बागलुङकाे भूजीखोलामाआएको बाढीले बस्ती बगायो, १२ जना सम्पर्कविहीन

बुर्तिवाङ २०७७ भदौ १८ ।

निरन्तरको वर्षा संगै राति ११.३० बजेको समयमा भुजीखोलामा आएको बाढीले खोला किनारमा रहेका थुप्रै बस्तीहरु बगाएको छ । ढोर देउरालीबाट झरेको बाढी पहिरोले पुराएको क्षती अकल्पनीय भएको स्थानीयको भनाई छ ।

ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुनले दिएको जानकारी अनुसार साबिक बोवाङ गाविसको भुसुण्डेको बस्ती, सुप्राङ बगालेडेरा, दुनेपधेरा, लाकुरिबोत, दोगाडी लगाएतका गाउँहरुमा भुजी खोला किनारमा रहेको बस्ती बाढीले बगाएर जनधनको ठुलो क्षेति भएको छ ।

आफन्तहरुले दिएको जानकारी अनुसार ११ जना सम्पर्क विहीन  भएका छन भने एक जनाको शव बुर्तिवाङ पुरानो पावरहाउस सम्म बगाई ल्याएको उपप्रमुख पुनले बताउनु भयाे  । ढोरपाटन घुम्न गएका एकजना गल्कोटका व्यक्ति बेपत्ता भएको बताईएको छ । ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारीको नेतृत्वमा प्रहरी टोली उद्दारका लागी घटना स्थलतर्फ प्रस्थान गरिसकेको छ । थप विवरण अाउन बाकि छ । ई बागलुङ