राष्ट्रिय समाचार
आज कुशे औँसी, पिताको आशीर्वाद लिइँदै
सरोज आचार्य/ यलु जोशी काठमाडौँ, भदौ १३ गते । ‘पितृदेवो भव’ अर्थात् पितालाई देवता समान मान्ने धार्मिक मान्यताका आधारमा शुक्रबार छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । भाद्र कृष्ण औँसीका दिन जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले स्वास्थ्य अनुकूलको मिठाई, फलफूल, वस्त्र तथा सक्नेले मणि माणिक्य प्रदान गरेर बाबुको अनुहार हेर्ने गरिन्छ । दिवङ्गत पिताप्रति […]
दिउँसो टोक्ने लामखुट्टेबाट सर्तक हुन आग्रह
बिबिसी । लामखुट्ट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग काठमाण्डू उपत्यकासहित मुलुकका विभिन्न स्थानमा देखा परेको छ। डेङ्गी भाइरसका कारण हुने उक्त रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने धारणा जनस्वास्थ्यविज्ञहरूले राखेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो विवरणअनुसार काठमाण्डूमा मात्र करिब एक दर्जन व्यक्ति उक्त रोगबाट सङ्क्रमित भएका छन्। तर यो विवरण राजधानीका केही […]
६ करोडको लगानीमा ‘हरियाली मोडल’को कृषि फार्म
सन्तोष गौतम/विकल्प न्यूज भदौं ११ गते । म्याग्दीमा नयाँ मोडल (अवधारणा)को कृषि फार्म सञ्चालन भएको छ । खण्डीकृत जग्गालाई चक्लाबन्दी गरेर कम्पनीको अगुवाइमा समुहकृत पद्धतिमा व्यवसायिक रुपमा तरकारी खेती, माछा, कुखुरा र माहुरीपालन सुरु गरिएको हो । कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो अवधारणलाई ‘हरियाली मोडल’ नाम दिइएको छ […]
समाजवादको सपना ः सार्वजनिक शिक्षाको हुर्मत
देवीप्रसाद शर्मा /विकल्प न्यूज भदौं ११ गते । ‘समाजवाद’ वर्तमान नेपालको जल्दोबल्दो नारा हो । जपना हो । राजनीतिधर्मीको । नयाँ व्यवस्थाका पक्षधरहरुको । प्रगतिवादीहरुको । वर्षौंअघिदेखिको एउटा व्यवस्था अन्त्य भएपश्चात् बनेको संविधानले नै समाजवादउन्मुख नेपालको परिकल्पना गरेदेखि यो नारा अब सीमित व्यक्तिको मात्र पनि रहेन । यो त नेपाली समाजको नारा बनिसक्यो । सबै […]
रवि लामिछाने धरौटीमा रिहा
विकल्प न्युज काठमाडौँ,भदौ ९ गते । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस […]
बुद्ध एकेडेमीमा तारामण्डल प्रर्दशन
विकल्प न्यूज/बेनी भदौं ९ गते । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा रहेको बुद्ध एकेडेमीमा तारामण्डल प्रर्दशन गरिएको छ । विद्यार्थीहरुलाई खगोल शास्त्रको रोचक तथा प्रयोगात्मक सिकाइलाई प्रभावकारी बनाउन बेलुन भित्र तारमण्डल प्रर्दशन गरिएको हो । कक्षा १ देखि १० सम्मका विद्यार्थीले तारामण्डल अवलोकन गरेका थिए । विद्यालयको आयोजना तथा इस्पेश साईन्स एण्ड पलानटेरियमका राजेश नेपाली […]
अख्तियारको छानविनमा खेलकुद विकास समिति म्याग्दी
साधन राम्जाली /विकल्प न्यूज म्याग्दी,शुक्रबार भदौ ६ गते । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको छानविनमा खेलकुद विकास समिति परको छ । खेलकुद विकास समितिमा आर्थिक अनियमितता भएका भन्दै अख्तियारमा बेनामी उजुरी परेपछि आयोगले छानविन थालेको हो । खेलकुद विकास समितिले सामान खरिदमा आर्थिक हिनामिना गरेको र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयव्यय सार्वजनिक नगरेको भन्दै बेनामी उजुरी परेकाले […]
पर्वतको खुर्कोटमा पहिरो जाँदा एकजनाको मृत्यु
विकल्प न्यूज/पर्वत भदौं ५ गते । पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोले घर पुरिँदा एक जना बृद्धको ज्यान गएको छ । गएराति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो । राती घरमा सुतेको अवस्थामा घर भत्किएकाले चालिसेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । […]
बेनीको न्यूरोडमा ढकमक्क फूल (भिडियो सहित)
विकल्प न्यूज/बेनी भदौं ५ गते । बेनीको न्यूरोड स्थित विजुलीका पोलमा राखिएका गमलाहरुमा यतिखेर विभिन्न प्रजातीका फुलका विरुवाहरु हुर्किदै छन् । केहीमा भर्खर कोपिला फक्रिन थालेका छन् । कुनै ढकमक्क फुलिसकेका छन् । फुलले बजारलाई हराभरा बनाई सुन्दरता बढाउन विजुलीका पोलहरुमा गमला राखेर फुलका विरुवाहरु रोप्न थालिएको हो । बेनी नगरपालिका ८ को सहयोगमा युवाहरुले […]
जलजलाको माझफाँटमा नेकपाको प्रशिक्षण सम्पन्न
विकल्प न्यूज/जलजला भदौं १ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिकाको २,३ र ४ नम्बर वडा कमिटीका पदाधिकारी र सदस्यहरुले संयुक्त रुपमा सपथ लिएका छन् । जलजलाको मल्लाजमा आयोजित सपथग्रहण तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपाका पर्वत इन्चार्ज गुप्तबहादुर हमाल र अध्यक्ष पदम गिरीले सपथ गराउनुभएको हो । सपथ पछि पार्टी कार्यकर्तालाई प्रशिक्षण दिनुहुँदै पार्टीका केन्द्रिय […]
मंगलाका चार युवाले सुरु गरे सामूहिक तरकारी खेती (भिडियोसहित)
ठाकुरप्रसाद आचार्य/बेनी साउन ३२ गते । मंगला गाउँपालिका २ कोत्रबाङका चार युवाहरु मिलेर सामूहिक तरकारी खेती सुरु गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले गाउँमा जग्गा भाडामा लिएर व्यवसायिक आर्गानिक तरकारी उत्पादन गर्न थालेका हुन । गाउँमा संभावना नदेखेर वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर नै चलेका समयमा कोत्रवाङका युवाहरु वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरेको व्यवसायले […]
बेनपा २ का वडाअध्यक्ष माथि भएको दुव्र्यवहारको वडा कमिटीद्धारा खेदप्रकट
विकल्प न्यूज/बेनी साउन ३१ गते । नेपाल कम्युनिष्ट(नेकपा) पार्टी बेनी नगरपालिका २ नम्बर वडा कमिटी ज्यामरुककोटले विहिवार विहान वडा अध्यक्ष हिरा बहादुर थापा प्रति भएको अपमानजनक व्यवहारको खेद प्रकट गरेको छ । वडा कमिटीका अध्यक्ष कृष्णबहादुर कार्कीले अध्यक्ष थापामाथि विप्लव समुहका कार्यकर्ताले वडा कार्यालयमा जनताको काम गरिरहेका समयमा आक्रमण गर्नु अपमानजनक कार्य भएको बताउनुभयो । जनताद्धारा […]
दिवङ्गत आफन्तको संझनामा बेनीमा गाईजात्रा (भिडियो सहित)
विकल्प न्यूज/बेनी साउन ३१ गते । सदरमुकाम बेनीका नेवार समुदायले दिवङ्गत आफन्तको सम्झनामा बेनीबजारमा गाइजात्रा मनाएका छन् । नेपाल भाषा मंका खलको आयोजनामा सामूहिक रुपमा गाइजा मनाइएको हो । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको जैनै पूर्णिमाको भोलीपल्ट गाईजात्रा निकाल्ने गरिन्छ । नागानागीनी गीत सहित गाई, कुमारी कन्या र प्रतिकात्मक रुपमा […]
दरबाङ – म्याग्दीखोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माण तिव्र
विकल्प न्यूज/बेनी साउन ३१ गते । पश्चिम म्याग्दीमा निर्माणधिन २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माण तिव्र पारिएको छ । धौलागिरि कालिका हाइड्रो कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको मालिका गाउँपालिकाको दुखुबेसीमा रहने आउटलेट र बाधस्थलमा अडिट टनेल बनाउनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण तिव्र पारेको हो । आयोजनाले दुवैतर्फ उपकरण र मजदुरहरु प्रयोग गरेर […]
रवि लामिछाने पक्राउ
३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले […]