बेनीको रक्तदान कार्यक्रममा ३२ जनाद्धारा रक्तदान

विकल्प न्यूज/बेनी
चैत २७ गते । 

लायन्स क्लब अफ म्याग्दी दोभानको आयोजनामा विहिवार बेनीमा गरिएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् ।

गण्डकी प्रदेशमा रगत अभाव भएको पाइएपछि लायन्सले बेनीमा रक्तदान कार्यक्रमको अयोजना गरेको लायन्स क्लब अफ म्याग्दी दोभानकी जानकी विश्वकर्माले जानकारी दिनुभयो ।

रक्त सञ्चार केन्द्रको सहयोग र बेनी अस्पतालको प्राविधिक सहयोगमा अस्पताल परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
लायन्स तथा समाजसेवी चन्द्रकुमार केसीको छोरी शिक्षा केसीको प्रथम स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रिजन चियर पर्सन तथा रक्त दान कार्यक्रमकी संयोजक सुनिता केसीले बताउनुभयो ।

संकलित रगत पोखरा पठाईने उहाँले बताउनुभयो ।
रक्तदान कार्यक्रममा बेनी स्थित लायन्स क्लबहरुका अध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको थियो ।