बेनपा २ का वडाअध्यक्ष माथि भएको दुव्र्यवहारको वडा कमिटीद्धारा खेदप्रकट

विकल्प न्यूज/बेनी
साउन ३१ गते । नेपाल कम्युनिष्ट(नेकपा)  पार्टी बेनी नगरपालिका २ नम्बर वडा कमिटी ज्यामरुककोटले विहिवार विहान वडा अध्यक्ष हिरा बहादुर थापा प्रति भएको अपमानजनक व्यवहारको खेद प्रकट गरेको छ ।

वडा कमिटीका अध्यक्ष कृष्णबहादुर कार्कीले अध्यक्ष थापामाथि विप्लव समुहका कार्यकर्ताले वडा कार्यालयमा जनताको काम गरिरहेका समयमा आक्रमण गर्नु अपमानजनक कार्य भएको बताउनुभयो ।

जनताद्धारा निर्वाचित जनप्रतिनिधिलाई हतोसाहित बनाउने हिसावले भएको कार्यलाई वडा कमिटीका तर्फबाट निन्दा एवम् भत्र्सना गर्दछौं वडा कमिटीका अध्यक्ष कार्कीले भन्नुभयो, ‘विप्लव समुहको अराजनीतिक गतिविधिको डटेर सामना गर्दछौं ।’ आगमी दिनमा पनि यस्ता क्रियाकलापहरु दोहोरिन गए शसक्त प्रतिकार गर्ने चेतावनी समेत उहाँले दिनुभयो ।

जनताको सेवामा समर्पीत अध्यक्ष थापालाई लगाइएको आरोपको पुष्टी गरेर देखाउन समेत उहाँले विप्लव समुहलाई चेतावनी दिनुभयो ।

विहिवार विहान १० बजे वडा कार्यालयमा जनताको काम गरिरहेका समयमा चारजना विप्लव समुहका कार्यक्रर्ताहरु आएर अध्यक्ष थापा माथि आक्रमण गर्नुका साथै अपमानजनक व्यवहार गरेका थिए ।