ताजा समाचार:
Search

Breaking News

पाहुना र पूर्वाधारको पर्खाइमा गाजनेको केभहिल

म्याग्दी, मङ्सिर ११ गते ।  धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ । दृष्यावलोकन, धार्मिक र ऐतिहासिक स्थल गाजने प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो । पाँच सय वर्ष पुरानो नेपालकै पृथक शैलीको जगन्नाथ मन्दिर अवस्थित गाजने नजिकैको डाँडाबाट सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको मनोरम […]

जगन्नाथ मन्दिरको उद्घाटन ः धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने मन्त्री जुग्जालीको भनाइ

विकल्प न्यूज/बेनी मंसिर १० गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको आज (आइतबार) उद्घाटन भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा एक समारोहबीच पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गरिएको हो । जगन्नाथधाम गाजनेमा भगवान् जगन्नाथ, बलभद्र तथा सुभद्रादेवीको नवीन अर्चाविग्रहहरुको प्राणप्रतिष्ठा गरी पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गरिएको […]

बेनी–गलेश्वर सडक खण्ड कालोपत्र सुरु

ठाकुरप्रसाद आचार्य मङ्सिर ९ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर सडक योजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्र गर्न सुरु गरिएको छ । गत माघ महिना देखि सडक स्तरोन्नति सहित कालोपत्र योजना अगाडी बढाइएको थियो । बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्का मार्फत सडक स्तरोन्नतिका सहित कालोपत्र गर्न जय धन्नजय÷मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लि जेभीसँग दुई वर्षभित्र […]

एक महिनामै ८० हजार पर्यटक पुगे मुस्ताङमा

विकल्प न्यूज\बेनी मंसिर ८ गते ।  पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार आठ सय ७९ स्वदेशी र पाँच हजार पाँच सय चारजना विदेशी पर्यटकले भ्रमण […]

कागबेनीको शिरबाट देखिएका सुन्दर दृश्यहरु (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी,मङ्सिर ७ गते । प्रशिद्ध धार्मिक स्थल कागबेनीबाट माथि उक्लिएपछि सुन्दर दृश्यहरुको अवलोकन गर्न पाइन्छ । जोमसोमबाट करिब १२ किलोमिटरको कच्ची सडकको यात्रा पछि कागबेनी आइपुगिन्छ । यहाँबाट मुक्तिनाथ पुग्न त्यस्तै १३ किलोमिटर सडक पार गर्नुपर्दछ । यो सडक भने कालोपत्र गरेर चिटिक्क पारिएको छ । कागबेनीबाट उकालो लागेपछि हिमालको टुप्पोमा पहेँलो घामको […]

जलजलामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटोसहित)

विकल्प न्यूज/बेनी मंसिर ७ गते । पर्वतको जलजला गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ३ मल्लाज स्थित विद्याज्योती माविमा विहिवार देखि गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको हो । जलजला गाउँपालिकाको आयोजनामा भएको खेलकुद प्रतियोगिता शुक्रबार सम्म संचालन हुनेछ । प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका प्रमुख […]

श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

विकल्प न्यूज/बेनी मंसिर ७ गते ।  घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन थियो । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जीर्ण गोरेटोबाटोको स्वरुप अहिले फेरिएको छ । बेनी–जोमसोम […]

उपल्लो मुस्ताङलाई निषेधित क्षेत्रबाट हटाउन माग

म्याग्दी, मङ्सिर ६ गते । मुस्ताङको तीनवटा स्थानीय तहले आफ्नो भूगोललाई निषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ लाई सरकारले निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएकाले निषेधित क्षेत्र हटाउन माग गरिएको […]

लोमान्थाङको विकासका लागि पाँच करोडको योजना

ठाकुरप्रसाद आचार्य /बेनी म्याग्दी,मङ्सिर ६ गते । माथिल्लो मुस्ताङको एतिहासिक वस्ती लोमान्थाङको विकासका लागि पाँचकरोड बराबरको योजना संचालन हुने भएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा लोमान्थाङको वस्तीलाई व्यवस्थित गर्न पाँचकरोड रुपियाँ बराबरको योजना विनियोजन गरेको हो । पूर्वाधार विकास कार्यालय मुस्ताङ मार्फत कार्यान्वयन हुने गरि लोमान्थाङमा स्वागत गेट देखि लोमान्थाङ वाल वरिपरि […]

माओवादी सेनाका पूर्व कमाण्डर रुसी सेनामा भर्ना

विकल्प न्यूज/बेनी मङ्सिर ६ गते ।  तत्कालिन नेकपा माओवादी सेनाका कमाण्डर म्याग्दीका एक युवा रुसी सेनामा भर्ती हुनुभएको छ । माओवादी पार्टीले संचालन गरेको दशवर्षे जनयुद्धका क्रममा कम्पनी कमाण्डर सम्मको भूमिका निर्वाह गर्नुभएका मंगला गाउँपालिका ४ वरंजाका रमेश विक(डायमण्ड) रसीयामा युक्रेन विरुद्धको युद्ध लड्न भर्ना हुनुभएको छ । रुसी सेनाको पोषाक सहित हतियार भिरेको फोटो […]

यस्तो छ बिमको धार्मिक पर्यटकीय स्थल प्रभुचेला (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /बेनी मंसिर ५ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको धुरीलाई ध्यानकेन्द्र बनाउन पूर्वाधार निर्माण थालिएको छ । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि ७५ सम्म यही ठाउँमा तपस्या गरेकाले स्थानीयहरुले यस स्थानलाई प्रभुचेला धुरी नामाकरण गरेका छन् । मालिका गाउँपालिकाले पूर्वाधार निर्माण गरी यस स्थानलाई ध्यानकेन्द्रका रुपमा विकास गर्न योजना अघि […]

कालीगण्डकीमा बगरको सतह बढ्दा मुस्ताङका वस्ती जोखिममा

विकल्प न्यूज/बेनी मंसिर ५ गते । मुस्ताङस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा बगरको सतहसँगै बाढीको जोखिम बढेको छ । मुस्ताङमा नदीमा बगरको सतह बढेर बाढीको जोखिम बढेको घरपझोङ गाउँपालिका–२ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताउनुभयो । “सहायक खोलाबाट आउने बाढी कालीगण्डकीमा आएर थुप्रिँदा बगरको सतह बढेको हो,” उहाँले भन्नुभयो, “अरू ठाउँमा नदीको सतह गहिरिँदै जान्छ तर मुस्ताङमा […]

जेसीज कप फुटबल प्रतियोगिताको २१ औं संस्करणको तयारी

विकल्प न्यूज/बेनी मंसिर ४ गते । म्याग्दी जेसीजको मूल आयोजनामा २१ औं जिल्ला स्तरीय अन्तर मावि जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर १९ गतेदेखि २३ गतेसम्म बेनीमा हुने भएको छ । सोमबार जेसीजको कार्यालयमा भएको पत्रकार सम्मेलनमा सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा राम–बिमला फाउण्डेसन जिल्लास्तरीय अन्तर मावि जेसीजकप फुटबल प्रतियोगिता गरिने भएको हो । पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका […]

मुस्ताङको एक विद्यालयमा छ वाफबाट खाना पकाउने प्रविधि

विकल्प न्यूज\बेनी मंसिर ४ गते । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा बौद्ध विद्यालयले वाफबाट खाना पकाउने (स्टिम) प्रविधिको प्रयोग गरेको छ ।विद्यालयको छात्रावासमा प्रयोग गरिएको स्टिम प्रविधि ग्यासको तुलनामा सस्तो, छिटो र दाउराको खपत घटाउन प्रभावकारी बनेको हो । विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले खाना पकाउने यस्तो प्रविधि नेपालमा यहाँ र काठमाडौँको थानकोटमा मात्र प्रयोगमा […]

सहकारीका सदस्यहरु ः सदस्य जस्तै कहिले बन्ने ?

प्रतिमान पौडेल /बागलुङ मङ्सिर ४ गते । यतिबेला संसारभर वित्तीय समस्या छ । नेपालमा त झन त्यसको असर पर्ने नै भयो । यो मुलुकका शासकहरु वित्तीय संकट समाधानमा होइन, सत्ता जोगाउने र प्राप्त कसरी गर्न सकिन्छ भन्ने मै व्यस्त छन् । सत्तापक्ष, प्रतिपक्ष, नयाँ पुराना सबै दल कसैलाई सत्ता जोगाउने ध्याउन्न छ भने कसैलाई मिसन […]