मुना जोड्ने सडक कालोपत्र गछौं – मन्त्री जुग्जाली

विकल्प न्यूज/बेनी
पुस ५ गते ।


गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुुग्जालीले म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्र गर्ने तयारी भएको बताउनु भएको छ ।

धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुुद प्रतियोगिताको शिवाङमा समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री जुुग्जालीले दरवाङ–ताकम–मुना जोड्ने सडक कालोपत्र गर्ने योजना यसै वर्ष शुरु हुुने जानकारी दिनुभयो ।

“दरवाङ देखि धारापानी सम्मको सडक स्तरोन्नतिको अन्तिम चरणमा छ । धारापानी देखि ताकम हुुदै शिवाङ सम्मको सडक कालोपत्र गर्न यसै वर्ष बहुुबर्षीय ठेक्का लगाउन रु. २५ करोड बजेटको स्रोत सुनिश्चितता भएको छ,” उहाँले भन्नुभयो “शिवाङ देखि मच्छिम हुुदै मुना सम्मको सडक कालोपत्र गर्न अर्को प्याकेजको आयोजना शुुरु गर्छौ । मुुना मरेनी हुुदै ढोरपाटन जोड्ने सडकलाई ब्यवस्थित बनाउन पहल गरेका छौ ।”

बेनी देखि दरवाङ–मुुना–जलजला–ढोरपाटन हुुदै पुर्वी रुकुम जोड्ने सडक मध्य पहाडी लोकमार्गको बाग्लुङ खण्ड भन्दा ६५ किलोमिटर छोटो हुने भएकाले वैकल्पिक सडक बनाउन पहल गरिएको मन्त्री जुग्जालीले बताउनुुभयो ।

धवलागिरी गाउँपालिकाको वडा नम्बर १ गुर्जालाई सडक सञ्जालमा जोड्ने संघीय, प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा रु. छ करोडको आयोजनाको ठेक्का आव्हान भइसकेको जानकारी दिनुुभयो । लमसुङ स्थित दरखोलामा मोटरेबल पुल बनाउन रु. एक करोड पचास लाख बिनियोजन भएको र यसै बर्ष ठेक्का लाग्ने बताउनुभयो ।

जलविद्युत आयोजनालाई निर्माण सम्पन्न, धौलागिरि र गुर्जा हिमाललाई पर्यटकीय गन्तब्यको रुपमा विकास गरेर धवलागिरी गाउँपालिकालाई सम्बृद्ध बनाउन सकिने मन्त्री जुग्जालीले बताउनुुभयो ।

ऐतिहाँसिक ताकमकोटलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गराउन र हेम नमुना आवासीय माविलाई थप व्यवस्थित बनाउन प्राथमिकता दिने उहाँले प्रतिवद्धता जनाउनुुभयो । संघीयताका कारण म्याग्दी जस्तो विकट र दुर्गम जिल्ला तथा भूगोलमा विकास तथा सेवामा पहुुँच बढेको मन्त्री जुग्जालीले बताउनुभयो । अहिलेको व्यवस्थालाई सवलीकरण र सुधार गर्नुको विकल्प नभएको उहाँको भनाई थियो ।