उच्च मनोबलका साथ कोरोना भाइरस विरुद्धको लडाईमा जुट्नुहोस ः मुख्यमन्त्री गुरुङ (भिडियो)

विकल्प न्यूज/बेनी
चैत २८ गते ।   गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उच्च मनोबलका साथ कोरोना भाइरसका विरुद्ध जुट्न अनुरोध गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई पूर्णरुपमा पालना गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

शुक्रबार कोरोना भाइरस रोकथामका लागि भइरहेका प्रयासहरुको जानकारी लिन बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले जिल्ला स्थित राजनीतिकदल, सांसद,स्थानीय तहका जनप्रतिनिधि र सुरक्षाकर्मी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँगको भेटघाटमा मुख्यमन्त्री गुरुङले प्रदेशलाई कोरोनाबाट मुक्त गर्न सरकारले सवै रणनीति अख्तियार गरेको बताउनुभयो ।

कोरोना भाइरस विरुद्धको अभियानमा म्याग्दीले अपनाएको शैली प्रदेशमै नमुना र उदाहरणीय भएको उहाँले बताउनुभयो ।