क्रिकेट खेलाडी केसीलाई बेनीमा सम्मान

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ८ फागुन ।IMG_6435नेपाली क्रिकेट टोलीका खेलाडी करन केसीलाई मंगलबार बेनीमा सम्पन्न गरिएको छ ।  नेपाली क्रिकेट टोलीलाई विश्वकप छनौट खेलमा बिजयी गराउन योगदान गरेकोमा बेनी नगरपालीका र जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा केसीलाई सम्मान गरिएको हो ।

हालै नामीभियामा नेपालले क्यानडालाई पराजीत गर्दै विश्वकप खेल्नका लागि छनौट भएको थियो । नेपाली टोलीका बलर केसीले अन्तिममा गरेको प्रहारले विश्वकप छनौटमा महत्वपूर्ण योगदान गरेको थियो ।

बेनी नगरपालीका, जिल्ला खेलकुद विकास समिति, म्याग्दी उद्योग वाणिज्य संघ, जिल्ला क्रिकेट संघ, बेनी सामुदायीक मावी, न्यु वेष्ट पोईन्ट आवासीय माविले संस्थागत रुपमा सम्मानपत्र प्रदान गरेका थिए भने तथा क्रिकेट प्रेमीहरुले व्यक्तिगत रुपमा बधाई दिएका थिए ।
बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षता, म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमको सञ्चालन र खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, श्रीबक्स गुल्मका गुल्मपती अनीलकुमार बुढाथोकी, म्याग्दी उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष सुबिन श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

नेपाल विश्वकप क्रिकेट प्रतियोगिताको छनौटमा परेपछि नेपाललाई विश्वमा चिनाउन योगदान गर्ने खेलाडीहरुलाई विभिन्न ठाउँमा सम्मान गरिएको छ । बनपा ८ सिगानाका खेलाडी केसीलाई मंगलबार गृहजिल्ला बागलुङमा समेत सम्मान गरिएको थियो ।