ताजा समाचार:
Search

राष्ट्रिय समाचार

जलजला गाउँपालिकामा बुझायो नेकपाले ज्ञापन–पत्र

साजन परियार/जलजला माघ ६ गते ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जलजला गाउँपालिका कमिटिले जलजला गाउँपालिकाको कार्यालय लामाखेत पर्वतमा सोमबार ज्ञापन –पत्र बुझाएको छ । पार्टीको पालिका कमिटि अध्यक्ष दिपक आचार्य सहितको टोलीले गाउँपालिका उपाध्यक्ष सिमा गर्बुजालाई ज्ञापन – पत्र बुझाएको हो । गाउँपालिकाबाट प्रवाह हुने सेवाप्रवाह,विकास निर्माण र जनताको सरोकारका विषयहरुलाई समेटेर ज्ञापनपत्र बुझाएको पालिका कमिटि अध्यक्ष […]

गलेश्वरमा निर्माण हुने सामुदायिक भवनको सांसद थापाद्धारा शिलान्यास

विकल्प न्यूज/बेनी माघ ४ गते ।   जिल्लाको पवित्र धार्मिक स्थल गलेश्वरधाममा सामुदायिक भवन निर्माण सुरु गरिएको छ । शनिबार प्रतिनिधिसभाका सांसद भुपेन्द्र वहादुर थापाले भवनको शिलान्यास गर्नुभएको छ । चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले उपलब्ध गराएको ५० लाख रुपैयाँबाट नयाँ सामुदायिक भवन निर्माण गर्न लागिएको हो । बेनी नगरपालिका मार्फत कार्यान्वयन […]

मोना हङकङ महिला विभागद्धारा म्याग्दीका ६ जना अनाथ विद्यार्थीलाई आर्थिक सहयोग

विकल्प न्यूज/बेनी माघ ४ गते ।     म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ) महिला विभागद्धारा अनाथ,गरिब र विपन्न परिवारका ६ जना बालबालिकाहरुलाई शनिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर जनही ५५ हजार पाँचसय ५५ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । हरितालिका तिज २०७६ को अवसरमा महिला विभागद्धारा हङकङमा गरेको तिज विशेष कार्यक्रमका अवसरमा संकलन भएको तिनलाख […]

मोना हङकङ ट्रष्टद्धारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय पुरस्कृत

विकल्प न्यूज/बेनी माघ ४ गते । म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङले स्थापना गरेको मोना हङकङ ट्रष्ट फण्डद्धारा २०७४ र २०७५ सालको एसईई परिक्षामा सहभागि भई उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका छात्रछात्रा र उनीहरुले अध्ययन गरेको विद्यालयलाई पुरस्कृत गरेको छ । शनिबार मोना हङकङ ट्रष्ट फण्डद्धारा बेनीमा आयोजित कार्यक्रम विच प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र […]

उपसभामुखको राजिनामा आउँछ ः प्रवक्ता श्रेष्ठ

ठाकुरप्रसाद आचार्य/बेनी माघ ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६ गते वस्ने संघीय संसदको वैठकले सभामुख निर्वाचन प्रक्रिया सुरु गर्ने बताउनुभएको छ । शनिबार विहान बेनीमा प्रेस संगठन नेपाल म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले अव पनि सूचना टाँस गरेर संसद वैठक स्थगित हुने वातावरण नहुँने […]

बहस ः सार्वजनिक यातायातमा अन्याय पूर्ण व्यवहार !

शान्ति बस्नेत /विकल्प न्यूज माघ ३ गते । बहस भन्ने शव्द भन्ने वित्तिकै त सम्माननीय अदालतमा मात्र प्रयोग हुने शव्द भन्ने हामी जो कोहीलाई भान हुन सक्छ त्यो हुन स्वाभावि कै रुपमा पनि हो तर आज विषय वस्तु प्रवेश गराउँदा मैले अदालतबाट शव्दलाई सापटी लिई आम नेपाली मानिसहरुको दैनीकीसंग जोडिएको बसको यात्रालाई बहस मार्फत कलमले […]

मंगलामा करिब ८ करोड भन्दा वढीका योजना कार्यान्वयनको तयारीमा

विकल्प न्यूज/बेनी पुस २ गते । जिल्लाको मंगला गाउँपालिकामा संघ,प्रदेश र गाउँपालिकाका गरी करिब ८ करोड भन्दा वढीका ठूला योजना कार्यान्वयनको तयारीमा रहेका छन् । चालु आर्थिक वर्षमा मंगलामा संघीय सरकारको समपुरक बजेट,प्रदेशको सर्सत अनुदान,स्थानीय पूर्वाधार विकास कार्यक्रम र गाउँपालिका गरी पूर्वाधार विकासमा ७ करोड ७६ लाख विनियोजन भएको छ । पोक सातविशे बंरजा सडकका लागि […]

म्याग्दीका स्थानीय तहमा योजना कार्यान्वयन तिव्र

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज माघ २ गते जिल्लाका स्थानीय तहहरु चालु अािर्थक वर्षमा विनियोजन गरेका विकास योजनाहरुको कार्यान्वनयमा जुटेका छन् । दोस्रो चौमासिक सुरु भएसँगै स्थानीय तहहरुमा योजना कार्यान्वनयले तिव्रता पाउन थालेको हो । एक नगरपालिका सहित ६ वटा स्थानीय तहमा चालु आर्थिक वर्षमा पूर्वाधार तर्फका साना ठूला गरी करिब एकहजार भन्दा वढी योजनाहरु सञ्चालित छन् […]

बेनीमा माघेसंक्रान्ति मेला ः २५ तस्विर र भिडियोमा हेर्नुहोस

विकल्प न्यूज/बेनी पुस २९ गते ।       बेनीमा मंगलबार देखि माघे संक्रान्ति मेलाको आयोजना गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले बेनीको खुल्ला मञ्चमा दुईदिने मेलाको आयोजना गरेको हो । मेलाको गण्डकी प्रदेश सभाका सांसद विनोद केसीले उद्घाटन गर्नुभएको छ । मेलाको उद्घाटन पूर्व विभिन्न जातजातिका झाँकी,बाजागाजा र भेषभुषा […]

अनेरास्ववियूद्धारा शैक्षिक सामाग्री वितरण

सन्दिप शर्मा/विकल्प न्यूज पुस २८ गते । नेपाल कम्युष्टि पार्टी ( नेकपा ) निकट विद्यार्थिहरुको संगठन अनेरास्ववियू म्याग्दीले शैक्षिक सामाग्री वितरण गरेको छ । मंगला गाउपालिका १ पैयुपाटामा रहेको नरसिंङ आधारभुत विद्यालयमा अध्ययन गर्ने ५३ जना विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण गरिएको अनेरास्ववियू म्याग्दीका नेता जनक सुनामले बताउनु भयो । कार्यक्रममा बोल्दै अनेरास्ववियू म्याग्दीका नेता सुवास […]

नेकपा म्याग्दीका जिल्ला सेक्रेटरी हतियार सहित पक्राउ

विकल्प न्यूज/बेनी पुस २८ गते ।  सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटी म्याग्दीका जिल्ला सेक्रेटरी रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–२ ज्यामरुकोट स्थित निजकै घरबाट दुई थान हतियार सहित सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गएराति सापकोटा घरमा आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड ः दोस्रो दिनसम्म नौ खेलको फाइनल

गोपाल आचार्य /विकल्प न्यूज ताकम, २७ पुष । धवलागिरी गाउपालिका–७ ताकममा सञ्चालित अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म नौ वटा खेलको फाइनल भएको छ । एथलेटिक्स तर्फका नौ वटा खेलको फाइनल हुदा ताकम मावि तीन, किसानी मावि दुई, हेम मावि दूई, धनजनता मावि एक र जनकल्याण मावि ले एक […]

घरविहिन विपन्न दलित समुदायले आवास बनाउन अनुदान पाउने

विकल्प न्यूज/बेनी पुस २७ गते । गण्डकी प्रदेश सरकारले आवास बिहिन विपन्न दलित समुदायलाई घर बनाउन अनुदान दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तगतको सहरी विकास तथा भवन कार्यालय बागलुङले आवास बिहिनको पहिचान गरि घर निर्माणमा सघाउने प्रक्रिया सुरु गरेको हो । जनता आवास जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष समेत रहेका प्रदेश सांसद बिनोद […]

ताकममा धवलागिरी गाउपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

विकल्प न्यूज/बेनी पुस २७ गते ।    म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकममा शनिबार देखि अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । धवलागिरी गाउपालिकाको आयोजनामा भएको प्रतियोगितामा दश वटा विद्यालयका तीन सय जना भन्दा बढी खेलाडीहरु सहभागि भएका छन् । छात्र, छात्रा एथलेटिक्स र भलिबल बिधामा २८ वटा खेल खेलाइने भएको […]

लालिगुराँस महिला विकास सहकारीको १३ औं साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी पुस २६ गते ।   बेनी नगरपालिका ३ भकिम्लीमा रहेको लालीगुराँस महिला विकास वहुउद्देयीय सहकारी संस्था लिमिटेढको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले देउकली पुनको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्ष चन्द्रकली पुन,सचिव गीता सुवेदी,कोषाध्यक्ष जमुना रोका,सहसचिव खिमा पुन चयन भएका छन् । यसै गरी […]