हेम माविलाई धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी
पुस ५ गते ।


धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि हेम मावि शिवाङले हात पारेको छ ।

शिवाङमा बुधबार साँझ सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ वटा कास्य पदक सहित हेम मावि लगातार दोस्रो पटक बिजयी भएको हो । ७ स्वर्ण, ६ रजत र ५ कास्य पदक सहित ताकम मावि उपबिजेता बनेको छ ।

४ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको धनजनता मावि फलियागाउँ तेस्रो भएको छ । धनजनता मावि पहिलो र दोस्रो प्रतियोगिताको बिजेता हो । छात्र भलिबलतर्फ वुद्धि विकास मावि प्रथम र धनजनता मावि द्धितीय भएका छन् ।

छात्रा भलिबलमा जनजागृति मावि मल्कवाङ बिजेता र हेम मावि उपबिजेता भएका धवलागिरी गाउँपालिकाको शिक्षा शाखाका प्राबिधिक सहायक ख्यामराज सुवेदीले बताउनुभयो । छात्रतर्फ धनजनता माविका सलन पुर्जा र छात्रातर्फ जनजागृतिकी अन्जना छन्त्याल उत्कृष्ट खेलाडी भए ।

एथलेटिक्स तर्फ हेम माविले ११ स्वर्ण, पाँच रजत र ३ कास्य गरि १९ पदक जितेको थियो । ताकम माविले एथलेटिक्समा ७ स्वर्ण, ६ रजत र ५ कास्य सहित १८ पदक जितेर दोस्रो भयो । तितृय भएको धनजनता माविले एथलेटिक्सतर्फ ४ स्वर्ण, ४ रजत र ६ कास्य सहित १४ पदक जित्यो ।

तीन दिनसम्म सञ्चालन भएकोे प्रतियोगितामा एघार वटा विद्यालयले सहभागिता जनाएका थिए । भलिबल र एथलेटिक्स बिधाका वटा खेलमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो । बिजेता विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित रु. साठी हजार नगद पुरस्कार प्रदान गरिएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । द्धितीय चालीस हजार र तृतीयले तीस हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
छात्र र छात्रा भलिबलमा बिजयी ५÷५ हजार र मार्च पासमा उत्कृष्ट भएको जनकल्याण मावि गुर्जाले दश हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

सबै बिधामा स्वर्ण पदक जितेका खेलाडीहरुलाई नगद एक÷एक हजार पुुरस्कार प्रदान गरिएको गाउँपालिकाका लेखा शाखा प्रमुख तिलक शंकर पौडेलले बताउनुभयो । यसअघिको जिल्ला स्तरीय छनौट खेलमा पदक बिजेता खेलाडीहरुलाई नगद रु. २ हजारका दरले पुरस्कृत र दोसल्लो ओढाएर सम्मान गरिएको छ ।

सहभागी विद्यालयलाई सहभागी खेल र संख्याका आधारमा यातायात र सुविधा उपलब्ध गराइएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुुग्जाली, गाउँपालिका उपाध्यक्ष पुन, वडा अध्यक्षहरु भmकबहादुुर छन्त्याल, देवेन्द्र रोका, राजाराम सुुवेदी, अमर छन्त्याल र अशोक खत्री, कार्यपालिका सदस्य नरकुमारी बुढाथोकी, डिलकुमारी बिक लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।