्त्री जुग्जालीका अनुुसार प्रदेश सरकारको लगानीमा अदिभारा देखि औला–डाडागाउँ–किटिनी–सोलेडाँडा–तमानखोला सडक स्तरोन्नतिको तयारी भएको छ । चालुु आर्थिक वर्षमा रु. २ करोड बजेट बिनियोजन भएको सो सडकका लागि रु. दश करोड बजेट बराबरको बहुुबर्षिय ठेक्का लगाउन छनौट भएको मन्त्री जुुग्जालीले बताउनुभयो ।

अदिभारकाको पुलको लागि आर्थिक वर्ष २०७८/७९ र चालु आर्थिक वर्ष २०७९/८० मा रु. ५०/५० लाख बिनियोजन भएको थियो । चालुु आर्थिक वर्ष २०८०/०८१ मा रु. एक करोड ५० लाख बिनियोजन भएको छ ।

अदिभारामा मोटरेबल पुल नहुँदा मालिका गाउँपालिकाको वडा नम्बर –२, ३ र ४ नम्बर वडाका बासिन्दालाई पालिकाको केन्द्र दरवाङ आउन जान समस्या भएको थियो । मालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले पुल बनेपछि बाह्ै महिना नियमित यातायात सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

पुुल शिलन्यास कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन, गण्डकी प्रदेशका पुुर्व कृषि तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मन्त्री चन्द्र बहादुुर बुढा (सागर), मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति पुन, वडा नम्बर ४ का अध्यक्ष भिजेन्द्रमान पुुन, कार्यपालिका सदस्य तथा माओवादी केन्द्रका पालिका अध्यक्ष अनुुप गौचन, कार्यपालिका सदस्य देवी पटेल लगायतको उपस्थिति रहेको थियो ।

मालिका गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष उदय बुुढाथोकीले स्वागत गर्नुुभएको कार्यक्रम सञ्चालन वडा नं. ३ का अगुवा लालबहादुुर घतानेले गर्नुभएको थियो ।