विकल्प न्यूज/बेनी
मंसिर २० गते । बालाचतुर्दशीकै अवसरमा म्याग्दीको गलेश्वरमा पनि शतबीज छर्न भक्तजनको घुइँचो लाग्यो । द्वापरयुगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबिज छर्न हजारौं भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो ।
कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरीका बिउ छर्ने प्रचलन छ ।
यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला जस्ता फलका साथै विभिन्न किसिमका फूल मिश्रण गरिन्छ ।