म्याग्दीमा निजी आवास पुननिर्माण सुस्त

विकल्प न्यूज/बेनी
असार २९ गते । IMG_6208(1)
भूकम्प गएको तिन वर्षपछि म्याग्दीमा सुरु भएको भूकम्प पीडितको निजी आवास पुननिर्माणको काम सुस्त देखिएको छ । नक्कली भूकम्प पीडित बढी भएकाले तोकीएको समयसिमाभित्र दोस्रो किस्ताको अनुदान पाउनेको संख्या न्युन रहेको छ ।

भूकम्प प्रभावित १७ जिल्लाको सूचिमा पर्ने म्याग्दीमा ७८० घरधुरी भूकम्प पीडितले निजी आवास पुननिर्माणका लागि अनुदान सम्झौता गरेर पहिलो किस्ता वापत पचास हजार रुपैयाँका दरले तिन करोड ८६ लाख रुपैयाँ अनुदान लिएका थिए ।

पहिलो किस्ता अनुदान पाएका अधिकांशले घर पुननिर्माणको काम सुरुनै नगरेकाले दोस्रो किस्ता अनुदान लिनेको संख्या न्युन भएको हो । दोस्रो किस्ता वापतको एक लाख पचास हजार रुपैयाँ वितरणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७५ असार मसान्त सम्मको समयसीमा तोकेको छ ।

तोकेको समयसीमा सकिनै लाग्दा १४३ जनाले अनुदान लिएका राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई म्याग्दीका प्रमुख शिवराम गेलालले बताउनुभयो । केही व्यक्तिहरुको दोस्रो किस्ता भुक्तानीका लागि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागुलङमा सिफारीस गरीएको छ ।

बर्खा, खेतबारीको कामको चाप, प्रक्रिया र मापदण्ड पुरा गर्न झञ्जट मानेकाले निजी आवास पुननिर्माणमा कठिनाई उत्पन्न भएको गेलालले बताउनुभयो । उहाँका अनुसार तोकिएको समयसीमा भित्र डिपीसी तहसम्मको काम गरेर प्राबिधिक मार्फत दोस्रो किस्ता भुक्तानीको प्रक्रिया अघि बढाउन सबै पीडितलाई विभिन्न माध्यमबाट सूचना पु¥याइएको छ ।

२०७३ पुषमा प्राधिकरणका प्राबिधिकहरुले स्थलगत सर्वेक्षण गर्ने क्रममा ८६८ निजी घरमा भूकम्पले क्षति गरेको पहिचान भएको थियो । राजनीतिक दवाव, प्रशासनीक लापरबाही, सरकारी निकाय र प्राबिधिक समेतको मिलेमतोमा खडा भएका नक्कली भुकम्प पीडित बढी हुनु पुननिर्माणले गति लिन नसक्नुको प्रमुख कारण बनेको छ ।

अर्कोतर्फ समयमै प्राबिधिक सेवा नपाएकाले घर बनाएपनि अनुदान पाउन नसकेको अन्नपूर्ण गाउँपालिका ६ घारका भुकम्प पीडित हिमबहादुर खड्काले बताउनुभयो । भूकम्पले घर भत्काएपछि आफन्तको कोठामा बस्दै आएका वृद्ध अवस्थाका खड्काले एक महिना पहिले घर बनाएर सकेपनि प्राबिधिक नआएको गुनासो गर्नुभयो ।

पुननिर्माण प्राधिकरणले म्याग्दीको बेनी नगरपालिकामा दुई, धौलागिरी, मालीका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा एक, एक जना प्राबिधिक खटाएपनी उनिहरु स्थानीय तहको काममा व्यस्त भएकाले सेवा पाउन नसकेको पीडितहरुको गुनासो छ । घर बनाउन सुरु गरेका गरिब विपन्न बास्तविक भूकम्प पीडितहरु भने ऋण, निर्माण सामाग्रीमा भएको मूल्यवृद्धी र दक्ष कामदार अभाव भएको मंगला गाउँपालिका ३ सातबिसेका दधिलाल विश्वकर्माले बताउनुभयो ।

घर बनाउन सुरु गरेपनि आयस्रोत नभएकाले अर्काको आस गर्दा निम्तीपास भएको बिकले बताउनुभयो । बिकले बल्लको घरको जग बसाल्नुभएको छ । एउटा घर सक्लै घरलाई भत्कीएको कागज बनाएर र मापदण्ड विपरीत दुई ठाउँमा घर भएकाले समेत पहिलो किस्ता अनुदान बुझेकाहरु पुननिर्माणले गति लिन नसक्नुको प्रमुख कारक बनेका छन् । पहिलो किस्ता रकम बुझेकाहरुले घर निर्माणमा बेवास्ता र ढिलाई गर्दा पुननिर्माण प्रभावीत बनेको रघुगंगा गाउँपालिकामा खटिनुभएका ईञ्जिनियर बसन्त रेग्मीले बताउनुभयो ।
“वडा भेला गरेर भुकम्प पीडितलाई छलफलमा बोलाउँदा समेत कोही आएनन् । पहिलो किस्ता पनि झिकेका छैनौ । घर बनाउन पैसाले पुग्दैन । फिर्ता गर्ने मनिस्थीतिमा छन धेरै भूकम्प पीडित” रेग्मीले भन्नुभयो ।