बगरफाँटमा एक लाख पुरस्कारको सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

धु्रवसागर शर्मा/विकल्प न्यूज
म्याग्दी २८ चैत


म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा मंगलवार (आज)देखि प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।
नयाँवर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म संचालन हुने आयोजक क्लवका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका सांसद हरिबहादुर भण्डारीले खेल क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताउँदै आवश्यकता र प्राथमिकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने वाध्यता रहने भएकोले समस्या भएको छ भन्नुभयो ।
सांसद भण्डारीले बोलेर काम नर्गनु भन्दाकाम गरेपछि मात्रबोल्ने आफ्नो बानीभएको बताउँदै प्राथमिकता र आवश्यकता तय गरेर बजेट मागगर्न स्थानीय सरकारका प्रतिनिधि (वडाअध्यक्ष) र स्थानीयलाई आग्रह गर्नुभयो ।

त्यसैगरी बेनी नगरपालिका वडा नं २ का वडा अध्यक्षएवम् कार्यक्रमका विशिष्ट अतिथी यामबहादुर कार्कीले बगरफाँटका युवाहरुको अग्रसरतामा विशाल खेलमैदान निर्माण गरी यति ठूलो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै बजेट र सामथ्र्यले भ्याएसम्म खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेलकुद स्वस्थ जीवनका लागि मात्र होइन सभ्य र सुसंस्कृत समाज निर्माणका लागि पनि अपरिहार्य भएको बताउँदै खेल क्षेत्रको विकासका लागि राज्यले आवश्यक लगानीगर्न सक्नुपर्छ भन्नुभयो ।

क्लवका अध्यक्ष सुनिल थापाको सभापतित्व,उपाध्यक्ष नारायण थापाको स्वागत र धु्रवसागर शर्माको संचालनमा सम्पन्न कार्यक्रममा स्थानीय समाज सेवी तथा अगुवा व्यक्तित्वहरु क्या.मीनबहादुर कार्की,कृष्णबहादुर थापा र चन्द्रबहादुर घिमिरेले मन्तव्य व्यक्तगर्नुभएको थियो ।

प्रतियोगितामा विभिन्न स्थानका २२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद रु १ लाख, ट्रफि,मेडल र प्रमाणपत्र तथा उपविजेताले रु ५० हजारका साथमा ट्रफि,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।