Search

रघुगंगाको कोरोना व्यवस्थापन खर्च ७४ लाख ६९ हजार

विकल्प न्यूज/बेनी
भदौं १७ गते । 

कोरोना भाइरस (कोभिड –१९) रोकथाम,नियन्त्रण तथा उपचारमा रघुगंगगा गाउँपालिकाले असार मसान्त सम्म ७४ लाख ६९ हजार एकसय दुई रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ । चार महिनाको अवधिमा कोरोना रोकथाम तथा व्यवस्थापनमा उक्त रकम खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले दिएको जानकारी अनुसार ४ लाख ७९ हजार दुइ सय ५ रुपैयाँ बराबरका स्वास्थ्य सामग्री खरिद गर्दा खर्च भएको छ ।

यसैगरी एकलाख ५२ हजार ९ सय ३९ रुपैया क्वारेन्टाइन निर्माणमा गाउँपालिकाले खर्च गरेको छ । नागरिक सहायता कक्ष सञ्चालन गर्दा दुइ लाख ९३ हजार ५ सय ४० रुपैयाँ खर्च भएको छ । कोरोना भाइरस रोकथामका लागि जनचेतना तथा प्रचार प्रसारमा दुइ लाख ७९ हजार ५ सय ४८ रुपैयाँ खर्च गरेको छ ।

आइसोलेसन पूर्वाधार निर्माणका लागि बेनी अस्पताललाई दुइलाख पचास हजार,राहत तथा अन्य ढुवानी ६० हजार ७५ रुपैयाँ र आरडिटी तथा स्वाव संकलन गर्दा खाना खाजा खर्च २४ हजार रुपैयाँ भएको जनाइएको छ ।
डिसिसिएमसीले बेनीमा व्यवस्थापन गरेको क्वारेन्टाइन तथा आइसोलेसन खर्च ४ लाख पचास हजार ३० रुपैयाँ गाउँपालिकाले भुक्तानी गरेको छ ।

वडा कार्यालय मार्फत स्वयमसेवक परिचालन भत्ता ६५ हजार ३ सय १०,स्वयम सेवक तथा सुरक्षाकर्मी खाजा तथा विविध खर्च ३ लाख ८० हजार ९ सय ५५, औषधि खरिद ३ लाख ४२ हजार २४ र राहत वितरण ४१ लाख ६४ हजार ४ सय ७६ रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । डिसिसिएमसीले व्यवस्थापन गरेको क्वारेन्टाइनमा भएको खर्च एकलाख ८५ हजार ९ सय ५६ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको

गाउँपालिकाले जनाएको छ । कोरोना रोकथाम,नियन्त्रण तथा उपचार कोषको आम्दानीबाट बेनी अस्पताललाई १३ लाख ३९ हजार १७ रुपैयाँ सहयोग गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाले एककरोड ३५ लाख ९६ हजार ९ सय २३ रुपैयाँ बराबरको कोरोना रोकथाम तथा उपचार कोष स्थापना गरेको थियो ।