कागबेनीको शिरबाट देखिएका सुन्दर दृश्यहरु (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य
म्याग्दी,मङ्सिर ७ गते । प्रशिद्ध धार्मिक स्थल कागबेनीबाट माथि उक्लिएपछि सुन्दर दृश्यहरुको अवलोकन गर्न पाइन्छ । जोमसोमबाट करिब १२ किलोमिटरको कच्ची सडकको यात्रा पछि कागबेनी आइपुगिन्छ ।

यहाँबाट मुक्तिनाथ पुग्न त्यस्तै १३ किलोमिटर सडक पार गर्नुपर्दछ । यो सडक भने कालोपत्र गरेर चिटिक्क पारिएको छ । कागबेनीबाट उकालो लागेपछि हिमालको टुप्पोमा पहेँलो घामको किरणको रमाइलो दृश्यले मुक्तिनाथ हिडेका पर्यटकलाई आनन्द दिलाउछ ।

जति माथि लाग्यो उती मनमोहक दृश्यहरु देख्न पाइन्छ । चिल्लो सडक अनि मुक्तिनाथको शिरमा अवस्थित हिमालमा अस्ताउन लागेको घामको किरणले पर्यटकलाई मोहित बनाउछ ।
हेर्नुहोस् तस्विरहरु ः