राष्ट्रिय समाचार

गण्डकी प्रदेश सांसदमा कोरोना संक्रमण

२०७७ भदौ १८  पोखरा । गण्डकी प्रदेशसभा सदस्य (प्रदेश सांसद) मोहन रेग्मीलाई कोरोना संक्रमण भएको छ । विधायन समितिका सभापतिसमेत रहेका रेग्मीले चार दिनअघि स्वाब दिएका थिए । बुधबार उनको रिपोर्ट पोजेटिभ आएको हो । यसअघि उनले सामाजिक विकासमन्‍त्री नरदेवी पुनमगरलाई भेटेका थिए । “कन्ट्याक्ट ट्रेसिङमा थिएँ, स्वाब दिएँ, पोजेटिभ आएछ, मेरो स्वास्थ्य अवस्था ठीक छ,” […]

ढोरपाटनको भुजी खोलामा बाढी : मृत्यु हुनेको संख्या ९ पुग्यो

बागलुङ : ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ९ पुगेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार १३ जना बेपत्ता छन्। राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३० भन्दा बढी घर बगाएको छ। अहिलेसम्म बाढीमा परेर मृत्यु भएका नौ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका […]

बागलुङको भूजीखोलाको पहिरोमा ३० जना बेपत्ता, ५० घर बगायो

बुर्तिवाङ २०७७ भदौ १८ । ढोर देउरालीबाट बगेको पहिरोले भूजीखोला किनारका बस्ती बगाएको छ । नेपाली काँग्रेसका क्षेत्रीय सभापति दोर्ण कुमार कुवरका अनुसार अबिरल वर्षा सँगै आएको भीषण बाढी पहिरोले ३० जना बेपत्ता भएका छन् भने ५० घर बगाएको छ । सहकर्मी विमल खड्काले दिएको जानकारी अनुसार पहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नं। ९ र […]

बागलुङकाे भूजीखोलामाआएको बाढीले बस्ती बगायो, १२ जना सम्पर्कविहीन

बुर्तिवाङ २०७७ भदौ १८ । निरन्तरको वर्षा संगै राति ११.३० बजेको समयमा भुजीखोलामा आएको बाढीले खोला किनारमा रहेका थुप्रै बस्तीहरु बगाएको छ । ढोर देउरालीबाट झरेको बाढी पहिरोले पुराएको क्षती अकल्पनीय भएको स्थानीयको भनाई छ । ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुनले दिएको जानकारी अनुसार साबिक बोवाङ गाविसको भुसुण्डेको बस्ती, सुप्राङ बगालेडेरा, दुनेपधेरा, लाकुरिबोत, दोगाडी लगाएतका […]

बुधबार ११२० कोरोना संक्रमित थपिए

१७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ११२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त […]

कोरोना संक्रमणबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु

१७ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका मध्यपुर थिमी नगरपालिका– ७ का ४० वर्षका युवकको मंगलबार राति पाटन अस्पतालमा मृत्यु भएको उपमेयर अञ्जनादेवी मधिकर्मीले जानकारी दिइन् । अस्पतालको भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो । यी […]

करेन्ट लागेर काउलेगौडामा एक महिलाको मृत्यु

भाद्र १७, २०७७ बुधवार घरमा फुल टिप्न खोज्दा करेन्ट लागेर म्याग्दीमा एक महिलाको मृत्यु भएको छ बेनपा ९ काउलेगौंडाकी २६ वर्षीय शिव चोखालकोआफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको हो । बिहानपख घरकै आडमा रहेको फुलको बोटको फुल टिप्न खोज्दा उनलाई करेन्ट लागेकोथियो । बिजुलीको खम्बाबाट लिएको डाइरेक्ट लाइनको तार खुइलिएर जस्तामा कनेक्सन हुन पुगेको र जस्तालाई ग्याबिनको तारले टच गरेकोथियो । उक्त तारलाई हातले समातेर फुल टिप्न खोज्दा उनलाई करेन्ट लागेको हो ।  करेन्ट लागेको केही बेरमै उनको छिमेकी मदनले थाहा पाएर छुटाउन खोज्दा उनलाई पनि करेन्ट लागेर हात थर्थराए पछि हजुरबुबालाई तारमा हान्नु भनेपछी हजुरबुबाले तारमा दाउराले ५चोटि हानेपछी बल्ल तल्ल करेन्टले दुवै जनालाई छोडेको थियो । हारगुहार गरेर वरिपरिका छिमेकीहरुले शिव चोखाललाई पालैपालो बोकेर गलेस्वर सम्म ल्याएका थिए । ग लेस्वरबाट ट्याक्सीमा राखेर जिल्ला  अस्पताल बेनीमा ल्याएपछी डाक्टरले उनको मृत्यु भैसकेको  उनको सवको पोस्टमार्टम गरिने  प्रहरी जवान राजिव गलामे मगरलेजानकारी दिए  मृतक चोखालको एक छोरा र एक छोरी रहेको र उनको श्रीमान काम बिशेषले गाउँमा गएको बेला यस्तो घटना घटेको हो। mayurpati

प्रहरीलाई ठूलो सफलता– एकै दिन कर्तव्य ज्यानमुद्धाका ५ फरार पक्राउ

विकल्प न्यूज/बेनी भदौं १७ गते । कर्तव्य ज्यान मुद्धाका फरार ५ जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले पक्राउ गर्न सफल भएको छ । कर्तव्य मुद्धामा अदालतबाट दोषी ठहर भई फरार भएका ५ जनालाई एकै दिन पक्राउ गर्न प्रहरी सफल भएको हो । २०६६ फागनु ११ गते मालिका गाउँपालिका ४ को चिउरीबोट मा महाशिवरात्री अवसरमा दार्जिङखोला युवा […]

रघुगंगाको कोरोना व्यवस्थापन खर्च ७४ लाख ६९ हजार

विकल्प न्यूज/बेनी भदौं १७ गते ।  कोरोना भाइरस (कोभिड –१९) रोकथाम,नियन्त्रण तथा उपचारमा रघुगंगगा गाउँपालिकाले असार मसान्त सम्म ७४ लाख ६९ हजार एकसय दुई रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ । चार महिनाको अवधिमा कोरोना रोकथाम तथा व्यवस्थापनमा उक्त रकम खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले […]

ठेक्कामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

१६ भदौं, काठमाडौं । भक्तपुर जिल्ला अदालतको भवन निर्माणको ठेक्कामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ठेक्का प्रक्रियामा सहभागी हुन चाहेका १० वटा आवेदकहरुलाई प्रतिष्पर्धा नगराई ठेक्का लगाइएको र त्यहाँ अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको हो । सबैलाई सहभागी गराएर प्रतिष्पर्धा नगराई एक कम्पनीलाई ठेक्का दिएर राज्यलाई ठूलो धनराशी […]

वुधबार मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

भदौ १७, २०७७ हाल पूर्वी र मध्य भू–भागमा  नेपाल नजिक रहेको  मनसुनको न्युन चापीय रेखा  पश्चिम सर्ने क्रममा छ। हाल गण्डकी प्रदेश तथा  प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका  एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वुधबार दिउँसो स् देशभर […]

एकैपटक जन्मिए तीन छोरी र एक छोरा, आमाको अवस्था गम्भीर

बुधबार, भदौ १७, २०७७ जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको विदेह नगरपालिका-७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ चार शिशुलाई जन्म दिएकी हुन्। प्रसुति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामार्फत् बच्चाहरू निकालेकी हुन्। उनले यसलाई ‘दुर्लभ’ घटना बताएकी छन्।. […]

गण्डकीमा २० प्रहरीसहित थप ३५ जनालाई कोरोना संक्रमण

भदौ १७, २०७७  : गण्डकी प्रदेशमा बुधवार ४ जिल्लाका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले विज्ञप्ति जारी गर्दै संक्रमित थपिएको जानकारी दिएका छन्‌। थपिएका सहित प्रदेशमा कोरोनाबाट संक्रमित हुनेहरूको सङ्ख्या २ हजार २ सय ४५ पुगेको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका १ की २६ वर्ष उमेरकी एक महिला, कास्कीस्थित पोखरा महानगरपालिका-१७ […]

त्रिवि शिक्षण अस्पतालमा २ जना संक्रमितको मृत्यु

१७ भदौ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाको अनुसार ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो । थपलियाका अनुसार ७५ […]

विद्यार्थी र शिक्षकलाई ५०० रुपैयाँमा ३५ जीबी डाटा दिँदै टेलिकम

भदौ १६, २०७७ कोरोना महामारीको बेला अनलाइन माध्यममार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डाटा उपलब्ध गराउन नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गजाइजेशन नेपाल प्याब्सनबीच सम्झौता भएको छ । कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच भदौ ८ गते सम्झौता भएर देशभरका विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सामुदायिक क्याम्पसका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्तालाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ […]