Breaking News

गलेश्वर शिवालय क्षेत्र विकास कोषको विशेष अधिवेशन सम्पन्न

विकल्प न्यूज/बेनी पुस २४ गते ।  गलेश्वर शिवालय क्षेत्र विकास कोषमा रहेको रकम एकीकृत गरेर भरपर्दो र प्रभावकारी हुने संस्थामा राख्न कोषका प्रमुख संरक्षक रहेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले निर्देशन दिनुभएको छ । कोषको ७ औं विशेष अधिवेशन एवम् १६ औं कार्यकारी सभामा कोषका प्रमुख संरक्षक समेत रहनुभएका प्रजिअ रानाले कोषमा रहेको मौज्दात रकम […]

नेकपा एमाले म्याग्दीको नवौं अधिवेशन सुरू

विकल्प न्युज/ बेनी पुस २३ गते । नेकपा एमाले म्याग्दीको नवौँ अधिवेशन सुरु भएको छ । जिसस सभाहलमा हुने अधिवेशन पुर्व बाजागाजासहित प्रतिनिधि र कार्यकताहरुले बेनी बजारमा ¥याली गरेका छन् । नयाँ नेतृत्व चयनका लागि हुने अधिवेशनमा ५१० जना प्रतिनिधि सहभागि भएका छन् ।

नेकपा एमाले पर्वतकाे नवौं अधिवेशन सुरू

विकल्प न्युज/ कुश्मा पुस २३ गते । नेकपा एमाले पर्वतकाे नवौ अधिवेशन कुश्मामा सुरू भएको छ । अधिवेशनकाे उद्घाटन पार्टि अध्यक्ष केपी शर्मा अाेलीले भर्चुल माध्यमबाट गर्नुभयाे । अधिवेशनमा करिव ४५० जना प्रतिनिधि छनौट भएका छन् । अधिवेशनमा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज कल्पना चापागाई, सह ईन्चार्ज सांसद पदम गिरि लगायत प्रदेशका नेताहरूले अधिवेशनमा सम्वाेधन […]

नेकपा एमाले म्याग्दीको नवौं अधिवेशनको तयारी पुरा

विकल्प न्यूज/म्याग्दी पुस २१ गते ।   नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको पौष २३ गते ( भोली ) देखि सुरु हुने नवौँ जिल्ला अधिवेशनमा ५१० जना प्रतिनिधि छनौट भएका छन । अधिवेशनको पुर्व सन्ध्यामा बिहिबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हरिकृष्ण श्रेष्ठले जिल्ला भरबाट ५१० जना प्रतिनिधि छनौट गरिएको जानकारी दिनुभयो । प्रतिनिधिहरु […]

एमाले पर्वतको अधिवेशन नजिकिए सँगै कुश्मामा राजनीतिक माहोल बढ्यो

विकल्प न्यूज/पर्वत पुस २० गते । यहि पुस २३ गते हुने नेपाल कम्युनिष्ट पार्टीे (एमाले) पर्वतको नवौं जिल्ला अधिवेशनको मिति नजिकिदैं जाँदा सदरमुकाम कुश्मामा राजनीतिक माहोल तातेको छ । एमालेको आगमी जिल्ला नेतृत्वका वारेमा कुश्माका चियापसल र चोकहरुमा बहश हुनथालेको छ । पार्टी कार्यालयमा नेता र कार्यकर्ताहरुको आगमन बढेको छ । जिल्ला कमिटिको पदाधिकारी र […]

एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनको तयारी तिव्र

विकल्प न्यूज/बेनी पुस २० गते ।   यही पुस २३ गते हुने नेकपा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनको तयारी तिव्र पारिएको छ । अधिवेशन सफल पार्नका लागि विभिन्न उपसमितिहरु गठन गरी तयारी तिव्र पारिएको हो । एमालेको पुस २३ गते सवै जिल्लाहरुमा एकसाथ अधिवेशन हुँदैन छ । अधिवेशनबाट आगमी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछन्  । […]

म्याग्दी बहुमुखी क्याम्पसमा नयाँ संचालक समिति चयन

विकल्प न्युज / बेनी पुस १९ गते । म्याग्दी बहुमुखी क्याम्पसकाे संचालक समितिकाे अध्यक्ष साेमनाथ ढुङ्गाना चयन हुनुभएको छ । साेमबार सम्पन्न ३१ अौ वार्षिकोत्सब, २० अौ क्याम्पस सभा तथा ११ अौ अधिवेशनले ढुङ्गानाकाे अध्यक्षतामा १२ सदस्यीय संचालक समिति  सर्वसम्मत रूपमा चयन गरेकाे हाे । यसैगरी समितिकाे उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ(दिपु) , काेषाध्यक्ष राजकुमार थापा चयन […]

तस्विरमा हेर्नुहोस म्याग्दी बहुमुखी क्याम्पसको २० औं क्याम्पस सभा तथा ११ औं अधिवेशन

विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको आइतबार २० औं क्याम्पस सभा तथा ११ औं अधिवशेनको उदघाटन सत्र सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाले सभाको उदघाटन गर्नुभएको हो । सभाको उदघाटन गर्नुहुँदै सांसाद थापाले जिल्लाको शैक्षिक विकासका लागि क्याम्पसले खेलेको भूमिकाको चर्चा गर्नुभएको छ । उहाँले सवैको सामुहिक […]

तातोपानीमा म्याग्दीका पत्रकारका लागि क्षमता विकास तालिम शुरु

तातोपानी, १७ पुष । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा शनिबार देखि म्याग्दीका पत्रकारहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु भएको छ । कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेश, बेनी नगरपालिका र जिल्ला समन्वय समिति म्याग्दीको सहयोगमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको समन्वयमा शुरु भएको तालिम तीन […]

गुर्जामा हिउँमा पुरिएर एकजना वेपत्ता, गाउँमा सञ्चार सेवा अवरुद्ध

विकल्प न्यूज/बेनी पुस १५ गते । फाईल तस्विर   म्याग्दीको विकट धौलागिरि गाउँपालिका १ गुर्जामा हिउँमा पुरिएर विहिवार एकजना वेपत्ता हु्नुभएको छ । गुर्जाको सुकेलट्टेमा हिउँपातका कारण गोठ भत्किँदा ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य तिनजना हिउँमा फसेर अलपत्र परेका छन् ।बस्तीदेखि टाढाको गोठमा बस्दै आएका […]

विजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय

विकल्प न्यूज/काठमाण्डौं पुस १४ गते । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली खेलाडीलाई नगद पुरस्कार दिने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उपाधि विजेता टोलीमा रहेका १२ जना खेलाडीलाई जनही […]

मिडिया सोसाईटीमा आबद्ध पत्रकारहरुको सामुहिक स्वास्थ्य बीमा

विकल्प न्यूज/बेनी बेनी, १४ पुस ।   म्याग्दी मिडिया सोसाईटीले जिल्लाका १० जना पत्रकारहरुको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ । सोसाईटीको संस्थागत निर्णय अनुसार, संस्थामा आबद्ध पत्रकारहरुको एक बर्षको लागि स्वास्थ्य बीमा गरिएको हो । संस्थामा आबद्ध १० जना पत्रकारहरुको स्वास्थ्य बीमाका लागि लाग्ने जनही नगद रु ३ हजार ५ सय शुल्क तिरेर स्वास्थ्य बीमा […]

एमाले पर्वतकाे अध्यक्षमा चार नेताकाे चर्चा

विकल्प न्युज/ पर्वत पुस १३ गते । नेकपा एमालेको जिल्ला अधिवेशनको मिति नजिकिएसँगै पर्वतमा अध्यक्षका उम्मेदवारहरूको चर्चा हुन थालेकाे छ । आगमी २३ गते हुने पार्टीकाे ९ अौ जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि चारजना नेताहरू आकांक्षी देखिएका हुन । आकांक्षा देखाएका नेताहरूले आन्तरिक रूपमा आफ्नो तयारी थालेका छन । आठौं अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएका सांसद पदम […]

जलजलामा उत्पीडित जातीय मुक्ति समाजको कमिटी गठन

विकल्प न्यूज/जलजला  पुस १३ गते ।   पर्वतको जलजला गाउँपालिकामा नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तेजबहादुर दमाईको अध्यक्षतामा ३१ सदस्यीय पालिका स्तरीय कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा लक्ष्मी बोहोरा,सचिव प्रेमसिङ नेपाली,कोषाध्यक्ष प्रविण बराइली, उपसचिव हिराबहादुर विक र विकास परियार चयन हुनुभएको छ । […]

जलजलामा नेकपा एमाले निकट खेलकुद महासंघ गठन

विकल्प न्यूज/जलजला पुस १३ गते । पर्वतको जलजला गाउँपालिकामा नेकपा एमाले निकट नेपाल खेलकुद खेलकुद महासंघ जलजला गाउँपालिका स्तरीय कमिटी गठन गरिएको छ । मंगलबार पर्वत बेनीमा भएको खेलाडीहरुको भेलाले दिपक पुन खोर्जाको अध्यक्षतामा २५ सदस्यीय पालिका स्तरीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा स्वदेश श्रेष्ठ,सचिव अम्मर पुन,उपसचिव समिर कुमार बराइली चयन हुनुभएको छ […]