राष्ट्रिय समाचार
८४ औं जन्मोत्सवमा सिद्धार्थ माविलाई आर्थिक सहयोग

विकल्प न्युज / बेनी पुस १० गते । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोट घर भई हाल युके निवासी घनमाया पुन मगरले आफ्नो ८४ औं जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । मङ्गलबार सोही वडा स्थित सिद्धार्थ माविलाई एक लाख रुपैयाँ,उहाँका स्वर्गीय श्रीमान टेकबहादुर पुनको स्मृतिमा एक लाख र स्वर्गीय छोरी चित्रा घर्ती मगरको स्मृतिमा पचास हजार […]
न्यू धौलागिरि सहकारीको २४औं वार्षिक साधारणसभा

विकल्प न्यूज/बेनी म्याग्दी, १० पुस । न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पर्वत बेनीस्थित ज्ञान गौरी रिसोर्टमा मंगलबार सहकारीका एकाई प्रतिनिधिको उपस्थितमा भएको वार्षिक साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले गर्नुभएको थियो । म्याग्दीको जेठो सहकारी रुपमा चिनिएको न्यू धौलागिरीमा ७ हजार १२३ जना […]
कालीगण्डकी नदीको बगर सम्याएर पोखरेबगरमा खेलमैदान निर्माण

विकल्प न्यूज/बेनी पुस १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बगर सम्याएर खेलमैदान निर्माण गरिएको छ । गत कात्तिकमा दसैँको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमले कालीगण्डकी नदी किनारको बगर सम्याएर खेलमैदान बनाइएको हो । कालीगण्डकी युवा क्लब पोखरेबगरका अध्यक्ष रामकृष्ण खड्काले आठ लाख पचास हजार खर्च गरेर खेलमैदान तयार पारिएको जानकारी दिए । ‘पोखरेबगरवासीको […]
अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविले जित्यो

ठाकुरप्रसाद आचार्य म्याग्दी,पुस ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अन्तर मावि स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यामिक विद्यालय नारच्याङले जितेको छ । सोमबार साँझ गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ५ रजत र ६ कास्य सहित २१ पदक जित्दै प्रभा माविले उपाधि हात पारेको हो । प्रभा मावि […]
एलिना चौहान र बसन्त थापाको ‘सुन ठिटा हो’ सार्वजनिक(भिडियो सहित)

विकल्प न्यूज/बेनी पुस ९ गते । चर्चित गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार सुन्दर हमाल युट्युब च्यानलमार्फत सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ । ठुली परि भिर गीतको लोकप्रियता सगैं चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द […]
बेनी नगरमा सात वटा ठुला योजना संचालन

विकल्प न्यूज/बेनी पुस ९ गते । जिल्लाको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा ७ वटा ठुला गौरबका योजना कार्यान्वयनमा लैजान थालेको छ । बेनी नगरले चालु आर्थिक वर्षमा प्राथमिकता दिएका सडक,खानेपानी र विद्यालय भवन निर्माणका लागि उक्त योजनाहरुमा करिब ६ करोड रुपियाँ भन्दा बढी बजेट विनियोजन गरेको छ । नगरपालिकाको पूर्वाधार शाखाका सव–इञ्जिनियर चन्द्रबहादुर […]
श्रमदान जुटाएर कैलाशफाटको खेलमैदान स्तरोन्नति गरिदै

विकल्प न्यूज/बेनी पुस ९ गते । म्याग्दीको मंगला गाउँपालिका–५ कैलाशफाँटमा खेलमैदान निर्माणका लागि श्रमदान अभियान चलाइएको छ । म्याग्दी नदी किनारको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरि सम्माएर बनाइएको खेलमैदानलाई स्तरोन्नति गरि प्रयोग योग्य बनाउन श्रमदान अभियान सञ्चालन भएको हो । जनप्रतिनिधी, स्थानीयबासी, खेलाडी र विद्यार्थीहरुले श्रमदान गरेर खेलमैदान स्तरोन्नति गर्न लागिएको मंगला गाउँपालिका–५ का […]
संघीय खानेपानी आयोजना कार्यालयको काम ः चिठी लेखेर बजेट फिर्ता पठाउने

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज पुस ९ गते । यहाँको एक सरकारी कार्यालय स्थापना भएको तीनवर्ष हुँदा पनि आयोजना कार्यान्वयन हुनसकेका छैनन् । म्याग्दी,बागलुङ र मुस्ताङ जिल्ला कार्यक्षेत्र रहने गरी म्याग्दीको बेनीमा तीनवर्ष अघि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय स्थापना गरिएको थियो । ठूला बजेटका योजना,स्थानीय तहले दश प्रतिशत रकम सुनिश्चिततामा ढिलाई र बहुवर्षीय […]
झीं गाउँमा आयातित मदिरा निषेध!

विकल्प न्यूज\बेनी पुस ७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ । युवाहरु कुलतमा फस्ने र ठूलो धनराशी गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झिं गाउँमा आयातीत मदिरा विक्रि वितरणमा रोक लगाईएको हो । परिक्षणको रुपमा एक बर्ष अघिदेखि लागू गरिएको उक्त नियमका कारण गाउँमा मदिरा भित्रिएर बाहिरिने लाखौँ रुपैयाँ […]
अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विकल्प न्यूज\बेनी म्याग्दी,पुस ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न ११ वटा विद्यालयका तीनसय विद्यार्थी खेलाडीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै […]
जामुनाखर्क माविमा ५ लाखको ‘हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोष’ स्थापना

विकल्प न्यूज/बेनी पुस ६ गते । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ अर्थुङ्गे स्थित जामुनाखर्क माविमा रु ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । बेनपा ६ निवासी समाजसेवी, शिक्षाप्रेमी स्व. हिरा बहादुर बानियाँको स्मृतिमा उहाँका छोराहरु प्रकाश बानियाँ, किरण बानियाँ र सम्पूर्ण परिवारले रु ५ लाखको छात्रवृत्ति कोष स्थापना गर्नुभएको […]
चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण !

म्याग्दी, पुस ५ गते । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, […]
मुना जोड्ने सडक कालोपत्र गछौं – मन्त्री जुग्जाली

विकल्प न्यूज/बेनी पुस ५ गते । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुुग्जालीले म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्र गर्ने तयारी भएको बताउनु भएको छ । धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुुद प्रतियोगिताको शिवाङमा समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री जुुग्जालीले दरवाङ–ताकम–मुना जोड्ने सडक कालोपत्र गर्ने […]
जलजला गाउँपालिकामा भवन निर्माण सुरु

विकल्प न्यूज/बेनी पुस ५ गते । बेनीबजार सँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माण सुरु गरेको छ । भाँडाको घरमा साघुरो र अव्यवस्थित कार्यालयका कारण सेवा प्रवाहमा असहज भएका भन्दै पालिका केन्द्र लामाखेतमै नयाँ भवन निर्माण थालेको हो । भवनको बुधवार पालिका अध्यक्ष राजुप्रसाद आचार्यले शिलान्यास गर्नुभयो […]
हेम माविलाई धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी पुस ५ गते । धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि हेम मावि शिवाङले हात पारेको छ । शिवाङमा बुधबार साँझ सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ वटा कास्य पदक सहित हेम मावि लगातार दोस्रो पटक बिजयी भएको हो । ७ स्वर्ण, ६ रजत र ५ कास्य पदक […]