जलजलाको माझफाँटमा नेकपाको प्रशिक्षण सम्पन्न

विकल्प न्यूज/जलजला
भदौं १ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिकाको २,३ र ४ नम्बर वडा कमिटीका पदाधिकारी र सदस्यहरुले संयुक्त रुपमा सपथ लिएका छन् । जलजलाको मल्लाजमा आयोजित सपथग्रहण तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपाका पर्वत इन्चार्ज गुप्तबहादुर हमाल र अध्यक्ष पदम गिरीले सपथ गराउनुभएको हो ।

सपथ पछि पार्टी कार्यकर्तालाई प्रशिक्षण दिनुहुँदै पार्टीका केन्द्रिय सदस्य तथा पर्वत इन्चाज हमालले पार्टी एकताको अधिकांश काम सकिएकाले अव संगठन निर्माणले गतिलिने बताउनुभयो । उहाँले पार्टीले लिएको नीति तथा कार्यक्रमलाई दृढतापूर्वक कार्यान्वयन गर्न कार्यकर्तालाई निर्देशन गर्नुभयो ।देशको विकास र समृद्धिका लागि दुइ ठूला कम्युनिष्ट पार्टीहरु एकताबद्ध भएको बताउँदै इन्चार्ज हमाले भन्नुभयो, ‘सरकारले ल्याएको नीति,कार्यक्रम र योजनालाई सफल रुपमा कार्यान्वनय गर्न जुट्नुपर्दछ ।’एकतालाई बलियो बनाउन सम्पूर्ण कार्यकर्ताहरु एकताबद्ध भएर मैदानमा उत्रिन उहाँले आग्रह गर्नुभयो । जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद पदम गिरीले पार्टी एकतावद्ध भएर जनताका सामु आएको बताउनुभयो । विचार र संगठनमा पार्टी एकढिक्का भएको बताउँदै सांसद गिरिले भन्नुभयो ‘एकताको सन्देशलाई जनताका माझ लैजानुपर्दछ ।’ पार्टी एकताका महत्पूर्ण कामहरु केन्द्रिय सचिवालयले टुंगो लगाइसकेकाले अव उर्जाशिल भएर पार्टी संगठन निर्माणका लागि जुट्न उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पर्वतमा अव विकासको लहर आउने बताउँदै उहाँले पर्वतका ग्रामिण सडकहरु कालोपत्रे गर्ने योजनाका साथ अघि बढेको बताउनुभयो । जलजलाका ग्रामिण सडकहरु आगमी तिनवर्ष भित्र कालोपत्रे गरिसक्ने उहाँले दावी गर्नुभयो ।

पर्वतका जनप्रतिनिधिहरु सवै एकताबद्ध भएर पर्वतको विकास र समृद्धिका लागि लागेको उहाँको भनाई थियो । विकासले फड्को मार्ने गरी काम अगाडि बढेकाले शिर ठाडो बनाएर अघि बढ्न कार्यकर्ताहरुलाई सांसद गिरीले आग्रह गर्नुभयो । जलजला गाउँपालिकाले निश्चित व्यक्तिहरुको स्वार्थपुर्ति गर्नका लागि काम गरिरहेको बताउनुभयो । निर्वाचन जितेकाहरुले जलजलाको विकास र समृद्धिका लागि काम गर्न नसकेको उहाँले बताउनुभयो । https://www.youtube.com/watch?v=Z_4BygHcCqQ

कार्यक्रममा प्रदेश कमिटी सदस्य मेघनाथ शर्मा, जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेल,सचिब सुदिप कुँबर, जिल्ला सदस्य बाबुराम कार्की,लाल बहादुर अधिकारी,टुंगनाथ शर्मा,जलजला गाउँकमिटी अध्यक्ष दिपक आचार्य, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तथा मोदी गाउँपालिका ६ का वडा अध्यक्ष बिमल लामिछाने, जलजलाका कार्यालय सचिव नरेन्द्र थापाले ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

४ नम्बर वडा कमिटि अध्यक्ष टेकबहादुर जिसी अध्यक्षता, २ नम्बर वडा कमिटीका अध्यक्ष योगेन्द्र खत्रीको स्वागत र ३ नम्बर वडा कमिटी अध्यक्ष हेमकुमारी अधिकारीको संचालनमा सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । प्रत्येक वडामा २९ सदस्य वडा कमिटी गठन भएको ३ नम्बर वडाकमिटीका सचिव रविन जिसीले बताउनुभयो ।