Breaking News

बेगखोलाले ट्याक्सी बगायो, बेनी–जोमसोम सडक अवरुद्ध

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका १ मा रहेको बेगखोलामा आएको बाढीले सोमबार साँझ ट्याक्सी बगाएको छ । बाढीका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । पोखरेबगरदेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ४०५ नम्बरको ट्याक्सी बाढीले बगाएको प्रहरीले जनाएको छ । खोला […]

मल्लाजकाे काेत मन्दिर पुनः निर्माण

म्याग्दी, १६ असोजजलजला गाउँपालिका–३ मा रहेको ऐतिहासिक मल्लाज कोत मन्दिरको पुनः निर्माण भएको छ । बाइसेचौबिसे राज्यका पालामा निर्मित मल्लाज कोत भगवती मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीय बासिन्दाबाट आर्थिक स्रोत जुटाएर मन्दिरको पुनः निर्माणका साथै थप पूर्वाधार निर्माण भएको हो मन्दिरको पुनः निर्माण, पूर्वाधार विकास, व्यवस्थापन र संरक्षणका लागि तयार पारिएको गुरुयोजनाअनुसार […]

कुहुँमा जिप दुर्घटना हुँदा सात जना घाइते

सन्तोष गौतम/ विकल्प न्युज बेनी १६ असोज । म्याग्दीको मंगला गाउँपालीका १ कुहुँमा आईतबार साँझ बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । कुहुँको पहिरो खर्क स्थित दसै मेला सञ्चालन भएको ठाउँबाट सिंगा तातोपानी आउदै गरेको ग १ च ८७९२ नम्बरको जिप कुहुँकै दुङगा खानीमा दुर्घटना हुँदा घाइते भएका छ जनालाई पोखरा रिफर […]

दशैंको शुभकामना

विकल्प न्यूज/बेनी असोज १२ गते ।   नेपालीहरुले मनाउने महान पर्व दसैं सुरु भइसकेको छ । दसै नेपाली समाजमा एक संस्कृतिका रुपमा स्थापीत भएको छ । दसैंले गर्दा गाउँघर,सहरबजारमा चहलपहल वढेको छ । रोजगारीको लागि विदेशिएका नेपालीहरु पनि दसैं मनाउन स्वदेश फर्किएका छन् । दसैंमा आफ्ना आफन्तजनहरुसँग भेटघाट गर्ने, दुःख भुलेर रमझम गर्ने तथा मीठोमसिनो […]

संघ र प्रदेशसभा निर्वाचनका लागि माओवादी केन्द्रद्धारा उमेद्वार सिफारिस

सन्तोष गौतम/विकल्प न्यूज असोज १२ गते । आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र म्याग्दीले उमेद्वारको नाम सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र म्याग्दीको बुधबार बेनीमा केन्द्रिय कार्यालय सदस्य अमिक शेरचनको आतिथ्यतामा बसेको बैठकले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वारको नाम प्रदेश र केन्द्रिय कमिटिमा सिफारिस गरेको हो । मंसिर १० […]

म्याग्दीका कोतघरहरुमा फुलपाती भित्र्याइयो

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ११ असोज । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमी बुधबार म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भित्र्याएर मनाएका छन् ।   घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल […]

यस्तो रहयो म्याग्दीका जनप्रतिनिधिको सय दिन

सन्तोष गौतम /विकल्प न्यूज असोज ११ गते । २०७४ बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचन मार्फत चुनिएका म्याग्दीका जनप्रतिनिधिहरुले पदभार सम्हालेको एक सय दिन पुरा भैसकेको छ । निर्वाचित भएलगत्तै करिब एक महिना स्वागत तथा सम्मानमै बिताएका जनप्रतिनिधिहरुको पहल र नेतृत्वमा पछिल्लो २ महिनामा भने सार्वजनिक सेवा प्रवाह र विकासको क्षेत्रमा केही […]

बेनीका मासु पसल फोहोरी, सुधार गर्न अनुगमन टोलीको चेतावनी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ९ असोज । सदरमुकाम बेनीमा सञ्चालीत मासु पसलहरुको सोमबार अनुगमन गरिएको छ । बेनी नगरपालीकाको समन्वयमा भएको अनुगमनका क्रममा अधिकांश व्यवसायीले मापदण्ड पुरा नगरेको पाइएको छ । जिल्ला प्रशासन, प्रहरी, पशु सेवा, नगरपालीका कार्यालय र जनप्रतिनिधिहरुको टोलीले बेनीमा सञ्चालीत मासु पसलहरुको अनुगमन गरेको थियो । ब्यवसाय दर्ता, पशु बध स्थल र […]

म्याग्दीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ असोज । जिल्ला प्रहरी कार्यालय म्याग्दीले दसै तिहार लगायत चाडपर्वलाई व्यवस्थित बनाउन सुरक्षा योजना लागू गरेको छ । चाडपर्वको समयमा सम्भावीत अपराध, दुर्घटना र विकृतीजन्य गतिबिधी नियन्त्रणका लागि योजना लागू गरिएको आईतबार कार्यालयमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको हो । बजार क्षेत्रमा नियमित गस्ती, ग्रामिण गस्ती, मापसे चेकजाँच, छड्के सवासी […]

घुमाउने तालमा कालीगण्डकी रिसोर्ट सञ्चालनमा

सन्तोष गौतम /विकल्प न्यूज असोज ८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउने तालमा शनिबार देखि जिल्लामै पहिलो स्विमीङ पुल सहितको कालीगण्डकी रिसोट सञ्चालन भएको छ । पिप्लेका ३९ वर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम सडकखण्ड अन्तर्गतपर्ने घुमाउने तालमा करिब ३० रोपनी जग्गा भाडामा लिएर कालीगण्डकी रिसोर्ट एण्ड एचबिसी स्विमीङ पुल सञ्चालनमा ल्याउनुभएको हो । पहिलो चरणमा रेष्टुरेन्टको […]

काभ्रे भिरमा पहिरोका कारण सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी असोज ६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।सडक फराकीलो बनाउने काम भैरहेको ठाउँमा बुधबार दिउँसो खसेको सुख्खा पहिरो पन्छाउने काम सफल हुन नसक्दा ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको हो । सडक अवरुद्ध हुदाँ […]

तेस्रो वौद्ध कपको उपाधी आयोजकको पोल्टामा

सन्तोष गौतम /विकल्प न्यूज बेनी ५ असोज । बेनीमा बिहीबार सम्पन्न धौलागिरीमै सर्वाधीक बढी पुरस्कार राशीको फुटबल प्रतियोगिता तेस्रो वौद्ध कप २०७४ को उपाधी आयोजक वौद्ध युवा क्लब मंगलाघाटले जितेको छ ।    कालीपुल युनाईटेड क्लब (बल्याक) लाई फाईनलमा शून्यका विरुद्ध तिन गोल गर्दै आयोजकको (एल्लो) समूह बिजयी भएको हो । पहिलो हाफमा तिन गोल गरेको […]

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा तिर्थयात्री अलपत्र

विकल्प न्यूज/बेनी असोज ५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भिरमा पहिरो खसेपछि बुधबार दिउँसोदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङ पुगेका तिर्थयात्रीहरु बाटोमै अलपत्र परेका छन् । बुधवार राती देखि परेको वर्षाका कारण सडक खुलाउन थप समस्या भएको छ । डोजरको सहायताले काभ्रेको भिरमा सडक खुलाउने प्रयास गरिदैँ । […]

बेनी– जोमसोम सडकमा रातको समयमा पनि सवारी सञ्चालन खुल्ला

विकल्प न्यूज/बेनी असोज ४ गते । बेनी–जोमसोम सडकमा गत आईतबारदेखि रातीमा पनि सवारी साधन सञ्चालन हुन थालेका छन् । बर्षा कम हुदै गएको र सवारी साधनको चाप बढेकाले गत साउन ५ गतेदेखि रातीको समयमा बन्द गरिदै आएको गलेश्वर–दाना खण्डमा दुई महिनापछि नियमित सवारी सञ्चालनका लागि खुल्ला गरिएको हो ।  भौगोलिक रुपमा बिकट र जोखिमयुक्त सडकमा […]

यसरी हुँदै छ बेनी–जोमसोम सडक स्तरवृद्धिको काम

सन्तोष गौतम /विकल्प न्यूज असोज ४ गते । प्रदेश न. ४ को लाईफलाईन मानिएको कालीगण्डकी कोरिडोर अन्तरगत म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक स्तरवृद्धिको काम सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी देखि जोमसोम सम्मको ७६ किलोमिटर दुरीको सडकलाई कालोपत्रे गर्न काम सुरु गरेको हो । ठेक्का सम्झौता गरेका […]