Breaking News
महिला भलिबलको उपाधि अन्नपूर्णले जित्यो
ठाकुरप्रसाद आचार्य/म्याग्दी माघ ६ गते । म्याग्दीको बेनीमा आयोजना भएको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा धवलागिरि गाउँपालिकालाई सोजो ३ सेट पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो । प्रतियोगितामा धवलागिरि गाउँपालिकालार्ई २२–२५, १७–२५ र १०–२५ को सेटमा पराजित गर्दै अन्नपूर्ण […]
महोत्सव मार्फत् संस्कृति र परम्परा संरक्षण गरिँदै
विकल्प न्यूज/बेनी माघ ५ गते । बेनीबजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाचे । बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो । दुई दशक बढी समयपछि प्रदर्शन गरिएको उक्त हनुमान नाचमा बालकदेखि युवासम्मले नाचेपछि यसले धेरैको ध्यान तान्न सफल भयो । नेवार समुदायको ऐतिहासिक सांस्कृतिक धरोहरको […]
धवलागिरी र अन्नपूर्ण फाइनलमा
म्याग्दी, माघ ५ गते । म्याग्दीको बेनीमा जारी खुल्ला महिला भलिबल प्रतियोगिताको फाइनलमा उत्तरी म्याग्दीका अन्नपूर्ण गाउँपालिका र पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका प्रवेश गरेका छन् । अन्नपूर्ण गाउँपालिका र धवलागिरी गाउँपालिका ७औं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका हुन् । […]
पालिकास्तरीय भलिवलमा रघुगंगा र अन्नपूर्ण फाईनलमा प्रवेश
विकल्प न्यूज/बेनी माघ ५ गते । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका फाईनल प्रवेश गरेका छन् । रघुगंगा र अन्नपूर्ण विचको फाईनल खेल शुक्रबार हुने जिल्ला भलिवल संघ म्याग्दीले जानकारी गराएको छ । बुधबार बेनीमा भएको पहिलो सेमिफाईनलमा बेनी नगरपालिकालाई १ का विरुद्ध ३ सेटले पराजित […]
जलजला गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न
विकल्प न्यूज/बेनी माघ ५ गते । पर्वतको जलजला गाउँपालिकाको १३ औं गाउँसभा वुधवार सम्पन्न भएको छ । गत पुस २९ गते सुरु भएको गाउँसभामा विवाद उत्पन्न भएपछि स्थगीत गरिएको थियो । गाउँपालिकाले अध्यक्षले बहुमत गाउँसभा सदस्यलाई निशेध गरेर अघि बढ्न खोजेको भन्दै नेकपा एमालेबाट निर्वाचित गाउँसभाका सदस्यहरुले विरोध जनाएका थिए । बुधवार दुवै पक्षबीच सहमति […]
कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ …
गण्डकी, माघ ३ गते । कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य । प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो– ‘हे।।। सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचुञ्जेली बाँचम् न […]
पर्वतका सांसद पदम गिरी स्वास्थ्यमन्त्री बन्ने
३ माघ, काठमाडौं । नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा. विमला राई पौडेल र स्वास्थ्यमा गिरीको नाम पक्का भएको छ । डा. पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन् भने गिरी […]
छेलाे प्रतियाेगिताका पहलमान मल्लाजका इन्द्र बरुवाल
विकल्प न्युज/ बेनी माघ २ गते । म्याग्दीको सदरमुकाम बेनीमा म्याग्दी उद्योग वाणिज्य संघद्वारा आयोजित सातौँ म्याग्दी महोत्सवमा पाचौँ दिन भएको छेलो फाल्ने प्रतियोगितामा पहलमान मल्लाजका इन्द्र बरुवाल बनेका छन् । १८ जना सहभागि भएको छेलोमा पहलमान पर्वत जलजला गाउँपालिका– ३ मल्लाजका ५३ बर्षिय रिटायर भारतीय आर्मी बरुवाल बनेका हुन् । छेलो प्रतिस्पर्धामा बरुवाले १३ […]
पोखरा विमान दुर्घटना : शोकमा डुब्यो पर्वत
पर्वत, माघ २ गते । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ । मृतक सबैको सनाखतसमेत भइसकेको छ । दुर्घटनामा परी कुस्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुस्मा –९ का अरुण पौडेल र उहाँकै छोरी ११ वर्षीया प्रसिद्धी पौडेल, कुस्मा–१ पाङकी […]
कालिगण्डकीमा अयोध्या लैजाने शिलाको पूजा (भिडियो /तस्विर)
विकल्प न्यूज/बेनी माघ १ गते । हिन्दुहरुको प्रशिद्ध धार्मिक स्थल भारतको अयोध्यामा भगवान राम र सिताको मुर्ति बनाउन लैजान लागिएको कालिगण्डकीको शिलाको माघ १ गते पुजापाठ गरिएको छ । बेनी नगरपालिका ६ गलेश्वर क्षेत्रस्थित कालिगण्डकी नदी किनारमा पहिचान गरिएका दुईवटा शिलाको धार्मिक विधि अनुसार पुजापाठ गरिएको हो । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रसिद्ध […]
गायिका एलिना चौहानको प्रस्तुतीमा नाचे म्याग्देली
विकल्प न्यूज\बेनी पुस २९ गते । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवको दोस्रो दिन शुक्रबार चर्चित गायीका एलिना चौहानले दमदार प्रस्तुती दिइन । खुल्ला मञ्चमा खचाखच भरिएका दर्शकहरु चौहानको प्रस्तुतीमा निकै हौसिएर नाचेका थिए । चौहानका साथै प्रकाश दुतराज, रवि कार्की, शक्ति छिनाल, राजीन भण्डारी, प्रकाश सुनार, रामकुमारी पुन लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए । […]
बेनी नगरको बाह्रौँ नगरसभाबाट ७८ करोडको संसोधित बजेट पारित
विकल्प न्यूज\बेनी पुस २९ गते । म्याग्दीको बेनी नगरपालिकाको बाह्रौँ नगरसभाबाट रु. ७८ करोड भन्दा बढीको संसोधित बजेट पारित भएको छ । बेनीमा शुक्रबार सम्पन्न सभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को संसोधित बजेट अनुमान तथा प्रगति प्रतिवेदन पारित भएको हो । असारको सभाले रु. ७३ करोड २२ लाख बिनियोजन भएकोमा थप […]
बेनीको खुल्ला मञ्चमा रत्यौलीको रमाइलो (भिडियो)
विकल्प न्यूज/बेनी पुस २९ गते । म्याग्दीमा जारी सातौं म्याग्दी महोत्सवको दोस्रो दिन बेनीको खुल्ला मञ्चमा रत्यौली प्रतियोगिता गरिएको छ । प्रतियोगितामा विभिन्न चारसमुहले भाग लिएका थिए । नवजागरण आमा समहु बेनपा ४ राक्से,सफल आमा समुह ताकम,क्षेत्र समाज र ब्रहमाण समाजले प्रतियोगितामा रत्यौली प्रदर्शन गरेका थिए ।
बेनीमा सातौं म्याग्दी महोत्सव सुरु ः बजारमा झाँकी प्रदर्शन (फोटोफिचर)
विकल्प न्यूज/बेनी पुस २८ गते । आज देखि सुरु भएको सातौं म्याग्दी महोत्सवका अवसरमा बेनीमा झाँकी प्रदर्शन गरिएको छ । महोत्सवको उद्घाटन पूर्व बजारमा विभिन्न जातजातीको कलासंस्कृति,धार्मिक,बाजागाजा सहित झाँकी प्रदर्शन गरिएको छ ।