ताजा समाचार:
Search

राष्ट्रिय समाचार

लोकदिप सहकारीको पाँचौ बार्षिक साधारणसभा

विकल्प न्यूज/बेनी मंसिर २२ गते ।  सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभाको शनिबार सम्पन्न भएको छ । बेनी नगरपालिका–७ महारानीथानमा आयोजित साधारणसभाका कृषि, पशुपालन तथा अन्य उत्पादनमुखी क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकाले लगानीमा प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो । साधारणसभाको उद्घाटन गदैं सहकारीका सल्लाहकार नैनकुमार श्रेष्ठले सहकारीको सञ्जालमा पहुँचविहिन […]

रुइसे र घोडेपानीमा पूर्वाधार निर्माण गर्न एक करोड

विकल्प न्यूज/बेनी मंसिर २१ गते ।  संघिय सरकारको पर्यटन मन्त्रालयले हालै घोषणा गरेको देशका एक सय गन्तब्य मध्य जिल्लाका दुई पदमार्ग रुईसे–धौलागिरी आईसफल र घोडेपानी–पुनहिल–महरे पदमार्ग सुधार गर्न ५०–५० लाख रुपैया विनियोजन गरेको छ । ‘पुनहिल–महरे र रुईसे–आईसफल पदमार्गको स्तरबृद्धी गर्ने गरी काम गर्न पर्यटन मन्त्रालयले छुट्टाछुट्टै ५०–५० लाख रुपैयाँ विनियोजन भएको छ’ प्रतिनिधी सभा […]

देवीस्थानलाई चिनाउन म्युजिक भिडियो(भिडियोसहित)

विकल्प न्यूज/बेनी मंसिर २१ ग्ते । जिल्लाको पश्चिम मालिका गाउँपालिका ५ देविस्थान गाउँलाई चिनाउन म्युजिक भिडियो तयार पारिएको छ । स्थानीय सूर्यमुखी युवा क्लब घरथोकले म्युजिक भिडियोको निर्माण गरेको हो । देविस्थानको प्राकृतिक, धार्मिक स्थल, कला, संस्कृति र विकास गतिबिधिलाई प्रचारप्रसार गर्नका लागि म्यजिक भिडियो तयार पारिएको क्लबले जनाएको छ । भिडियोमा तारा श्रीस मगरको स्वर, […]

मंगला शिक्षा क्याम्पसमा ५२ सदस्य नेबिसंघ गठन

अनिल पौडेल/विकल्प न्यूज मंसिर २१ गते । नेपाल बिद्यार्थी संघ म्याग्दीले आफ्नो संगठन बिस्तार अभियानलाई तिव्र बनाएको छ । आज म्याग्दीको मंगला गाउँपालिकाको केन्द्रमा रहेको मंगला शिक्षा क्याम्पसमा प्रकाश सापकोटाको सभापतित्वमा ५२ सदस्य नेबिसंघ गठन गरिएको नेबिसंघ म्याग्दी बहुमुखी क्याम्पस इकाईका सचिव हरिकृष्णा आचार्यले जानकारी दिएका छन । कार्य समितिको उपाध्यक्षमा संञ्जिता कार्की,बिकास ठकुरी सचिव […]

निर्मलाको हत्या गरेको प्रदीप रावलको साविती बयान

काठमडौं : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन्। केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेका हुन्। गएराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको सीआईबी स्रोतले बताएको छ। सीआईबीले रावलसँग गएराति १० बजेदेखि […]

गलेश्वरमा शतबीज छर्न भक्तजनको घुइँचो

विकल्प न्यूज/बेनी मंसिर २० गते । बालाचतुर्दशीकै अवसरमा म्याग्दीको गलेश्वरमा पनि शतबीज छर्न भक्तजनको घुइँचो लाग्यो । द्वापरयुगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबिज छर्न हजारौं भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरीका बिउ छर्ने प्रचलन […]

नकुल ढकाल र प्रिती आले बिच उखान युद्ध (भिडियो सहित)

विकल्प न्यूज/बेनी मंसिर २० गते । नबोदित गायक नकुल ढकालले दोहोरी ब्याटल उखान युद्ध नामक गीति एल्बम स्रोता माझ ल्याएका हुन । रेकर्डहुदै छायांकन सम्म आउदा चर्चाको शिखरमा रहेको उक्त गीतमा बहुचर्चित गायिका प्रिती आलेको आवाज रहेको छ। झट्ट सुन्दा प्रधानमन्त्रीलाइ व्यंग्य गरेजस्तो लागे पनि भित्री रहस्य फरक छ । ढकालले दर्जनौ चर्चित उखान टुक्का […]

गाउँपालिका अध्यक्ष रोकाद्वारा विद्यालयलाई साढे तिनलाख सहयोग

विकल्प न्यूज/बेनी मंगला,१८ मंसिर ।म्याग्दीको मंगला गाउँपालिका–५ सिर्मुनमा रहेको किसानी आधारभुत विद्यालयको निर्माण गरिएको दुईकोठे भवनको मंगलबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले भवनको उदघाटन गर्नुभयो । विद्यालयमा भवन अभावले सानो कक्षा कोठामा पढ्नुपर्ने बाध्यता सो भवन निर्माणले हटेको विद्यालयका प्रअ रेशम सापकोटाले बताउनुभयो । तत्कालिन जिल्ला शिक्षा कार्यालय म्याग्दीले […]

घलेम्दी हाइड्रोको साढे १५ करोडको आईपिओ स्वीकृत

विकल्प न्यूज/बेनी मंसिर १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित घलेम्दीखोला जलविद्युत आयोजना ९न्ज्ी० को १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको आईपिओ धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । मंसिर १६ गते आइतबार कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेर अवितरित भएको ४ लाख ५५ हजार ७७० कित्ता सहित १५ लाख ५५ हजार ७७० […]

कुहुँमा लैङ्गिक हिंसा विरुद्व सचेतनामुलक कार्यक्रम

विकल्प न्यूज/बेनी मंसिर १८ गते । म्याग्दीको मंगला गाउँपालिका– १ कुहुँमा सोमबार लैङ्गिक हिंसा विरुद्वको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिकाको आयोजनमा भएको सो कार्यक्रममा स्थानीय आमा समुह, युवा क्लब, सहकारी, संघ संस्थाका प्रतिनिधि, विद्यार्थी र स्थानीयबासीलाई महिला हिंसा न्युनीकरणबारे सहजीकरण गरिएको थियो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत आयोजित सो कार्यक्रममा […]

योजना कार्यान्वयनको तयारीमा जुट्दै धौलागिरी

गोपाल आचार्य /विकल्प न्यूज मङसिर १८ गते । धौलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट बिनियोजन गरेको योजना तथा कार्यान्वयनको तयारी जुटेको छ । बस्ती स्तरमा आमभेला गरि उपभोक्ता समिति गठनलाई तिब्रता दिनुका साथै योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । वडा नं ७ ताकममा गठन भएका उपभोक्ता समितिका पदाधीकारी र […]

म्याग्दी उद्वार समिति बहराइनद्वारा शान्ति कोषलाई १७ लाख सहयोग

विकल्प न्यूज/बेनी मंसिर १८ गते । प्रवासी म्याग्देलीहरुको संस्था म्याग्दी उद्वार समिति बहराइनले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई १७ लाख रुपियाँ सहयोग गरेको छ । विपन्न र आर्थिक अवस्था कमजोर जिल्लावासीको श्वास्थ्य उपचारमा सहयोग गर्न कोषले स्थापना गरेको अक्षयकोषलाई उद्धार समिति बहराईनले १७ लाख १ हजार २ सय ९५ रुपैयाँ सहयोग गरेको हो । ओमकुमारी शान्ति […]

बागलुङमा कोदो फलाउने किसानलार्इ पुरस्कार दिइने

१७ मङ्सिर, बागलुङ ।कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ । सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख वजेट छुट्याएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताए […]

पोखरेबगर–चित्रे सडक कालोपत्रे योजनाको शिलान्यास(फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर १६ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे ग्रामिण सडक स्तरउन्नती योजना सुरु गरिएको छ । पोखरेबगर–घार–खिवाङ–शिख हुँदै चित्र सम्म साढे १८ किलोमिटर सडक स्तरउन्नती सहित कालोपत्रे गर्ने योजनाको प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले आइतवार पुजापाठ गरेर शिलान्यास गर्नुभएको हो । सडक शिलान्यास पछि आयोजित कार्यक्रममा सांसद थापाले सडक निर्माण पछि यस […]

सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन पुसमा

विकल्प न्यूज/बेनी मंसिर १४ गते । सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन आगामी पुस ८ देखि १० गते सम्म काठमाडौँमा हुने भएको छ । गत भदौ १ गतेबाट लागू भएको मुलुकी संहिता कार्यान्वयनमा केन्द्रित रहेर दोस्रो सम्मेलन गर्न लागिएको सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता कृष्णराज पन्तले जानकारी दिनुभयो । सरकारी वकिल कार्यालयले शुक्रवार पत्रकार सम्मेलनको आयोजना […]