गण्डकीमा २० प्रहरीसहित थप ३५ जनालाई कोरोना संक्रमण

भदौ १७, २०७७  :

गण्डकी प्रदेशमा बुधवार ४ जिल्लाका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले विज्ञप्ति जारी गर्दै संक्रमित थपिएको जानकारी दिएका छन्‌। थपिएका सहित प्रदेशमा कोरोनाबाट संक्रमित हुनेहरूको सङ्ख्या २ हजार २ सय ४५ पुगेको छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका १ की २६ वर्ष उमेरकी एक महिला, कास्कीस्थित पोखरा महानगरपालिका-१७ मा कार्यरत ४२, ३७, ३५, ३६, ३५, ३७, २५, २६, २२, २७, २१, २८, २३, २१, २१, ३१, ३८, २८, २४ र ३० वर्ष उमेर पुरुषहरू, वडा नं. १४ का ३० र ५७ वर्ष उमेरका २ जना महिला र वडा नं. १३ का २७ वर्ष उमेरका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

लमजुङको सुन्दरबजार नगरपालिका-९ का ४८ वर्षीय पुरुष तथा ४५ र ४९ वर्ष उमेरका २ जना महिला एवम्‌ वडा नं. २ का ५० वर्षीय पुरुषमा पनि सङ्क्रमण  भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनय त्रिवेणी गाउँपालिका-४ का ३५ र ४१ वर्ष उमेरका २ जना महिला, ५४ र ४१ वर्ष उमेरका २ जना पुरुष र वडा नं. ३ की ५८ वर्षीया महिलामा पनि सङ्क्रमण रहेको पुष्टि भएको छ।

गैँडाकोट नगरपालिका ९ की ४० वर्षीया महिला र देवचुली नगरपालिका १६ का ७६ वर्षीय पुरुषमा पनि सङ्क्रमण रहेको पाइएको छ। तनहुँको शुक्लागण्डकी १ की सङ्क्रमित महिला पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन्‌। पोखरा महानगरपालिका १७ मा संक्रमित भएका २० जना नेपाल प्रहरीमा कार्यरत छन्। लमजुङको सुन्दरबजार २ ५० वर्षीय पुरुष ओमानबाट आएका व्यक्ति हुन्।

यस्तै, लमजुङको सुन्दरबजार ९ की ४९ वर्षीया महिला किराना पसल सञ्चालन गर्दै आइरहेकी थिइन्‌। अन्य सबै व्यक्तिहरूमा कन्ट्याक्ट ट्रेसिङबाट सङ्क्रमण रहेको थाहा भएको हो।thha khabar