प्रौढ भलिबलको उपाधि हिस्तानले जित्यो

ठाकुरप्रसाद आचार्य/म्याग्दी
बैशाख १ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा जारी अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तर्फको प्रौढ भलिबलको उपाधि वडा नम्बर ७ हिस्ताले जितेको छ ।

शुक्रबार वडा नम्बर ७ घराम्दीमा भएको फाइनलमा खेलमा वडा नम्बर ५ शिखलाई ३–२ को सेटमा जित निकाल्दै हिस्तानले उपाधि हासिल गरेको हो ।

प्रौढ भलिबल प्रतियोगितामा प्रत्येक वडाबाट एक÷एक टिम गरी आठ टिम सहभागि भएका थिए । अध्यक्ष कप खेलकुद प्रतियोगितामा महिला तथा पुरुष भलिबल,प्रौढ भलिबल र बास्केट बल प्रतियोगिता गरी २७ टिमले सहभागिता जनाएका छन् ।

चैत २७ गते देखि सुरु प्रतियोगितामा प्रथम र द्धितीय हुनेलाई क्रमशः ३०÷२० हजार नगद ,ट्रफी,मेडल र सम्मान पत्र प्रदान गरिने पालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो । आठवटा वडालाईलाई प्रोत्साहन स्वरुप पालिकाले ५०/५० हजारका दरले रकम उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।
सवै खेलका प्रतियोगिता सम्पन्न भएपछि अंकका आधारमा अध्यक्ष कप विजेता वडा घोषणा गरिने पालिकाका शिक्षा अधिकृत कटुवालले जानकारी दिनुभयो ।