पहिरोले घर पुरिदा जलजला ८ मा एकजनाको मुत्यु

विकल्प न्यूज/जलजला
साउन २ गते । 37345069_2015495108779763_3932619914761732096_n

हिजो राती देखि परेको अबिरल बर्षाका कारण पहिरो जाँदा जलजला गाउँपालिका–८ नाङ्लिबाङमा एक जनाको मृत्यु भएको छ । पहिरो जाँदा घर पुरिएर नाङ्लिबाङका १७ बर्षिय बिकास परियारको मृत्यु भएको हो ।

राती एक बजे एक्कासी पहिरो गएको स्थानीयबासीले बताएका छन् । पहिरोले ८ घर पुरेको छ भने १० वटा घर पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष हरिबिकास जिसीले जानकारी दिनुभयो । मालढुंगा–बेनी खण्डका बिभिन्न स्थानमा पहिरो जाँदा सडक पुर्ण रुपमा अवरुद्ध भएकाले प्रहरी घटना स्थलमा पुग्न नसकेको बताइएको छ । नेपाली सेना, प्रहरीको सहयोगमा पहिरोले अवरुद्ध सडकलाई खोल्न लागेको वडा अध्यक्ष जिसीले जानकारी दिनुभएको छ । 37311433_2015495052113102_3381501234736267264_nयस्तै जलजला गाउँपालिका–७ धाईरिङको तल्लो खण्डमा पहिरोले घर पुर्दा हिमलाल आचार्यको घर पुरिएको छ । पहिरो जाने समयमा भाग्न खोज्दा घरधनी आचार्य, उनकी श्रीमती र भान्जी घाइते भएका छन् । आचार्यको मेरुदण्ड भाँचिएको बताइएको छ । बाटो अबरुद्ध भएपछि घाइतेको उपचारका लागि अस्पताल पु¥याउन कठिन भएको स्थानीयबासीले बताएका छन् । घाइतेलाई बोक्नका लागि स्ट्रेचर समेत नहुँदा झनै समस्या भएको छ ।

लस्ती खोलामा आएको बाढीले खेतीयोग्य जमिन समेत भाँसिएको छ भने लस्ती बजारमा समेत बाढी पसेको ७ का वडा अध्यक्ष टुङगनाथ आचार्यले बताउनुभयो । पहिरोमा परि घाइतेभएकाहरुको उद्धारका लागि गाउेलहरु जुटेको उहाँले बताउनुभयो । राती देखि परेको अविरल वर्षाका कारण गाउँभरिनै साना ठूला गरि एकदर्जन भन्दा स्थानमा पहिरो गएको उहाँले जानकारी दिनुभयो ।