प्रहरीलाई ठूलो सफलता– एकै दिन कर्तव्य ज्यानमुद्धाका ५ फरार पक्राउ

विकल्प न्यूज/बेनी
भदौं १७ गते । कर्तव्य ज्यान मुद्धाका फरार ५ जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले पक्राउ गर्न सफल भएको छ । कर्तव्य मुद्धामा अदालतबाट दोषी ठहर भई फरार भएका ५ जनालाई एकै दिन पक्राउ गर्न प्रहरी सफल भएको हो ।

२०६६ फागनु ११ गते मालिका गाउँपालिका ४ को चिउरीबोट मा महाशिवरात्री अवसरमा दार्जिङखोला युवा क्लब ओखरबोटले आयोजना गरेको भलिबल खेल प्रतियोगितामा खेल हारेपछि बागलुङ साविक तमान गाविस ८ वस्ने २१ वर्षीय नारायण छन्त्याललाई कर्तव्य गरी ज्यान मारेको अपराधमा जिल्ला अदालत म्याग्दीबाट २० वर्ष कैद को सजाएँ भई फरार भएका पाँचजनालाई प्रहरीको टोलीले पोखराबाट पक्राउ गरेको हो । फरार भएका व्यक्तीहरुलाई पक्राउ गर्न खटिएको विशेष टोलीले उनीहरुलाई पोखरामा लुकीछिपी वसेको स्थानबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक किरणजंग कुँबरले बताउनुभयो ।

उनीहरुलाई भदौं १६ गते जिल्ला अदालत बुझाई अदालतको आदेशले कैद भुक्तानीका लागि कारागार पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले फरार पक्राउ अभियान अन्तर्गत हालसम्म १९ जनालाई पक्राउ गरी अदालतको फैसलालाई प्रभावकारी कार्यान्वयन गर्न सफलता मिलेको प्रहरी नायब उपरिक्षक कुँबरले बताउनुभयो ।

पक्राउ परेका फरार व्यक्तीहरुको विवरण यसप्रकार रहेको छ ।

 

सि.न. नामथर वतन उमेर कैद/सजायँ कैफियत
बलमान घर्ती जिल्ला म्याग्दी मालिका गा.पा.वडा नं.०४ २८ २० बर्ष कैद
तिर्थेन्द्र घर्ती मगर जिल्ला म्याग्दी रुम गा.बि.स.वडा नं.०५ २९ २० बर्ष कैद
जिवन घर्ती मगर जिल्ला म्याग्दी मालिका गा.पा.वडा नं.०४ ३३ २० बर्ष कैद
दुर्गा बहादुर घर्ती जिल्ला म्याग्दी मालिका गा.पा.वडा नं.०४ २६ १० बर्ष कैद बालबालिका भएकोले आधा सजायँ भएको
दल प्रसाद पुन जिल्ला म्याग्दी मालिका गा.पा.वडा नं.०४ २७ १० बर्ष कैद