काठमाडौ निवासी मुना थापाले म्याग्दीका स्वास्थ्यकर्मी लाई पिपिई सहयाेग

विकल्प न्युज / बेनि

चैत २७ गते । 
म्याग्दीमा कोरोना रोकथाममा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काठमाण्डौबाट एक महिलाले निजि खर्चमा १० थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) सहयोग गरेकी छन्।

विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लवमा आवद्ध मुना थापाले कोरोना बिरुद्धको जोखिमलाई मध्यनजर गरी लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि वान नेपालका डिस्ट्रिक चिप एड्भाइजर लायन चन्द्रकुमार केसीमार्फत प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई हस्तान्तर गरिएको छ।

लायन थापाले यसअगाडी समेत विभिन्न सामाजिक कार्यमा सहयोग गर्नुभएको थियो । सोही अवसरमा केसीले समेत प्रजिअ ढकालमार्फत धवलागिरी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत प्रयोग गर्न स्यानिटाइजर हस्तान्तरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा कोभिड–१९ म्याग्दी कमाण्ड पोष्ट अन्तरगतका सदस्यहरुको उपस्थिती रहेको थियो यसअगाडी मोना हङकङले बेनी अस्पताल सहित जिल्लाका सबै स्थानीय तहलाई पीपीई सहयोग गरेको थियो ।