फोहोरको पोका खोतल्दा

कृष्ण जिसी/विकल्प न्यूज
फागुन ९ गते ।6

प्रिन्सिपल बिणा झाको अफिसको अगाडी उभिएर अनुमति मागें “म्याडम म कक्षा ९ सेक्सन ए र बि लाई डम्पिंग साइट लैजान सक्छु ?” शुरुमा त उहाँ अलमल पर्नु भयो किन कि उहाँ नयाँ हुनुहुन्थ्यो । केवल २ दिन मात्रै भएको थियो बिद्यालयमा आउनु भएको तर उहाँले भन्नु भयो “कहिले फर्कनु हुन्छ?” मैले भने “१ घण्टामा फर्केर आइपुग्छौं”। उहाँले अनुमति दिनु भयो हामी लाग्यौं बेनी गलेश्वर सडक खण्डको जलेश्वर भन्दा केहि परको डम्पिंग साइट तर्फ ।
बिद्यार्थीहरुको हातमा कपि र कलम थियो । धुलाम्म्यै सडक, हातले मुख छोप्दै पुगियो डम्पिंग साइटमा । केहि बिद्यार्थिहरुमा उत्साह थियो भने केहिमा केहि रुची थिएन । १०० जना बिद्यार्र्थीरुमा सबैमा उही र उस्तै उत्साह हुने कुरा पनि थिएन । भर्खरै कालो पत्रे हुन लागेको बेनी गलेश्वर सडक खण्डमा भेट भएका कयौं परिचित अनुहारहरुर सबारी साधनका मालिक तथा यात्रुहरुले ओठ लेब्र्याउथे बिद्यार्थीहरुलाई किन यो धुले बाटोमा कष्ट दिएको होला भनेर सायद मैेले लख काट्थें ।

कयौं परिचत अनुहार जस्ले मलाइ बिद्यार्थिहरु लिएर पटक पटक त्यो बाटोमा भेट्ने गर्थे उनीहरुले भने पक्कै पढाउन लैजाने होला भनेर किनकि मैले धेरै पटक कक्षा ९ का बिद्यार्थिहरुलाई सामुदायिक बनमा पढाउन लैजाने गरेको छु भने धरै पटक कालीगण्डकी किनार र गलेश्वर क्षेत्रमा लगेर पढाउने गरेको छु । पारि पट्टि जलजला गाउँ पालिकाको वडा नम्बर २ र ३ पर्दछ त्यहाँका बासिन्दा पनि हेरी रहन्थे । मैले धेरै पटक मेरा बिद्यार्थिहरुलाई सडक मै पढाउने गरेको छु ।

खोला किनार बनजंगलमा र मानब बस्तिहरुमा पढाउने गरेको छु तर पहिलो पटक देख्नेहरुलाई भने यो अनाबस्यक ढर्रा, नौटंकी नै लाग्न सक्थ्यो। मैले पढाउने बिषय नै यस्तै छ । पाठ्यपुस्तकमा उल्लेख भएका कुरा कक्षाकोठामा पढाउँदा कति बुझाउन सकिन्छ त्यो मलाइ खासै थाहा छैन तर यसरि सिकाउदा बडो आनन्द लाग्छ ।
न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक बिद्यालयमा करिब ३ वर्ष देखि मैले यसरि नै अधिकांस सिकाइलाई अनुभब र ब्यबहार संग समानान्तर बनाउदै लैजाने कोशिस गरेको छु । सिक्न चाहने उत्सुक छन्, नचाहनेहरु पनि कक्षा कोठाबाट बाहिर निस्कन पाउदा खुसि छन् । दुवै प्रवृतिको राम्रो संयोजन गर्न सकेको आभास भैरहेको छ । बेनी गलेश्वर सडक खण्डबाट कालिगण्डकी तिरै तिर हिड्दा धेरै कुरा सिक्न सकिन्छ अर्थात सिकाइका धेरै कुरा छन् ।

झनै यसपाली त हामी डम्पिंग साइट हेर्न जादै थियौं । केहि बिद्यार्थीहरुका अनगन्ती प्रश्नहरु बर्सिरहेका थिए भने कोहि प्रश्न सोध्दा नजानेको कहलिने भयले चासो दिएर सुन्दै थिए । करिब २० मिनेटको हिडाई पछी पुगिने डम्पिंग साइटमा सधै जस्तो धुवा निस्किरहेको थियो । चिल र कौवा फोहोरमा रमाइरहेका थिए । हाम्रा घरबाट निस्किएका फोहोरका पोकामा खोसा खोस र युद्द नै चलेको थियो । केहि बिद्यार्थीहरु नाक थुन्दै मेरो पछी पछी लागे हने केहि अल्ली माथि नै बसे । मैले त्यति कर गर्न चाहिन किन कि सबैले त्यो दुर्गन्ध सहन सक्दैनन् । म अगाडी लागें फोहोरको डङ्गुर तर्फ ।
बिद्यार्थीहरुले मलाइ देखाए “सर उ त्यहाँ हेर्नुस न एउटी बुढी हजुरआमा के खोज्दै हुनुहुन्छ ?” मैले हेरें करिब ६५ – ७० बर्षकी आमा कागज (गत्ता) संगाल्दै हुनुहुन्थ्यो, अर्का एक जना ५५ – ६० बर्षको वस्तै देखिने बुवा ढुंगामा सुति रहनु भएको थियो । त्यो फोहोर जलाउँदा निस्केको खतरनाक धुवाँ र गन्धकोे उहाँलाई कुनै प्रबाह थिएन । मैले एउटा लट्ठी उठाएँ र सरासर फोहोरको डङ्गुर तिर गएँ। बिद्यार्थीहरु मलाइ हेरीरहे । मैले सोचें धेरै बेर उनीहरुलाई यो दुर्गन्धमा राख्नु त्यति स्वस्थकर हुँदैन । त्यसैले उनीहरुलाई मलाइ हेर्न अनुरोध गरें तर केहि बिद्यार्थिहरु भने मेरो नजिकै आइपुगे । 3

एका तर्फ धुँवा अर्को तर्फ त्यो दुर्गन्ध तर मैले खासै प्रबाह गरिन । मैले उनीहरुलाई भने “उ तल हेर त ति पबित्र काली गण्डकी कसरि यहि फोहोर संग सकी नसकी संघर्ष गर्दै छिन, यी नै नदि हुन् जसले यो फोहोरलाई सोहोर्दै साहस गर्दै बगेकी छिन ? यिनको पिडा कसले सुनेको छ ? मलाइ खासै केहि घिन लागेको छैन ।” मैले ढिलो नगरी उनीहरुलाई हाम्रा घरबाट निस्केर डम्पिंग साईट सम्म आईपुगेका प्लास्टिकका पोका खोलेर देखाउन थालें ।

“तिमिहरुले राम्रो संग हेर यो एउटा पोका हो अब यहाँ भित्र भएका फोहोरमा कुन कुरा बढी छ ?”
सजिलै संग देख्न र थाहा पाउन सकिन्थ्यो, प्लास्टिक, चाउचाउ, चिजबल लगायतका प्लास्टिक, तरकारी केलाएर खेर गएका बनस्पति जन्य फोहोर कपडाका टुक्रा आदि ।

फेरी अर्को सानो स्कुल ब्यागलाई उठाएर खोलें र देखाएँ । त्यस भित्र बोतल, मोबाइलको ब्याट्री, पुराना कपडा, प्रयोग भएको कन्डम र बिवाहको निमंत्रणा कार्ड । अब मैले बुझाउन थालें तर उनीहरुलाई कन्डम देखेपछी अल्ली असहज लाग्यो क्यारे खासखुस गर्न थाले । मैले सहज बनाउने कोसिस गरें । “कमसेकम मान्छेहरु जनसंख्या बृद्धि र यौनजन्य रोग प्रति सचेत त रहेछन नि हैन र ?” उनीहरुले सहज रुपमा लिए । शिक्षकको काम हरेक असहजता, अफ्ठेरो र संकोचलाई न्यूनीकरण गर्ने नै हो ।

यत्रतत्र छरिएका टुटेका बोतल, धातुजन्य फोहोर, यान्त्रिक फोहोर सबै एकै ठाउँमा यसरि फालेको देख्दा बिद्यार्थीहरुले अनेकौ प्रश्न उठाए । “सर यसरि त भएन, जलाउन मिल्ने, नमिल्ने, धातुजन्य, यान्त्रिक सबै यसरि फालेर त झन् अस्तब्यस्त हुने भयो नि हैनर ?” म हाँसे “यहि त देखाउन ल्याएको नि ।” बल्ल मैले उनीहरुलाई सिकाउन खोजेको कुरो निस्क्योे । अनि मैले ढिलो नगरी अब उनीहरुलाई फोहोरको थुप्रो भन्दा अल्ली माथि ल्याएर बताउन थालें ।

“हेर तिमीहरुलाई यो डम्पिंग साईट कसरि ब्यबस्थित बनाउन सकिन्छ जस्तो लाग्छ ?” धेरै जनाले आ आफ्नै तरिका र धारणा राखे । मैले एक एक जना लाई बोल्न भने । उनीहरु सबैको आशय थियो “घरबाट फोहोरलाई छुट्याएर ट्याक्टरमा हाल्ने हो भने त यहाँ अल्ली ब्यबस्थित हुन सक्थ्यो” तर ल्याउने ट्याक्टर त एउटै छ नि अब कसरि ब्यबस्थित गर्ने त ?” कुरो गम्भीर थियो मैले फेरी भने “यदि तिमीहरुले फोहोर ब्यबस्थित गर्न या ब्यबस्थित डम्पिंग साइट बनाउन पर्यो भने कस्तो योजना बनाउने थियौ ?”

बेनी बजारको शिरमा रहेको पबित्र गलेश्वरधाम नजिकै कालिगण्डकी नदीमा रहेको अब्यबस्थित डम्पिंग साइटको ब्यवस्थापन हाम िसबैको लागी चुनौती बनेको छ । बिद्यार्थीहरुले आफ्ना बिचार आफ्नै तरिकाले ब्यक्त गरे तर मैले उनीहरुको उत्कृष्ट बिचारलाई सम्मान गरें र उनीहरुको सबैको कुरा सुने पछि डम्पिंग साइट ब्यबस्थापनका समस्या र समाधानका लागि केहि बुंदाहरु संकलन गरे ।
समस्याहरु
घरबाट निस्कने फोहोरलाइ एकै ठाउमा, थैलो पोको, ब्यागमा हालेर ट्याक्टरमा फाल्नु ।
पुनः प्रयोग गर्न र मिल्ने, पुनः चक्रण प्रयोग गर्न मिल्ने बस्तुलाई त्यसै मिल्क्याउनु ।
प्लास्टिकको बढी प्रयोग गर्नु ।
ट्याक्टरले फोहोर एकै ठाउँमा ल्याएर खन्याउनु ।
डम्पिंग साइटमा ओत नहुनु, बाढी र बर्षाको पानि मिसिनु ।
डम्पिंग साइट रहेको ठाउँ सानो आदि ।
उल्लेखित मुख्य समस्याहरु उनीहरुले टिपोट गरेपछी फेरी मैले भने अब यसको समाधानका उपायहरु के के हुन सक्छन् ? समस्याहरु धेरैले देख्छन, उठाउछन तर समाधान के छ ? बिद्यार्थिहरुका अनुसार समाधानका केहि उपाएहरु यस प्रकार छन् ।
समाधान
प्रत्येक नागरिक सचेत हुन जरुरि छ ।
घरबाट निस्कने फोहोरलाइ कुहिने, नकुहिने, धातुजन्य, कांच, जलाउन मिल्ने, जलाउन नमिल्ने रसायन जन्य (ब्याट्री मर्करी आदि ) लाइ छुट्याउन र अलग अलग पोका बनाउने ।
धेरै ट्याक्टरहरु खर्चको हिसाबले र ब्यबस्थापन गर्न कठिन हुन सक्छ तर ट्याक्टरलाई चार भागमा अलग अलग खाना बनाउने र ति फरक फरक फोहोरका पोकालाई त्यसै गरि ट्याक्टरमा राख्ने ।
डडम्पिंग साइटमा भिरालो, साँघुरो जमिनलाई अल्ली ब्यबस्थित बनाएर सिसा, धातु, रसायन जन्य, कुहिने जलाउन मिल्ने गरि अलग अलग ठाउ बनाउने र सकिन्छ भने टिनको छानो हाल्ने जसले गर्दा बर्षाको पानीले फोहोर अब्यबस्थित नबनोस ।
फोहोर फाल्ने कामदारहरुलाई तोकिएकै ठाउँमा फोहोर फाल्न लगाउने ।
गलेश्वर सडक खण्डको डम्पिंग साइटलाई जस्ता पातले बारेर नदेखिने बनाउने, फलस्वरूप केहि मात्रामा भएपनि गन्ध र धुवा नियन्त्रण गर्न सकिन्छ ।
यसरी डम्पिंग साइटलाई थोरै मात्रै भए पनि ब्यबस्थित गर्न सकियो भने धातुजन्य फोहोर मात्रै राखेको ठाउँमा पुनः प्रयोग गर्न मिल्ने सामान हुन सक्छन त्यसको लागि त्यहिबाट उठाएर प्रयोग गर्न सकिन्छ । कवाडि संकलन गर्नेहरुले त्यहीबाट उठाउन सक्छन । कुहिने फोहोर मात्रै फाल्ने ठाउँबाट उत्कृष्ट प्रांगारिक मल तयार हुन थाल्छ जसलाई खेतबारीमा प्रयोग गर्न सकिन्छ । कागज बटुल्नेहरुले कागज सजिलै संग संकलन गर्न सक्छन् । नफुटेका बोतल पुनः प्रयोग गर्न सकिन्छ जसले गर्दा केहि ब्यबस्थित हुन्छ ।

मलाइ उनीहरुले बताएका समाधानका उपायहरु राम्रो लाग्यो । यदि हामी बिबेकी बन्ने हो भने, झन्झट नमानिकन फोहोर छुट्टाएरै फाल्ने हो भने साथसाथै नगरपालिकाले अल्ली चासो दिने हो भने कम खर्चमा अहिले भैरहेको ठाउलाई नै ब्यबस्थित गर्न सकिन्छ । अहिले नै बेनी बजारमा जनघनत्व अत्यधिक बढी छैन । त्यसैले यस तर्फ केहि कदम चाल्ने हो भने फोहोर ब्यबस्थापनमा ठुलो सघाउ पुग्ने देखिन्छ ।

बिद्यार्थीहरुले आत्मबोध गरे र मैले अझै ति डम्पिंग साइटमा कागज बटुल्ने आमाको उदहारण दिएँ उनलाई र उनि जस्तै अरुलाई पनि कागज मात्रै फाल्ने ठाउँ बनाएमा कागज बटुल्न सजिलो हुनेकुरा बताएँ । सिसा, बोतल फाल्ने ठाउँ थोरै भए पनि ब्यबस्थित र एक अलग्गै बनाउने हो भने खाली र नफुटेका बोतल खोज्नेहरुलाई सजिलो हुन्छ । धातुजन्य फोहोर थुपार्ने सानो अलग्गै ठाउँ बनाउने हो भने कवाडि संकलन गर्नेहरुलाई सबै फोहोर खोतलिरहन पर्दैन ।

कुहिने बस्तु मात्रै एक ठाउमा फाल्ने हो भने पनि कुहिएको फोहोरबाट बनेको मल लैजानेको खोसाखोस हुन सक्छ ।
मलाई बास्तबमै खुसि लाग्यो हामी समस्या मात्रै देख्छौं तर यी बिद्यार्थीहरुले समाधानको केहि उपाय पनि बताए । त्यसैले हामी बिबेकी बनौ तपाईं हामीले चाहने हो भने र नगरपालिकाले चासो लिने हो भने अन्य उपयुक्त विकल्प र स्थान नभेटिंदा सम्म अहिले प्रयोग गरिरहेको ठाउँलाई ब्यबस्थित बनाउन सकिन्छ ।