ताजा समाचार:
Search

म्याग्दीकी थममाया थापा मन्त्रीमा नियुक्त

विकल्प न्यूज/बेनी
फागुन ३ गते ।

tham maya thapaनेपाल सरकारका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले म्याग्दीकी थममाया थापालाई महिला तथा बालबालिका मन्त्रीमा नियुक्त गर्नुभएको छ । थापा नेकपा एमालेको पोलिट ब्युरो सदस्य एवम् समानुपातिक सांसद हुनुहुन्छ । थापाले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलाकी महिला नेत्री थापा एमालेको राजनीतिमा लामो समय देखि क्रियाशिल हुनुहुन्छ ।