बालाचतुर्दशीमा गलेश्वर शिवालयमा शतबीज छर्न भक्तजनको भीड

विकल्प न्यूज/बेनी
मंसिर २५ गते । म्याग्दीको गलेश्वर शिवालय मन्दिरमा सोमबार विहानै देखि शसबीज छर्न भक्तजनहरुको भीड लागेकोछ ।
त्रयोदशीको दिन आइतबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले सोमबार पितृको सद्गतिको कामना गर्दै शतबीज छरे । रातभर जाग्राम बसी भजन, नाचगान गरी बालचतुर्दशीका दिन शतबीज छर्ने गरिन्छ ।

फाइल तस्विर