ताजा समाचार:
Search

Breaking News

रातोढुङ्गा सबस्टेशन निर्माण सुरु

विकल्प न्यूज/बेनी साउन ४ गते । तस्विर ठाकुरप्रसाद आचार्य/म्याग्दी  म्याग्दीको पश्चिम भेगमा विद्युतिकरण विस्तारका लागि ११ केभीए क्षमताको वितरण सव स्टेशन निर्माण सुरु गरेको छ । जिल्लाको मालिका गाउँपालिका ६ रातोढुंगामा नेपाल विद्युत प्राधिकरणले विद्युत सवस्टेशन निर्माण गर्न लागेको हो । पर्वतको जलजला ४ मिलनचोकबाट १३२ केभीए प्रशासरण लाइन मार्फत रातोढुङ्गामा निर्माण गरिने सवस्टेशनमा जोडिने […]

दाङखोलाको बेलिब्रिज काे बारेमा भएका टिप्पणीकाे गाउँपालिकाद्धारा खण्डन

सन्तोष गौतम /विकल्प म्याग्दी ३ साउन । धवलागिरी गाउँपालिकाले फेदी स्थित दाङखोलामा निर्माण भएको “बेलिब्रिज”को बारेमा सामाजिक सञ्जालमा भएका टिप्पणी र आरोपको खण्डन गरेको छ । मालिका गाउँपालिका ५ र धवलागिरी गाउँपालिका ७ को सिमानामा निर्मीत (बेलिब्रिज) नामाकरण गरिएको अस्थाई प्रकृतीको मोटरेबल पुलको गुणस्तर, लागत, दिगोपना र विश्वसनीयताको विषयमा सामाजिक सञ्जालमा टिप्पणी र आलोचना भईरहेको […]

धान खेतको सुन्दरता……

विकल्प न्यूज/बेनी साउन ३ गते । म्याग्दीको मंगला गाउँपालिका ५ नम्बर वडा अर्मन र २ वावियाचौरमा अवस्थित धान खेतका हरियाली फाँटहरु । म्याग्दी नदीको किनारमा अवस्थित फाँटहरु धान उत्पादन हुने प्रमुख क्षेत्रहरु हुन । तस्विर ठाकुरप्रसाद आचार्य  

म्याग्दीमा ९१ प्रतिशत बजेट खर्च

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ गते  साउन । आर्थिक वर्ष २०७४७५ मा म्याग्दीमा आएको ९१ प्रतिशत बजेट खर्च भएको छ ।  म्याग्दीका छ वटा स्थानीय तह सहित ४० वटा सरकारी कार्यालयहरुमा तिन अरब २६ करोड ७२ लाख ६२ हजार ३०८ रुपैया बजेट आएकोमा दुई अरब ६८ करोड ९२ लाख ६२ हजार ४४६ रुपैया खर्च भएको […]

पहिरोले घर पुरिदा जलजला ८ मा एकजनाको मुत्यु

विकल्प न्यूज/जलजला साउन २ गते । हिजो राती देखि परेको अबिरल बर्षाका कारण पहिरो जाँदा जलजला गाउँपालिका–८ नाङ्लिबाङमा एक जनाको मृत्यु भएको छ । पहिरो जाँदा घर पुरिएर नाङ्लिबाङका १७ बर्षिय बिकास परियारको मृत्यु भएको हो । राती एक बजे एक्कासी पहिरो गएको स्थानीयबासीले बताएका छन् । पहिरोले ८ घर पुरेको छ भने १० वटा […]

दग्नामको तोयमा पहिरो जाँदा सडक भासियो

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३२ असार ।  म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँट देखि दग्नाम जोड्ने सडकको दवाङ भिर र तोय क्षेत्रमा केही दिनदेखिको वर्षातपछि सोमबार दिउँसो जमिन धाजा फाटेर पहिरो जाँदा करिब २५ मिटर सडक भासिएको हो । सडक तलको भिरालो जमिन धाँजा […]

विद्युत प्राधिकरणका कर्मचारी कार्यालय बन्द गरेर भोजमा मस्त

सन्दिप शर्मा/बेनी बेनी ३२ असार ।    नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका कर्मचारीहरुले सोमबार कार्यलय बन्द गरेर भोज खान गएका छन् । आर्थिक बर्षको अन्तिम दिन हिसाब मिलानका लागि कार्यलय बन्द गरेको सुचना टासेका कर्मचारीहरु दिनभरी जलजला गाउँपालिका ४ मिलनचोक स्थित सब स्टेशन परिसरमा भोज भतेरमा रमाएका हुन् ।कार्यालयमा कार्यरत प्रशासन, लेखा, प्राबिधिक लगायत […]

अन्नपूर्ण क्षेत्रलाई ‘पर्या पर्यावरण कुमारी क्षेत्र’ घोषणा गरिने

विकल्प न्यूज/बेनी असार ३१ गते । अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण क्षेत्रलाई ‘पर्या पर्यावरण कुमारी क्षेत्र’ घोषणा गर्ने भएको छ । विश्वका १० उत्कृष्ट पदमार्गमध्ये पर्ने अन्नपूर्ण पदमार्ग क्षेत्रको पर्यावरणीय संरक्षणलाई दृष्टिगत गरी गाउँपालिकाले उक्त नीति अवलम्बन गर्न लागेको हो । गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार अन्नपूर्ण आधार शिविर मार्गमा पर्ने छोम्रेङमाथि कुनै पनि पूर्वाधार विकासका नाममा मेसिनरी […]

नारच्याङको सुन्दरता ……

विकल्प न्यूज/बेनी असार २९ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको बेशी गाउँको सुन्दरता । हाइड्रो हबका रुपमा विकास हुन लागेको नारच्याङ गाउँ पर्यटकीय संभावना भएको गाउँ पनि हो । तस्विर ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज

म्याग्दीमा निजी आवास पुननिर्माण सुस्त

विकल्प न्यूज/बेनी असार २९ गते । भूकम्प गएको तिन वर्षपछि म्याग्दीमा सुरु भएको भूकम्प पीडितको निजी आवास पुननिर्माणको काम सुस्त देखिएको छ । नक्कली भूकम्प पीडित बढी भएकाले तोकीएको समयसिमाभित्र दोस्रो किस्ताको अनुदान पाउनेको संख्या न्युन रहेको छ । भूकम्प प्रभावित १७ जिल्लाको सूचिमा पर्ने म्याग्दीमा ७८० घरधुरी भूकम्प पीडितले निजी आवास पुननिर्माणका लागि अनुदान […]

कम्युनिज्मको रसपान गर्ने नेपाली तिर्खा कहिल्यै नमेटिने भो !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज असार २८ गते । चीनभ्रमणबाट फर्केपछि नयाँ सरकारका नविकृत प्रधानमन्त्री खड्गप्रसाद ओलीले दुबै छिमेकीहरुसँगको मैत्री सम्बन्ध सुधारेको जानकारी सदनलाई दिएका छन् । चीनभ्रमणको अवसरमा चीनसँग भए गरिएका सम्झौताहरुको निकै लामो सूचि प्रस्तुत गर्दैगर्दा प्रधानमन्त्रीको भावभङ्गिमा अर्थात बडील्याङ्ग्वेज भने उति उत्साहजनक देखिएको थिएन । करीब हप्तादिनको यात्राबाट उत्पनन थकानको कारण हो अथवा विकास […]

बिमको सोलार लिफ्ट प्रबिधिको खानेपानी आयोजना अन्तिमचरणमा

विकल्प न्यूज/बेनी असार २६ गते । म्याग्दीको मालिका गाउँपालिका ७ बिममा सोलार लिफ्ट प्रविधिको खानेपानी आयोजना अन्तीम चरणमा पुगेको छ । वर्षौ देखिको खानेपानी समस्या हटाउनका लागि बिममा सोलार लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण गर्न लागिएको हो । गाउँपालिका अन्तरगत सञ्चालीत पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण मार्फत निर्माण हुन लागेको आयोजनाको […]

बेनी–जोमसोस–कोरला सडक आयोजनाको ढिलाईप्रति प्रदेश सरकारको असन्तुष्टि

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ असार ।गण्डकी प्रदेशको लाईफ लाईन घोषित राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको काममा भएको ढिलाईप्रति गण्डकी प्रदेश सरकारले असन्तुष्टि जनाएको छ । आयोजना मार्फत म्याग्दी र मुस्ताङ खण्डमा भैरहेको सडक स्तरोन्नतीको स्थलगत अनुगमन पछि मंगलबार बेलुकी बेनी नगरपालीका ९ गलेश्वरमा जनप्रतिनिधी, प्रशासक, सुरक्षा अधिकारी र सरोकारवालाहरुसंगको अन्तरक्रियामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ढिलासुस्तीप्रती […]

क्याम्पसचोकको बाढी नियन्त्रणका लागि खोल्सामा ग्यावियनको छेकबाँध निर्माण

सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ असार । बेनी नगरपालिका ८ स्थित क्याम्पसचोकमा बाढी नियन्त्रणका लागि खोल्सामा ग्यावियनको छेकबाँध निर्माण भएको छ । पाखोको खोल्साबाट आउने बाढीका कारण क्याम्पसचोकमा बर्षेनी हँुदै आएको डुवान र बाढीको समस्या समाधानका लागि बेनी नगरपालिकाले छेकबाँध निर्माण गरेको हो । बजार माथिको पाखो भएर बग्ने खोल्सामा यस वर्ष १०२ थान ग्यावीयन […]

आमाबाबुको मृत्यु, १२ वर्षीय बालक किरियामा

२६ असार, पोखरा । झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, ‘बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।’ मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको ट्रिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैको मृत्यु भएको थियो । अभिभावकको मृत्युपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा नै आफन्तको सहयोगमा १२ वर्षीय […]