सातौं बागलुङ महोत्सवको तयारी

ठाकुरप्रसाद आचार्य
म्याग्दी,मङ्सिर २६ गते ।

बागलुङमा पुसको दोस्रो साता देखि सुरु हुने सातौं बागलुङ महोत्सवको तयारी थालिएको छ । निजी क्षेत्रको छाता संगठन बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ गते सम्म संचालन हुने महोत्सवले जिल्लाको पर्यटन प्रवर्धन हुने आशा गरिएको छ । महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिने आयोजकले जनाएका छन् ।

महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । ‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारा तय गरिएको उहाँले बताउनुभयो ।

ADV

महोत्सवले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरण गरी अर्थतन्त्रलाई चलायमान गराउने आशा गरिएको उहाँले बताउनुभयो ।
महोत्सवमा १२० भन्दा बढी स्टलहरुमार्फत राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शन गरिने उहाँले बताउनुभयो । महोत्सव मार्फत आन्तरिक पर्यटकलाई जिल्लामा भिœयाएर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको अध्यक्ष कँडेलले बताउनुभयो ।

महोत्सवका अवसरमा सर्वाधिक राशीको पुरुष भलिबल प्रतियोगिता, खुल्ला नृत्य, दोहोरी गीत लगायतका एक दर्जन प्रतियोगिता आयोजना गरिनेछ । महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुको सांगेतिक प्रस्तुत रहने आयोजकले जनाएका छन् ।