तिप्ल्याङ बस दुर्घटनाका घाइतेको अवस्था सामान्य

विकल्प न्यूज/बेनी
बैशाख १ गते ।

काठमाण्डौबाट मुस्ताङको जोमसोम तर्फ जाँदै गरेको घोडाघोडी कम्पनीको बा ४ ख ९६७४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परी घाईते भएका सवै चार जना ट्रेकिङ मजदुरहरुको पहिचान खुलेको छ । काठमाडौंको सिटो समिट कम्पनीबाट अष्ट्रेलियन पर्यटकलाई उपल्लो मुस्ताङ हुँदै थोरङ्लापास गरी बेंसीसहर निक्लन हिँडेका मजदुरहरु सवार बस बेनी–जोमसोम सडकको तिप्ल्याङ खण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका, १ मा पर्ने तिप्याङ नजिकै बिहान करिब ९।४५ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी ओखलढुङ्गा जिल्लाको मलङ गाउँपालिका, ७ की मिङ्मा शेर्पा, खिचिरेम्बा गाउँपालिका, १ की छम्जी शेर्पा सिन्धुपाल्चोक जिल्लाको पाँचपखीथान गाउँपालिका, ६ का मिङमार तामाङ र लिसिम्वोपहर गापा, १ का पूर्ण लामा घाइते भएका हुन् । बेनी अस्पतालमा उपचाररत घाइतेहरुलाई टाउको, खुट्टा, हात र ढाडमा बढी चोट लागेको छ ।

घाइतेहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । बसमा सवार अन्य यात्रु भने अर्को बस व्यवस्था गरी गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।‘सडकको कुनापट्टि ग्राभेल गर्न गिटी थुपारेको थियो । बस डिलबाट तीव्र गतिमा गुडेको बेला अचानक बस डिलमुनि पुग्यो । थोरैले कालीगण्डकीमा झरेन,’ बेनी अस्पतालमा उपचारत टिमका मुख्य कुक पूर्ण लामाले भने, ‘कम्पनीबाट रिजर्भ बसमा हामी २१ जना थियौं । पर्यटकहरु मार्फा पुगी सके । आज जोमसोममा भेटेर भोलीबाट उपल्लो मुस्ताङ गइ फर्केर थोरङला उक्लेर तिलिचो पुग्ने र मनाङ झर्न हिँडेका हौं ।’ kantipur